पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित सल्यान कुभिण्डे बनागार नपा-११ पाँचआरेका ३१ वर्षीय तेजबहादुर बिकलाई प्रहरीले भदौ २५ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । सल्यान र सुर्खेतको सीमा क्षेत्र कालीमाटीबाट घर फर्कदै गरेकी ३४ वर्षीय पञ्चकुमारी बिकलाई तेजबहादुरले गुर्भाकोट नपा-२ को जङ्गलमा भदौ २५ गते ढुङ्गाले टाउकोमा थिचेर हत्या गरेको प्रहरीले जनाएको…

September 11, 2017  
औषधिको अभाव हुँदा स्यालको टोकाईबाट बिरामी भएका १७ जना उपचारबाट वञ्चित

गुर्भाकोट नपा-४ स्थित मिलनचोक, आँपखोली र बाघखोर गाँउका घरघरमा पसेर भदौ २१ र २२ गते 'बहुला' स्यालले स्थानीय बासिन्दा र चौपायालाई टोक्दा बिरामी परेकाहरू औषधिको अभावमा उपचारबाट वञ्चित भएका छन् । गुर्भाकोट नपा-४ का वडाध्यक्ष प्रशन्न शाहले दिएको जानकारी अनुसार यसरी घरघरमै पसेर बहुला स्यालको टोकाईबाट १७ जना स्थानीय बासिन्दा…

September 8, 2017  
सुर्खेतको पुर्वी क्षेत्रको स्वास्थ्य चौकीमा औषधिको अभाव

गुर्भाकोट र भेरीगङ्गा नपा तथा सिम्ता गाँउपालिकामा औषधिको अभाव देखिएको छ । वर्षायाममा लाग्ने झाडापखाला लगायतका रोगका साथै समान्य ज्वरोको औषधि सिटामोलसमेत स्वास्थ्य चौकीमा नभएको साविक मालारानी गाविस तथा गुर्भाकोट नपा-२ का स्वास्थ्य चौकीका इञ्चार्ज युद्धबहादुर थापाले बताए । थापाका अनुसार वर्षातको समयमा सुर्खेतको पुवीक्षेत्रमा पर्ने सबै स्वास्थ्य चौकीहरूमा जीवनजलको…

September 2, 2017  
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

वीरेन्द्रनगर नपा-१० एयरपोर्ट चोककी ७१ वर्षीया टिकावती खनालको हत्या गरेको आरोपमा प्रहरीले उनका ३८ वर्षीय छोरा रवि खनाललाई भदौ ८ गते घरबाटै गिरफ्तार गरेको छ । वैदेशिक रोजगारीको क्रममा घरविदामा आएका खनालले भदौ ७ गते आमालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विवादको कारण आमालाई रविले कुटपिट…

August 25, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१ का ४८ वर्षीय विक्रम कामीलाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो । घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको…

August 21, 2017  
पत्नीको हत्या गरेको भन्दै पति आफैँ प्रहरी कार्यालयमा

वीरेन्द्रनगर नपा-१२ चनौटेकी १८ वर्षीया पवित्रा नेपालीलाई बन्चरो प्रहार गरी हत्या गरेको भन्दै १९ वर्षीय पति चक्रबहादुर परियार साउन ३२ गते आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । विवाह भएको दुई महिनामा घरायसी विषयमा भएको विवादमा पत्नीको घाटी र शरीरका विभिन्न भागमा पतिले बन्चरो प्रहार गरी साउन ३२ गते हत्या…

August 18, 2017  
राज्य र राजनीतिक दलले निर्णय कार्यान्वयन नगरेको सहिद परिवारको गुनासो

दुई वर्षअघि सिमाङ्कनमा असन्तुष्टि राख्दै भएको आन्दोलनको क्रममा ज्यान गुमाएका सहिद परिवारले आफुहरूसँग गरेको सहमति राज्य र राजनीतिक दलले कार्यान्वयन नगरेको गुनासो गरेका छन् । सहिद परिवारका आफन्तले इन्सेककर्मीसँगको भेटमा यस्तो गुनासो गरेका हुन् । ०७२ साउन २१ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको सिमाङ्कन विरूद्ध गरिएको आन्दोलनको तेस्रो दिन प्रहरीको गोलीबाट…

August 11, 2017  
गर्मी र वर्षातमा क्षमता भन्दा बढी बन्दी व्यवस्थापनमा समस्या

गर्मी र वर्षातसँगै क्षमता भन्दा सात गुणा बढी कैदीबन्दी हुँदा सुर्खेत कारागारमा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । कुल २५ जनाको क्षमता रहेको कारागारमा क्षमता भन्दा सात गुणा भन्दा बढी १ सय ८६ जना कैदीबन्दीलाई एकै ठाउँमा कोचिएर बस्नुपर्दा व्यवस्थापनमा कठिनाइ भएको हो । हिँउदको समयमा जसोतसो कोचिएर…

July 24, 2017  
इन्सेकको पहलमा द्वन्द्व पीडितका बालबालिकालाई शैक्षिक सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको पहलमा जिल्ला बालकल्याण समिति सुर्खेतले माओवादी पूर्व लडाकुका दुई नाबालक छोरालाई ०७४ साउन २ गते शैक्षिक सहयोग प्रदान गरेको छ । गुर्भाकोट नपा-९ स्थित बोटेचौर बजारमा बसोबास गर्दै आएकी माओवादीका अशक्त पूर्व लडाकु ३२ वर्षीया लुसी बिकका ११ वर्षीय समर बिक र ७ वर्षीय…

July 19, 2017  
द्वन्दपीडितलाई नौ करोड नब्बेलाख राहत वितरण

सशस्त्र द्वन्दको क्रममा मारिएका वेपत्ता पारिएका र अपहरणमा परेका परिवारलाई नौ करोड ८९ लाख ७५ हजार राहत वितरण गरिएको स्थानीय शान्ति समिति सुर्खेतले जनाएको छ । समितिका अनुसार शान्ति तथा पुन निर्माण मन्त्रालयबाट प्राप्त रकमद्धारा ०७४ असार मसान्तसम्ममा २ सय ४० मृतक र १३ जना बेपत्ता पारिएका परिवार तथा ११…

July 16, 2017