इन्सेकद्वारा विद्यालयलाइ स्वास्थ्य सामग्री प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा १२ स्थित अम्मर ज्योति नमुना माविलाइ स्वास्थ्य, खेलकुद र ज्ञानवर्धक पाठ्यसामाग्रीप्रदान गरेको छ । बाल अधिकार मैत्री वातावरण प्रबर्धन गर्ने उद्देश्यले इन्सेकले मङ्सिर १५ गते सो माविलाई सेनेटरी प्याड मेसिन १ थान, सेनेटरी प्याड डिस्पोजल मेसिन १ थान, स्टेशनरी सेट २० थान,…

November 30, 2020  
मानव अधिकार सुदृढीकरण परियोजनाको वार्षिक समीक्षा सम्पन्न

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कुनैपनि परियोजनाको कार्यक्रम सम्पन्न सँगै त्यसलाई प्रभावकारी र उपलव्धिमुलक बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ । इन्सेकद्वारा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित मानव अधिकार सुदृढीकरण परियोजनाको मङ्सिर १४ गते वीरेन्द्रनगरमा सम्पन्न वार्षिक समीक्षा कार्यक्रमलाई भर्चुअलमार्फत सम्बोधन गर्दै कार्यकारी निर्देशक गौतमले सो कुरामाजोड दिनु भएको हो ।…

November 29, 2020  
इन्सेकद्वारा कम्प्युटर सहित पाठ्यसामग्री प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले बाल अधिकारमैत्री वातावरण प्रबर्धन गर्ने उद्देश्यले मङ्सिर १३ गते वीरेन्द्रनगर नपा १० स्थित मदरसा मदिना मावि वेलघारी र जनसेवा मावि घुस्रालाई तीन थान कम्प्युटर सहित स्वास्थ्य, खेलकुद र ज्ञानबर्धन पाठ्य सामग्री प्रदान गरेको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयकाफोकल पर्सन दिलबहादुर चौधरीका अनुसार मदरसा…

November 29, 2020  
कोरोना बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड

सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले कोरोना बिमितहरूलाई सहजरूपमा बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड दिनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ र मानव अधिकार समूह वीरेन्द्रनगरले मङ्सिर १२ गते वीरेन्द्रनगरमा आयोजना गरेको स्वास्थ्यको अधिकार र कोरोना बिमा प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सो कुरामाजोड…

November 29, 2020  
वीरेन्द्रनगर नपाद्वारा मानव अधिकार निर्देशिकाको अपनत्व ग्रहण

वीरेन्द्रनगर नगरपालिकाको मानव अधिकारको अवस्थाका बारेमा इन्सेकले अध्ययन गरी तयार पारेको मानव अधिकार निर्देशिकालाई वीरेन्द्रनगर नगरपालिकाले अपनत्व ग्रहण गर्ने भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर १३ गते वीरेन्द्रनगरमा आयोजना गरेको ‘कानुन संशोधन प्रतिवेदन र मानव अधिकार निर्देशिका माथि छलफल’ कार्यक्रममा सहभागीहरूले मानव अधिकार निर्देशिकालाई अपनत्व ग्रहण गर्ने…

November 28, 2020  
मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतद्वारा गठित कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक मङ्सिर १० गते वीरेन्द्रनगरमा सम्पन्न भयो । बैठकले अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने महिला हिंसा बिरूद्धको अभियान विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । बैठकमा कोभिड १९ ले सञ्चारकर्मी, सञ्चार माध्यममा पारेको…

November 25, 2020  
हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित महिलालाई मङ्सिर १० गते आर्थिक सहयोग प्रदान गरेको छ । घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा ५ की ४० वर्षीया कृष्णा सुनारलाई कानुनी प्रक्रियामा सहयोग पुर्‍याउन १५ हजार नगद प्रदान गरेको हो । मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत इन्सेकद्वारा वीरेन्द्रनगरमा गठित हिंसा निगरानी…

November 25, 2020  
युवा नेतृत्व क्षमता विकास तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत र नोरेक एक्सचेञ्जको आयोजनामा दुई दिने युवा नेतृत्व क्षमता विकास तालिम मङ्सिर ४ गते वीरेन्द्रनगरमा सुरू भएको छ । तालिममा गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसीले समाज परिवर्तनमा युवाहरूको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले युवाहरूको बीचमा मानव…

November 19, 2020  
यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित हुने कानुन निर्माण गर्ने प्रतिबद्धता

कर्णाली प्रदेश सभाका सदस्य राजु नेपालीले यौनिक अल्पसङ्ख्यकहरूको अधिकार सुनिश्चित हुने कानुन निमार्ण गरिने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कात्तिक २६ गते वीरेन्द्रनगरमा सम्पन्न ‘दलित, महिला र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि दुई दिने मानव अधिकार सशक्तिकरण तालिम’ मा बोल्दै प्रदेश सभा सदस्य नेपालीले…

November 11, 2020  
मानव अधिकार सशक्तिकरण तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा ‘दलित, महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि दुइदिने मानव अधिकार सशक्तिकरण तालिम’ कात्तिक २५ गते वीरेन्द्रनगरमा सुरु भएको छ । सशक्तिकरण तालिमको उद्घाटन गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले दलित, महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृत समुदाय, लोपोन्मुख जाति र धार्मिक अल्पसंख्यकहरूको…

November 10, 2020