स्थानीयको कुटपिटबाट वडाध्यक्ष थापा घाइते
स्थानीयको कुटपिटबाट अदानचुली गाउँपालिका–१ का अध्यक्ष ४८ वर्षीय रग थापा घाइते हुनुभएको छ । अदानचुली गाउँपालि–१ कै ३३ वर्षीय मानवहादुर थापा, ३० वर्षीय बरुण महतारा, २७ वर्षीय देवी परियार, २५ वर्षीय धनबहादुर परियार र २६ वर्षीय तुलबिर लुवारले माघ ४ गते कुटपिट गर्दा अध्यक्ष थापा लगायत सोहि ठाउँका ३४ वर्षीय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नाम्खा गाउँपालिका–२ च्यादुकका ४५ वर्षीय छवाङ् छिमेल लामालाई माघ ३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई पुस २९ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकास सुवेदीले…
तुइनको कष्टकर यात्राले स्थानीयलाई सास्ती
खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि कार्यालय सहयोगीको भरमा दिनहुँ तुइन तर्न बाध्य छन् । तर सहयोगिको अभावमा स्थानीयलाई भने वारपार गर्न समस्या भएको छ । खार्पुनाथ गाउँपालिका–५ याङ्चुमा गाउँपालिकाको कार्यालय, स्वास्थ्य सेवा चौकी, जनता बैँक, लगायतका कार्यालयमा छन् । वडा नम्बर २ को छिप्रा ३ नम्बरको थाली, राया, काराङ्ग र ४ नम्बरको…
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीमा ०७७ मङ्सिर पहिलो हप्ताबाट स्वास्थ्यकर्मी नहुँदा सेवा प्रबाहमा समस्या भएको छ । अत्याधिक पेट दुखेपछि उपचार गर्न गएकी ताँजाकोट गाउँपालिका–२ की जयकला जैसी तीन घण्टा स्वास्थ्य चौकीमा कुरेर पनि उपचार नपाएको गुनासो गर्नु भयो । आफू जस्तै अन्य बिरामीहरुले पनि समयमा उपचार नपाएको उहाँको…
प्रतिबन्धित नेकपाका जिल्ला नेता इन्सेक प्रतिनिधिको रोहवरमा रिहा
प्रतिबन्धित नेकपा हुम्लाका सेक्रेटरी ताँजाकोट गाउँपालिका–५ डुग्रीका ३४ वर्षीय कुम्भ बुढा र नेकपाकै कार्यकर्ता ताँजाकोट गाउँपालिका–५ बस्ने २१ वर्षीय उपेन्द्र रावललाई मङ्सिर २३ गते जिल्ला अदालत हुम्लाका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले रिहा गरेको छ । चन्दा संकलन गरेको र जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा सेक्रेटरी बुढालाई ०७७ असोज २२ गते आफ्नै…
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला
नाम्खा गाउँपालिका–५ की १३ वर्षीया बालिका सिन्चुडोमा लामालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँस्थित महावौद्ध मावि विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका–६ का ४० वर्षीय धनलाल रोकायालाई मङ्सिर १८ गते ६ वर्ष कैद र २ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले कसुर गरेको ठहर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–६ का १८ वर्षीय सन्देश बुढाथोकी र सोही ठाउँका १८ वर्षीय मानदेव बुढाथोकीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सुर्यप्रकास सुवेदीले जानकारी दिनुभयो । पीडित बालिकालाई आरोपितहरूले ०७६ साउन २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ भदौ…
कृषि विकास कार्यालयमा बम राखेको घटनाका आरोपित गिरफ्तार
कृषि विकास कार्यालयमा दुइवटा बम राखेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाइ मङ्सिर १४ गते गिरफ्तार गरेको छ । आरोपित बालकले मङ्सिर ७ गते साँझ सिमकोटमा रहेको आदित्य जनरल स्टोरमा बाल्टिन किन्न गएको पसलको सिसि टिभिले कैद गरेको फुटेजका आधारमा बालकलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार राजेन्द्र केसीले…
कारागार भवन नहुँदा कैदीबन्दीलाई सास्ती
जिल्लामा कारागार भवन नहुँदा कैदीबन्दीले सास्ती खेप्नु परेको छ । भवनको अभावमा खेल्न, भेटघाट गर्न, सरसफाई देखि अन्य सुबिधाहरु उपभोग गर्न समेत नपाएको कैदीबन्दीको गुनासो छ । कारागारको भवन नहुँदा जिल्ला प्रहरी कार्यालयमा हिरासतको लागि बनाइएका दुईवटा कोठामा सिमित भएर बस्नुपरेको गुनासो गर्दै बन्दी धनबहादुर शाहीले भन्नुभयो ‘बसाइका हिसाबले हामीलाई…
डाक्टर अभावमा कोभिड-१९ सङ्क्रमणबाट पीडितले आफ्नो खर्चमा हेलिकोप्टर चार्टर
नाम्खा गाउँपालिका-४ यालवांगका ६१ वर्षीय पुरुष कोरोनाको सङ्क्रमणबाट ग्रस्त भएको भन्दै निजी खर्चमा कात्तिक ३० गते हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजना अनुसार पालिका स्तरमा कोरोना अस्पताल स्थापना गर्ने भनियता पनि नाम्खा गाउँपालिकामा जनशक्ति अभाव भएका कारण ६१ वर्षीय पुरुषमा श्वास/प्रश्वासमा समस्या आएपछि गाउँपालिका केन्द्र…