अज्ञात पक्षबाट हुम्लाका तीन ओटा विद्यालय एकै रातमा तोडफोड

हुम्लाको सदरमुकाम सिमकोटमा रहेका तीन ओटा विद्यालय एकै रातमा अज्ञात पक्षले तोडफोड गरेको छ । जिल्लामा दिन प्रति दिन चिसो बढेसँगै घर भन्दा बाहिर कोही मानिस निस्कन नसक्ने भएका कारण अज्ञात पक्षबाट तोडफोडका घटना हुन थालेका छन् । तोडफोड हुने विद्यालयमा सिमकोट गाउँपालिका–६ स्थित समता विद्यालय, सोही ठाउँकै मानसरोवर मावि…

December 10, 2018  
प्रहरी असईमाथि कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका-६ मेल्छाम प्रहरी चौकीका इञ्चार्ज असई ३९ वर्षीय धनवीर धामीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय रहमान बुढालाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न नाम नखुलेका एक व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले बताए । मेल्छाम गाउँमा रहेको जनता बैङ्कमा रहमान…

December 3, 2018  
अज्ञात पक्षबाट विद्यालय तोडफोड

सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा अज्ञात पक्षबाट मङ्सिर १२ गते तोडफोड भएको छ । अज्ञात पक्षले विद्यालयको प्रशासन कोठा र लेखापालको कोठाको ताला फोरेर तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । रातिको समयमा दुई ओटा ढोकामा रहेको ताला तोडेर अज्ञात पक्षले कक्षा ११ र १२ का विद्यार्थीको…

November 28, 2018  
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन गरेको छ । हुम्ला जिल्लाको कारागार र कारागारमा रहेका कैदीबन्दीहरूको अवस्थाका बारेमा सो टोलीले अनुगमन गरेको हो । उक्त अनुगमनमा प्रदेश ५ शाखा कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख रमेशकुमार थापा र…

November 25, 2018  
एक वर्षदेखि दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

जिल्ला अस्पतालमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी एक वर्षदेखि नहुँदा सेवाग्राहीका काम प्रभावित भएका छन् । जिल्ला अस्पताल हुम्लामा चार जना डाक्टरको दरवन्दी रहेकोमा हाल दुई जना मात्र कार्यरत छन् भने दुई जना स्टाफ नर्सको दरवन्दीमा हाल एक जना पनि कार्यरत छैनन् । डाक्टर र नर्स नभएपछि अस्पतालमा भर्ना भएका बिरामीले उपचार…

November 23, 2018  
जातीय विभेद गरेको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

सिमकोट गाउँपालिका–७ की ४० वर्षीया बाँचा सुनार नेपालीलाई कथित तल्लो जातको भन्दै धम्की दिएको घटनाको आरोपमा सोही ठाउँका ५४ वर्षीय बलि सुनार र २५ वर्षीय जैमल सुनारविरूद्ध पीडित पक्षले दिएको उजुरी मङ्सिर ६ गते जिल्ला अदालतमा दर्ता भएको छ । पीडितलाई आरोपित पक्षले कात्तिक २१ गते ‘तँ दमाई जातकी महिला’…

November 23, 2018  
बालबालिका ओसारपसार र बेचबिखनविरूद्ध रोकथाम अभियान सुरू

इन्सेक हुम्ला जिल्ला प्रतिनिधिको संयोजकत्वमा गाउँगाउँमा बालबालिका ओसारपसार तथा बेचबिखनविरूद्ध रोकथाम अभियान अन्तर्गत जनचेतनासम्बन्धी सडक नाटक सुरू गरिएको छ । एनजीएन नेपाल, किर्डाक नेपालको आर्थिक सहयोग र इन्सेकको सहकार्यमा सो सडक नाटक सुरू गरिएको हो । सिमकोट गाउँपालिका–८ को स्याँडा, खोल्सी, सोही गाउँपालिका–२ को ठेहे र खार्पुनाथ गाउँपालिका–४ को छिप्रामा…

November 20, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तकको आगामी अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम हुम्लामा कात्तिक ३० गते सम्पन्न गरिएको छ । इन्सेकद्वारा कात्तिक ३० गते आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले इन्सेक जिल्ला प्रतिनिधिले जुनसुकै घटनाहरू सङ्कलनका क्रममा…

November 17, 2018  
डेढ महिनादेखि कार्यालय प्रमुखविहीन, सेवाग्रही प्रभावित

हुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख डेढ महिनादेखि जिल्लामा नहुँदा सेवाग्रहीका कामकाज प्रभावित भएका छन् । असोज दोस्रो हप्तादेखि दसैँ मनाउन जिल्ला बाहिर गएका सरकारी कार्यालयका प्रमुख तिहार सकिएको एक हप्ता भइ सक्दा पनि अझै जिल्लामा फर्केका छैनन् । तिहार आउन केही दिन अगाडी सरकारी कामकै सिलसिलाले जिल्ला छाडेका प्रमुख जिल्ला…

November 17, 2018  
कार्यक्षेत्रमा खटिएका प्रहरीमाथि हातपात, आरोपित गिराफ्तार

हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारमा खटिएका २५ वर्षीय प्रहरी जवान ललित वलीमाथि हातपात गरेको आरोपमा चंखेली गाउँपालिका-३ मेखालाका १९ वर्षीय अजय रोकाया र सर्केगाड गाउँपालिका-६ का २० वर्षीय कमल शाहीलाई कात्तिक २५ गते प्रहरीले गिराफ्तार गरेको छ । बजारमा नेपाल प्रहरीको पोशाक लगाएर खटिएका प्रहरी जवान वलीले सार्वजनिक ठाउँमा चुरोट…

November 12, 2018