बालगृहमा राखिएका १० बालबालिकाको अवस्था अज्ञात

वीरेन्द्रनगर नपा–१० स्थित सुरक्षित घर नेपाल (बालगृह) मा राखिएका १० जना बालबालिकाको अवस्था अज्ञात रहेको छ । महिला तथा बालबालिका कार्यालय सुर्खेतले सो बालगृहको अनुगमन गर्दा ०७४ साउन महिना यता बालगृहमा राखिएका १० जना बालबालिका अनुगमनको क्रममा फेला नपरेपछि ती बालबालिकाको अवस्था अज्ञात भएको जानकारीमा आएको हो । अनुगमन गरे…

July 14, 2018  
सीमाङ्कन विरूद्धको आन्दोलनका घाइतेद्वारा उपचार नपाएको गुनासो

सीमाङ्कन विरूद्धको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्रनगर नपा-६ का २१ वर्षीय अनिश पन्तले राज्य पक्षबाट उपचार खर्च नपाएको गुनासो गरेका छन् । पन्तले ०७५ असार २७ गते अधिकारकर्मी तथा सञ्चारकर्मीसँग वीरेन्द्रनगरमा भएको भेटमा यस्तो गुनासो गरेका हुन् । १८ वर्षको उमेरमा आन्दोलनमा होमिँदा देब्रे हातमा गोली लागि घाइते…

July 11, 2018  
आमरन अनसनमा बसेका विद्यार्थीहरूको अवस्था गम्भीर, उपचारका लागि अस्पताल भर्ना

सात बुँदे माग राखी यही असार ५ गतेबाट आन्दोलनरत तथा १२ गतेदेखि अनशन र १९ गतेबाट आमरण अनशनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरूको स्वस्थ्य अवस्था गम्भीर बनेको छ । आमरण अनशनमा बसेका २३ वर्षीय रोशन बस्नेतको स्वास्थ्यमा समस्या देखिएपछि देउती नर्सिङ्ग होममा उपचार सुरू गरिएको छ । २२ वर्षीय…

July 6, 2018  
छाउगोठमा बसेकी बालिकालाई सामूहिक बलात्कार, आरोपितविरूद्ध प्रहरीमा उजुरी

छाउगोठमा बसेकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २० गते इलाका प्रहरी कार्यालय बावियाचौरमा उजुरी दर्ता गरिएको छ । छाउगोठ बसेकी पीडितलाई असार १८ गते राति बराहताल गाँउपालिका-६ का १८ वर्षीय जनक शर्मा, १५ वर्षीय र १४ वर्षीय बालकसमेतले बलात्कार गरेको भन्दै पीडित पक्षले असार…

July 6, 2018  
अख्तियारको अन्यौलताले सेवाग्राही मर्कामा

सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारमा देखिएको अख्तियार अन्यौलताको कारण सेवाग्राहीहरू मर्कामा परेको एक कार्यक्रमका सहभागिहरूले औँल्याएका छन् । इन्सेक सुर्खेतद्वारा असार १५ गते आयोजित सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा औँल्याएका हुन् । सहभागीहरूले अख्तियार अन्यौलताले अस्तव्यस्त बन्न पुगेको शिक्षा, स्वास्थ्य, कृषि र पशुसेवा कार्यालयद्वारा प्रदान गरिने…

June 30, 2018  
प्रहरीले अनसन स्थलमा हस्तक्षेप गरी कुटपिट गरेको विद्यार्थीको आरोप

मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ्ग संकायलाई स्वात्तता र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने मागगर्दै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीनदिन अघिदेखि अनसनरत विद्यार्थीहरूको अनसनस्थलमा असार १५ गते हस्तक्षेप गरी प्रहरीले आफूहरूलाई कुटपिट गरेको विद्यार्थीहरूले आरोप लगाएका छन् । प्रहरीको कुटपिटबाट विद्यार्थीहरू २२ वर्षीय जीवन शाही र २१ वर्षीय निकुञ्ज पाण्डे घाइते भएका छन् ।…

June 30, 2018  
राजनीतिक हस्तक्षेप रोक्नुपर्नेमा जोड

जिल्लास्थित अर्धन्यायिक तथा प्रशासनिक निकायका काम कारबाहीमा बढ्दो राजनीतिक हस्तक्षेपलाई रोक्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक सुर्खेतद्वारा असार ५ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । सहभागीहरूले राजनीतिक दल…

June 20, 2018  
इएलपी परियोजना नमुना योग्यः संयोजक सिग्देल

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समूहद्वारा सम्पन्न गरिएका कार्यक्रमहरूको प्रभाव र उपलब्धिको बारेमा जेठ २७ गते अनुगमन गरिएको छ । परियोजना सल्लाहकार समितिका पदाधिकारी, जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका सदस्य तथा सञ्चारकर्मीहरूको टोलीले स्थलगत…

June 11, 2018  
चार वर्षदेखि त्रिपालमुनी बस्नु परेको बाढी पीडितको गुनासो

चार वर्षअघि आएको बाढीले घरबास सबै बगाएपछि सुर्खेतको कुनाथरीको गिरीघाट खोला र वीरेन्द्रनगर नपास्थित महिला प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका बाढी पीडितले चार वर्षदेखि त्रिपालमुनी बस्नु परेको गुनासो गरेका छन् । तत्कालीन कुनाथरी गाविसको गिरीघाट शिविरमा १ सय ४६ र महिला प्रशिक्षण केन्द्रको शिविरमा ९६ घरपरिवारका बाढीपीडित बस्दै आएका छन्…

June 3, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लिल भिडियो र तस्वीर पठाएर 'ब्ल्याकमेलिङ' गरेको आरोपमा दैलेख जिल्ला घरभई वीरेन्द्रनगर नपा-१० का २८ वर्षीय जीवन शाहीलाई प्रहरीले जेठ ५ गते वीरेन्द्रनगर बजारबाट गिरफ्तार गरेको छ । पीडितले आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जेठ ४ गते दिएको उजुरीको आधारमा शाहीलाई…

May 21, 2018