इन्सेकद्वारा सुर्खेत कारागार अनुगमन, व्यवस्थापनमा कठिनाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन विभाग प्रमुख पे्रमप्रसाद पराजुलीसहितको अधिकारकर्मीको टोलीले भदौ २७ गते सुर्खेत कारागारको अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले लामो समयदेखि कष्टपूर्ण जीवनयापन गरिरहेका कैदीबन्दीहरूले भोग्नु परेको समस्याका बारेमा उनीहरूसँग प्रत्यक्ष रूपमा छलफल समेत गरेको छ । छलफलमा एकै स्थानमा कोचिएर बस्नुपर्दा खानेपानी, शौचालय,…

September 12, 2018  
पत्नीलाई धारिलो हतियार प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

बराहताल गाउँपालिका-२ की ३१ वर्षीया मनिसरा नाम्जालीलाई हँसिया प्रहार गरेको आरोपमा ३३ वर्षीय पति टोपबहादुर नाम्जालीलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ । घरायसी विषयमा विवाद हुँदा पत्नीको टाउकोमा हँसिया प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । आरोपित नाम्जालीलाई प्रहरी चौकी कुनाथरीबाट खटिएका प्रहरीले घरबाटै गिरफ्तार गरेको हो…

September 10, 2018  
महासन्धि अनुमोदनका लागि हस्ताक्षर अभियान

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (३० अगष्ट) को अवसरमा बलर्पूवक बेपत्ता पारिएका सबै नागरिकहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि–२००६ अनुमोदनका लागि राज्यलाई दवाव दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हस्ताक्षर अभियान सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, एमनेष्टी इन्टरनेशनल, नेपाल लयर्स समूह ६९ सुर्खेत र मानव अधिकारका लागि महिला एकल…

August 31, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौकुने गाँउपालिका-९ का २६ वर्षीय दानबहादुर दानीलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ९ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बाबियाचौरमा सोही दिन दिएको मौखिक जानकारीको आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थप…

August 28, 2018  
क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मानव अधिकार निगरानी समूह, निर्वाचित जनप्रतिनिधि र सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरूका लागि दुई दिने क्षमता अभिबृद्धि अभिमुखीकरण तालिम भदौ ११ गते वीरेन्द्रनगरमा सुरू गरिएको छ । इएलपी परियोजना सञ्चालन भएका गुर्भाकोट नपा-१ र २ तथा ४, ५ र ९ वडाका मानव अधिकार निगरानी समूहका…

August 28, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बावुलाई भदौ ४ गते वीरेन्द्रनगरबाट गिरफ्तार गरेको छ । कक्षा आठमा अध्ययनरत बालिका तीन/चार महिनादेखि पढ्न मन नगर्ने, टोलाएर बस्ने, रुने, डराउने गरेपछि सामुदायिक प्रहरी विद्यालयमा गई मनोविमर्श गर्ने क्रममा बावुले वैशाख महिना यता पटकपटक बलात्कार गरेको खुल्न आएपछि प्रहरीले उनलाई…

August 21, 2018  
मानव अधिकारमैत्री कानुन निमार्णका लागि प्रदेश सरकार संवेदनशील–मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले मानव अधिकारमैत्री कानुन निर्माण गर्न कर्णाली प्रदेश सरकार संवेदनशील बनेको बताएका छन् । इन्सेक कर्णाली प्रदेशको आयोजना तथा मुख्य न्यायाधिवक्ता कर्णाली प्रदेशको समन्वयमा साउन २९ गते आयोजित मानव अधिकारमैत्री कानुन निमार्णमा प्रदेश सरकारको भूमिका विषयक गोष्ठीमा मन्त्री भण्डारीले सो कुरा बताएका हुन्…

August 14, 2018  
इन्सेक कर्णाली प्रदेश कार्यालय स्थापना

कर्णाली प्रदेशको राजधानी वीेरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालय साउन २९ गते स्थापना गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले संयुक्त रूपमा कार्यालयको साइन बोर्ड अनावरण गर्दै प्रदेश कार्यालयको स्थापना गरेका हुन् । कार्यक्रममा मन्त्री रावलले नेपालमा भएका सामाजिक…

August 14, 2018  
बहुविवाह पीडितले न्याय नपाएको गुनासो

वीरेन्द्रनगर नपा–२ की ३२ वर्षीया विमला बुढाले पतिविरूद्ध बहुविवाह को उजुरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गरेको भएपनि प्रहरीले सुनुवाइ नगरेको आरोप लगाएकी छन् । भवानी बक्स गण अछाममा कार्यरत नेपाली सेनाका जवान गोपालबहादुर वलीले कञ्चनपुर जिल्ला वेदकोट नपाकी लीला कठायतसँग विवाह गरी एक छोरा जन्माइसकेको जानकारी पाएलगत्तै ०७५ असार १०…

August 4, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पञ्चपुरी नपा–२ का ४५ वर्षीय यामलाल सापकोटालाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बाबियाचौरमा साउन १३ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल…

July 30, 2018