हुम्लाका ७ सय बालबालिका भिटामिन खानबाट वञ्चित

हुम्लाका दुई वटा गाउँपालिकाका ७ सय बालबालिका एक वर्षदेखि भिटामिन खानबाट वञ्चित भएका छन् । जिल्लाका सात वटै गाउँपालिकामा रहेका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि खुवाउने भनिएता पनि ताँजाकोट र नाम्खा गाउँपालिकामा भिटामिनसमेत नखुवाएको स्थानीयले गुनासो गरेका छन् । जिल्ला जनस्वाथ्य कार्यालय अन्तर्गत सातै…

April 26, 2018  
गाउँपालिकाको लापरबाहीः विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

हुम्लाका गाउँपालिका कार्यालयको लापरबाहीका कारण कतिपय गाउँपालिकाका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । प्राथमिक तहको पाठ्यपुस्तक विद्यालयले खरिद गरी निःशुल्क वितरण गर्ने प्रावधान भए पनि नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा समेत बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन् । हुम्लालगायत कर्णालीका जिल्लामा मंसिरमा शैक्षिक सत्र अन्त्य हुने र…

April 22, 2018  
५ सय घर धुरी शुद्ध खानेपानीबाट बञ्चित

सिमकोट गाउँपालिका- ७ डाँडाफयाका ५ सय घरधुरीका १५ सय खानेपानीबाट बञ्चित भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सो ठाउँमा १० लाख रुपियाँ धारा लगायत नहर खन्नका लागि उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो । खानेपानी उपभोक्ता समितिले व्यवस्थित ढङ्गले काम सम्पन्न नगर्दा स्थानीयबासी खानेपानीबाट  बन्चित भएको स्थानीयबासी हिराबहादुर सिंहले…

April 21, 2018  
दलित महिला वडा सदस्यमाथि कुटपिट

सिमकोट गाउँपालिका-८ स्थिीत स्याँडाकी ३० वर्षीया तुथसरा परियारलाई वैशाख ५ गते कुटपिट गरेको आरोपमा प्रहरीले खार्पुनाथ गाउँपालिका-२ थाली गाउँका २३ वर्षीय नवराज रावललाई वैशाख ६ गते गिरफ्तार गरेको छ । गत वर्षपहिलो चरणमा (०७४ वैशाख ३१ गते) सम्पन्न स्थानीय तहको निर्वाचनमा दलित महिला कोटाबाट वडा सदस्य जितेकी सदस्यकै घरमा गएर…

April 20, 2018  
एक हप्तादेखि विद्यालयमा ताला, पठनपाठन प्रभावित

खार्पुनाथ गाउँपालिका-५ स्थित मान्धारा माविमा ०७४ चैत ३० गतेबाट अभिभावकद्वारा ताला लगाएपछि पठानपाठन प्रभावित भएको छ । विद्यालय ब्यवस्थापन समितिले विद्यालयमा पठनपाठन गर्न समस्या खडा गरेको, अहिलेसम्म अङ्ग्रेजी र गणित विषयको शिक्षक नियुक्तीमा आलटाल गरेको, हालसम्म बैठक समेत नबसेर पठनपाठन जस्तो कार्यमा सहयोग नगरेको आरोप लगाएर अभिभावकहरूले विद्यालयमा ताला लगाएका…

April 19, 2018  
बाढीले काठेपुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित

बाढीले बगाएको काठेपुल १० महिनासम्म पनि नबनाउँदा ताँजाकोट गाउँपालिका-३ मासपुरका २५ जना बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा रहेको कवाडी खोलाको काठेपुल ०७४ असारमा आएको बाढीले भत्काएपछि अस्थायी संरचना बनाइएको भएपनि ०७४ पुसमा आएको अर्को बाढीले पुनः बगाएपछि उक्त गाउँका बालबालिका विद्यालय जानबाट…

April 17, 2018  
शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालयमा पठनपाठन नभएको गुनासो

शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म सिमकोट गाउँपालिकास्थित हिमगिरी प्रावि र नाम्खा गाउँपालिकाको खासरपानी प्राविमा पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् । शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालय सञ्चालन नहुँदा आफ्ना बालबालिकाको पठनपाठन प्रभावित भएको अभिभावक कुगाटसिं लामाले गुनासो गरेका हुन् । उनले भने-'जिल्लाका अरू विद्यालयमा पढाइ भएको दुई महिना बित्यो…

April 12, 2018  
जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा तीन महिनादेखि औषधिको अभाव

समयसमयमा औषधिको अभाव भइरहने हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निशुल्क रूपमा वितरण गर्ने औषधि तीन महिनादेखि अभाव भएको छ । हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा ०७४ पुस महिनादेखि सामान्य सिटामोलसमेत नभएपछि बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्थानीय सरकारका रूपमा रहेका गाँउपालिका तथा वडा कार्यालयले वार्षिक योजनामा विनियोजन…

April 11, 2018  
जिल्लास्तरीय नागरिक सञ्जाल गठन

जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले बेलाबेलामा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा पैरवी गर्नका लागि गणेश महतको संयोजकत्वमा १३ सदस्यीय जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको छ । चैत २४ गते सदरमुकाममा आयोजित कार्यक्रमबाट नेपाल पत्रकार महासङ्घका अर्जुन बोहोरा, मानव अधिकार एलाइन्सका पदमराज हमाल, गैरसरकारी संस्था…

April 7, 2018  
जिल्ला प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही प्रभावित

जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत १४ जना कर्मचारी एक महिनादेखि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही प्रभावित भएका छन् । प्रशासन कार्यालयमा १७ जनाको दरबन्दी रहेकामा हाल तीन जनामात्र कार्यरत छन् । प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा नागरिकता, 'सिमापास'का लागि पासपोर्ट, संस्था दर्ता, संस्था नविकरण र खाद्यान्न कुपन जस्ता काममा समस्या…

March 28, 2018