बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चिंगाड गाँउपालिका-६ का १८ वर्षीय टोपबहादुर चुनाराविरूद्ध प्रहरीमा उजुरी परेको छ । पीडितबालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको हो । घटना लगत्तै आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी…
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
गुर्भाकोट नपा-४ स्थित वडा कार्यालय रहेको भवनमा चैत ३० गते बिहान अज्ञात समूहले आगजनी गरेको छ । उक्त समूहले बिहान करिब २ बजे वडाध्यक्ष प्रशन्नकुमार शाहको कार्यकक्षमा आगजनी गरेको वडा कार्यालयले जनाएको छ । आगजनीबाट वडाध्यक्ष शाहको कार्यकक्षमा रहेका फोटोकपी मेसिन, एलसिडी कम्प्युटर, इन्भटर र अन्य कागजपत्र जलेर नष्ट भएको…
नेविसङ्घका कार्यकर्ताद्वारा प्रदेश मन्त्रीको जीप तोडफोड
आन्दोलनमा उत्रेका नेविसङ्घका कार्यकर्ताले चैत २१ गते बिहान ८ बजे कर्णाली प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री खड्कबहादुर खत्री चढेको जीपलाई ढुङ्गा प्रहार गरी क्षति पुर्याएका छन् । मन्त्री खत्रीलाई आवासमा लिन जाँदै गरेको बा २ झ १५६६ नम्बरको जीपमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका…
गोरीकला हत्याका दोषीलाई कडा कारवाही गर्न प्रदेश सांसदहरूको माग
बाबियाचौरमा एसर्इई परीक्षा दिइरहेकी पञ्चपुरी नपा-३ की १८ वर्षीया गोरीकला रोकाय हत्याका दोषीलाई कर्णाली प्रदेशका सांसदहरूले कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । कर्णाली प्रदेशसभाको चैत १६ गते सुरू भएको पहिलो अधिवेशनको छैठौँ बैठकमा सहभागी सांसदहरूले विशेष समयमा बोल्दै गोरीकलाको हत्यामा संलग्नको पहिचान गरी कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने कुरामा…
समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता
जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देलले जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालमा देखिएका समस्याहरूलाई न्यूनीकरण गर्न समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । इन्सेक सुर्खेतको आयोजनामा चैत १६ गते सम्पन्न जिल्ला स्तरीय बहस/सम्वाद कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको बारेमा सहभागीहरूले उठाएका सवालहरूको जबाफ दिँदै…
गोरीकला हत्या घटनाको अधिकारकर्मीद्वारा स्थलगत अनुगमन
पञ्चपुरी नपा-३ निवासी एसर्इई परीक्षार्थी गोरीकला रोकायको हत्याको घटना सम्बन्धमा इन्सेकसहितको अधिकारकर्मीको टोलीले चैत १५ गते स्थलगत अनुगमन गरेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र पीडकलाई कारवाहीको दायरामा ल्याउन सहयोग पुर्याउने उद्धेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको अगुवाईमा दलित महिला सङ्घ, मानव अधिकार तथा शान्ति समाज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
७४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१४ का ४५ वर्षीय यामप्रसाद चालिसेलाई चैत १३ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले अस्थायी प्रहरी पोष्ट गोठीकाँडामा चैत १३ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
एसईई परीक्षार्थी छात्राको हत्या घटनाका आरोपित गिरफ्तार
पञ्चपुरी नपा-३ की १८ वर्षीया गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी ३२ वर्षीय हरि कोइराला र पञ्चपुरी नपा-५ का स्थानीयबासी ३० वर्षीय लक्ष्मी बास्तोलालाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ । पञ्चपुरी नपा-३ बाबियाचौरस्थित डेरामा चैत १३ गते बिहान गौरीकला मृत अवस्थामा…
सुर्खेत कारागार यातना गृह बनेको कैदीबन्दीहरूको गुनासो
क्षमता भन्दा झण्डै पाँच दोब्बर कैदीबन्दी रहेको सुर्खेत कारागार कैदीबन्दीहरूका लागि यातनागृह बन्दै आएको यहाँका कैदीबन्दीहरूले गुनासो गरेका छन् । सुर्खेत कारागारको नियमित अनुगमनको क्रममा ०७४ चैत ७ गते कारागार पुगेका इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापासँग यहाँका कैदीबन्दीहरूले यस्तो गुनासो गरेका हुन् । ''ङ' वर्गको २५ जना क्षमता रहेको यस…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आफैँले पढाउने दुई नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पञ्चपुरी नपा-१० स्थित जनज्योति आधारभुत तहका शिक्षक युवराज शर्मालाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ । १४/१४ वर्षीया दुई जना नाबालिकालाई चैत ३ गते साँझ भियग्रालाई मिठाई भनी खान लगाएर यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरीले शिक्षक शर्मालाई…