नेपाल कम्युनिष्ट पार्टी बम विष्फोटनको जिम्मा लियो

वीरेन्द्रनगर नपा-८ स्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिम्मा लिएको जिएमआर कम्पनीको मुख्य कार्यालयमा बम विष्फोट गराएको नेपाल कम्युनिष्ट पार्टी जिम्मेवारी लिएको छ । नेपाल कम्युनिष्ट पार्टी पोलिटव्युरो सदस्य भरत बम रणबीरले राष्ट्रहित विपरीत सरकारले आयोजनाको म्याद थप गरेको विरोधमा बम विष्फोटन गराइएको बताए । आयोजना खारेजको माग भइरहेको समयमा सरकारले…

February 13, 2018  
विद्यालयको अनुगमन, कृषि तथा पशु प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता

गुर्भाकोट नपामा रहेका सबै सामुदायिक विद्यालयहरूमा नगरपालिकाले नियमित अनुगमन तथा नगरपालिका ऐन तथा कार्यविधी बने लगत्तै सबै वडामा कृषि र पशुरोगका प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साविक मालारानी गाविस तथा गुर्भाकोट नपा १ र २ वडा स्तरीय निगरानी समूह मालारानीले शिक्षासँग र साविक साहारे गाविस तथा गुर्भाकोट…

February 11, 2018  
यूपीआरको अद्यावधिक समीक्षाका लागि सुझाव सङ्कलन

आगामी मे महिनामा हुने विश्वव्यापी आवधिक समीक्षाको अध्यावधिक समीक्षाको लागि प्रदेश नं ६ स्तरीय दुई दिने सुझाव सङ्कलन कार्य वीरेन्द्रनगरमा माघ २० गते सम्पन्न गरिएको छ । जिल्लास्थित अधिकारकर्मी, कानुन व्यावसायी, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागितामा आयोजित सुझाव सङ्कलनको पहिलो दिन इन्सेक केन्द्रीय कार्यालय पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले संयुक्त…

February 3, 2018  
शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता

गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडा (साविक मालारानी र साहारे गाविस)का जनताले लामो समयदेखि भोग्दै आएको शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने एक कार्यक्रममा प्रतिबद्धता जनाइएको छ । इएलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतको आयोजना तथा मानव अधिकार निगरानी समूह मालारानीको समन्वयमा पुस २६ गते मालारानीमा…

January 12, 2018  
प्रहरीको कुटपिटबाट थुनुवाको हात भाँचिएको पीडित पक्षको आरोप

वीरेन्द्रनगर नपा-५ का २४ वर्षीय तेज सोनी जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेको अवस्थामा पुस ४ गते साँझ प्रहरी र हिरासतमा राखिएका थुनुवाको कुटपिटबाट दाहिने हात भाँचिएको पीडित पक्षले आरोप लगाएका छन् । वाइसीएल कार्यकर्ता गोविन्दप्रताप मल्लमाथि केही दिन अघि वीरेन्द्रनगरमा भएको कुटपिट घटना सम्बन्धमा सोधपुछका लागि गिरफ्तार गरिएका सोनीलाई…

December 20, 2017  
अज्ञात समूहको आक्रमणबाट वाइसिएल कार्यकर्ता घाइते

वाइसिएलका सुर्खेत जिल्ला सचिवालय कमिटीका सदस्य एवम् वाम गठबन्धनका वीरेन्द्रनगर नपा-२ का युवा परिचालन कमिटीका संयोजक २८ वर्षीय गोविन्दप्रंताप मल्ल अज्ञात समूहको आक्रमणबाट घाइते भएका छन् । वाम गठबन्धनको विजय जुलुसमा सहभागी भई घर फर्कने क्रममा मङ्सिर २९ गते साँझ चार जनाको अज्ञात समूहको आक्रमणबाट घाइते भएका मल्लको उपचार क्षेत्रीय…

December 16, 2017  
पत्नीको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

गुर्भाकोट नपा-२ की ३० वर्षीया पञ्चकली कामीलाई निर्ममतापूर्वक हत्या गरेको कसुरमा ३० वर्षीय पति टेकबहादुर कामीलाई जिल्ला अदालत सुर्खेतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुबकुमार शाहीको इजलाशले मङ्सिर २९ गते यस्तो फैसला गरेको हो । टेकबहादुरले सल्यानबाट घर फर्कने क्रममा घर नजिकैको जङ्गलमा ०७४…

December 16, 2017  
बीस ओटा मतदानस्थल अति सम्वेदनशील

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि तोकिएका १ सय ३८ मतदानस्थलमध्ये बीस ओटा मतदानस्थल अति सम्वेदनशील रहेका जिल्ला सुरक्षा समिति सुर्खेतले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि र खुल्ला सिमानाका कारण १ सय ३८ मतदानस्थलमध्ये ८५ ओटा सम्वेदनशील र ३३ ओटा मतदानस्थल…

December 2, 2017  
हत्याका आरोपित पति र सासू गिरफ्तार

वीरेन्द्रनगर नपा-१० की १८ वर्षीया सुस्मिता (राजी) शाहीको हत्या गरेको आरोपमा १८ वर्षीय पति आदेश शाही र ३७ वर्षीया सासू सरस्वती शाहीलाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । मृतक सुस्मिताका बुबा लालबहादुर राजीले मङ्सिर ५ गते दिएको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई घरबाट गिरफ्तार गरेको हो । अन्तरजातीय…

November 23, 2017  
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २२ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको सुरूवात गर्दै इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बालबालिकाको अधिकार सूचित गरिएमात्र पनि मुलुकको समग्र विकासमा टेवा पुग्ने बताइन् । बाल अधिकारको संरक्षण र सम्बर्द्धनमा इन्सेकले…

November 8, 2017