छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार
लेकवेशी नपा-९ की ३२ वर्षीया टिकाकुमारी मिजारलाई सार्वजनिक धाराको पानी छोएको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३८ वर्षीया मनकुमारी राई र उनका २० वर्षीय छोरा मनबहादुर राईलाई प्रहरीले असार २२ गते गिरफ्तार गरेको छ । पीडित मिजारलाई रामजाली डाँडामा रहेको सार्वजनिक धारामा पानी छोएको आरोपमा असार १६ गते…
मादक र सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणलाई निषेध गर्ने प्रतिबद्धता
जिल्ला शिक्षा कार्यालय सुर्खेतका निमित्त प्रमुख भोजराज लम्सालले विद्यालय भन्दा बाहिरको निश्चित सिमाक्षेत्रभित्र मदिरा र सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणलाई निषेध गर्ने प्रतिबद्धता जनाएका छन् । इन्सेकद्वारा गठित साविक मालारानी गाविस तथा गुर्भाकोट नपा १ र २ वडा स्तरीय मानव अधिकार निगरानी समूहको अगुवाइमा असार ९ गते बुझाएको ज्ञापनपत्र…
शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालहरूलाई न्युनिकरण गर्न सरोकारवाला प्रतिबद्ध
शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारहरूको सवालमा सेवाप्रदायक निकायहरू सम्वेदनशील बन्नुपर्ने कुरामा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको "स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने" इएलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतको आयोजनामा असार ८ गते वीरेन्द्रनगरमा सम्पन्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गुर्भाकोट नपा-६ का ३६ वर्षीय दलजीत बिकलाई असार ५ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असार ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ५ गते इलाका प्रहरी कार्यालय छिञ्चुमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
वर्षायाममा लाग्ने सबै रोगको औषधि उपलब्ध गराउने प्रतिबद्धता
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भु ज्ञावलीले वर्षायाममा लाग्ने सबैप्रकारका रोगका औषधिहरू गुर्भाकोट नगरपालिकासहित निल्लाका सबै गाउँ तथा नगरपालिकाहरूमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेकद्वारा गठित गुर्भाकोट नपा ४, ५ र ९ वडा स्तरीय मानव अधिकार निगरानी समूहले असार ४ गते बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै जनस्वास्थ्य प्रमुख ज्ञावलीले यस्तो…
युवालाई स्वदेशमै रोजगारीको लागि पहल गर्ने प्रतिबद्धता
जिल्लाका युवालाई स्वदेशमै रोजगारीको लागि पहल गर्नका लागि शैक्षिक प्रमाणपत्र धितो राखी स्थानीय तहबाटै ऋण उपलब्ध गराउन पहल गरिने एक कार्यक्रममा प्रतिबद्धता जनाइएको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा इन्सेक सुर्खेतको समन्वयमा असार ४ गते सम्पन्न जिल्ला स्तरीय बहस/सम्वाद कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो…
अन्तरजातीय विवाह गरेको आरोपमा घर निकाला गरिएका पीडितले न्याय पाएनन्
लेकवेशी नपा-८ का ३५ वर्षीय भिमलाल सापकोटाले अन्तरजातीय विवाह गरेको आरोपमा अंश नपाएको गुनासो गरेका छन् । स्थानीय सुनिता कसेरासँग ०६० सालमा विवाह गरेपछि सोही वर्ष घरनिकाला गरिएका सापकोटाले अंश नपाएको गुनासो गरेका हुन् । तीनवर्षअघि आमाको मृत्यु हुँदा घरपरिवारले काजक्रिया गर्नसमेत नदिएको भिमलालले गुनासो गरे । विवाह गरेकै वर्षघरपरिवारले…
नेकाबाट नवनिर्वाचित वडाध्यक्षद्वारा एमाले नेतालाई ज्यान मार्ने धम्की
वीरेन्द्रनगर नपा- १६ का ५३ वर्षीय नेकपा एमाले जिल्ला कमिटीका बैकल्पिक सदस्य कालीप्रसाद आचार्यलाई सोही वडामा नेपाली काङ्ग्रेसबाट नवनिर्वाचित वडाध्यक्ष ४२ वर्षीय पुर्णबहादुर ढकालले जेठ २८ गते राति मार्ने धम्की दिएको पीडित पक्षले आरोप लगाएको छ । आर्दश मावि मेहेलीको जेठ २६ गते सम्पन्न वाषिर्कोत्सवको अवसरमा एमाले पार्टी प्रतिनिधिको तर्फबाट…
मानव अधिकार निगरानी समूहको पहलमा घरेलु हिंसा पीडित महिला पुनःस्थापित
अन्तरजातीय विवाहका कारण घर निकाला गरिएकी गुर्भाकोट नपा-४ की १८ वर्षीया मनिषा बुढामगरको घटना सम्बन्धमा मानव अधिकार निगरानी समूहको पहलमा पीडित जेठ २७ गते घरमा पुनःस्थापित गराइएको छ । १८ वर्षीय पति नन्दबहादुर खड्काले जनजातिको छोरी भएको आरोपमा पीडितलाई ०७३ चैत २७ गते घरबाट निकालेका थिए । खड्का र बुढामगरबिच…
समयमा औषधि, कृषि मल र बीउ उपलब्ध गराउने सरोकारवाला निकायको प्रतिबद्धता
जिल्ला जनस्वास्थ्य, कृषि तथा पशु सेवा कार्यालयका प्रमुखले जनताका आवश्यकता अनुसारको औषधि, कृषि मल र बीउ समयमा जिल्लाका सबै स्थानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेक सुर्खेतको आयोजनामा जेठ २५ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठकमा इन्सेकद्वारा गठित गुर्भाकोट नपा-१ र २ स्तरीय तथा ४, ५ र…