समयमा औषधि, कृषि मल र बीउ उपलब्ध गराउने सरोकारवाला निकायको प्रतिबद्धता

जिल्ला जनस्वास्थ्य, कृषि तथा पशु सेवा कार्यालयका प्रमुखले जनताका आवश्यकता अनुसारको औषधि, कृषि मल र बीउ समयमा जिल्लाका सबै स्थानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेक सुर्खेतको आयोजनामा जेठ २५ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठकमा इन्सेकद्वारा गठित गुर्भाकोट नपा-१ र २ स्तरीय तथा ४, ५ र…

June 9, 2017  
गम्भीर प्रकृतिका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिँदैनौँ: सदस्य भट्ट

द्वन्द्वकालीन अवधिमा भएका गम्भीर प्रकृतिका हत्या, बलात्कार र यौनजन्य हिंसाका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति नदिइने सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य डा. माधवी भट्टले बताएकी छन् । सशस्त्र द्वन्द्वका समयमा भएका घटनाहरूको व्यवस्थापन गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रदेश स्तरीय कार्यालय स्थापनाका क्रममा जेठ २१ गते वीरेन्द्रनगरमा आयोजित…

June 5, 2017  
उच्च अदालतद्वारा कारण देखाउ आदेश

पुन मतगणनाको माग राखी परेको रिट निवेदन उपर उच्च अदालत सुर्खेतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले जेठ १८ गते विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको रजिष्ट्रार जितेन्द्र थपलियाले जानकारी दिए । भेरीगङ्गा नपा-१० का एमालेका वडाध्यक्ष उम्मेदवार…

June 2, 2017  
नगर कार्यपालिका सदस्य नदिएको आरोपमा कुटपिट

नेकपा एमाले लेकवेशी नगर कमिटी सचिव लेकवेशी नपा-१ का ४२ वर्षीय सिताराम पौडेललाई नगर कार्यपालिकाको अल्पसङ्ख्यक समुदायबाट सदस्य पदमा एमालेको मनोनयनमा आफ्नो नाम नपारेको आरोप लगाउँदै वीरेन्द्रनगर नपा-९ का ४० वर्षीय एमाले कार्यकर्ता वीरबहादुर रावतसहितका व्यक्तिले जेठ १५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । एमालेका लेकवेशी नगर…

May 31, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नपा-२ ठौरीका जुम्ली कान्छोको नामले परिचित २२ वर्षीय प्रकाश रोकायलाई जेठ ४ गते साँझ वीरेन्द्रनगरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई जेठ ३ गते बिहान आरोपितले बलात्कार गरेको भनी पीडित पक्षले जेठ ३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएपछि रोकायलाई…

May 18, 2017  
धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार 

लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी जाजरकोट छेडागाड नपा-५ की २० वर्षीया रामकली वादीलाई घरायसी विषयमा विवाद हुँदा वैशाख २३ गते हत्या गरेको आरोपमा प्रहरीले जाजरकोट छेडागाड नपा-५ का २४ वर्षीय भगत वादीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । सुर्खेतको लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी २० वर्षीया रामकली…

May 9, 2017  
निर्वाचन एकै चरणमा सम्पन्न हुन्छः आयुक्त शाह

निर्वाचन आयुक्त सुधीरकुमार शाहले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने बताएका छन् । वीरेन्द्रनगरमा चैत २९ गते सम्पन्न मध्यपश्चिमाञ्चलका स्तरीय निर्वाचन अधिकृतहरूका लागि निर्वाचन व्यवस्थापन र सञ्चालनसम्बन्धी प्रशिक्षण कार्याक्रमको समापनमा बोल्दै शाहले सो कुरा बताएका हुन । आयुक्त शाहले थप सुरक्षा परिचालन गरेर भएपनि तोकिएकै समयमा निर्वाचन गराउने तयारी…

April 11, 2017  
जिल्ला स्तरीय बहस/ सम्वाद बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा चैत २३ गते जिल्ला स्तरीय बहस/सम्वाद बैठक सम्पन्न गरिएको छ । मालारानी र साहारे गाविसमा गठित मानव अधिकार निगरानी समूह, युवा समूह तथा बाल अधिकार चेतना समूहले स्थानीय स्तरमा छलफल गरी पहिचान…

April 6, 2017  
भान्छा छोएको आरोपमा दलित बालकलाई कुटपिट गरेको आरोप

बराह गाँउपालिका-८ कुम्भिकोटका नौ वर्षीय बालक भीमबहादुर बिकलाई कथित माथिल्लो जातिको भान्छा छोएको आरोपमा स्थानीय बाटु शाही र उनका छोरा भरत शाहीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालकलाई भान्छा छोएको भनी आरोपितद्वयले लाठीले निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको हो । बाटुका छोरा एवम् पीडित…

April 1, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

चिङ्गाड गाँउपालिका-४ की बालकुमारी रानाले आफू घरमा हुँदा हुँदै २३ वर्षीय पति टोपबहादुर राना र २३ वर्षीया बसन्ती सिं रानाले विवाह गरेको आरोपमा प्रहरीमा उजुरी गरेपछि प्रहरीले चैत १६ गते आरोपितद्वयलाई गिरफ्तार गरेको छ । भारतमा मजदुरी गर्दै आएका रानाले घरमा जेठी पत्नी हुँदाहुदै बसन्तीलाई विवाह गरेर भाग्दै गर्दा प्रहरीले…

March 29, 2017