विद्यालयमा शुल्क तिर्न नसक्दा पढाइबाट वञ्चित

सरकारले माविसम्म निःशुल्क र अनिवार्य शिक्षाको नीति ल्याएपनि अझैपनि केही बालबालिका विभिन्न कारणले विद्यालय जान बाट वञ्चित भएको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित शारदा नगरपालिका–२ डाँडागाउँमा रहेको एक विद्यालयमानै बालबालिकाहरूले विद्यालय छाडेको पाइएको छ । त्रिजमावि लुहापिङ् अन्तर्गत बालमन्दिरमा एलकेजीमा अध्यनरत शारदा नगरपालिका–२ मेलघारी निवासी विकास सिंह र उनका…

February 6, 2020  
मानव अधिकार सचेतना सम्बन्धी कार्ययोजना तयार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको इएलपी परियोजना अन्तरगत गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सवालमा कार्ययोजना तयार गरेको जनाएको छ । सल्यानको शारदा नपामा माघ २० गते सम्पन्न भएको समस्या पहिचान तथा समाधानका विषयमा छलफल गर्न आयोजना गरिएको कार्यक्रमले कार्ययोजना तयार गरेको हो…

February 4, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनाको आरोपमा बागचौर नपा–१० घरभई हाल कालिमाटी गाउँपालिका–४ निवासी ५० वर्षीय नारायण गिरीलाई प्रहरीले माघ १८ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ साउन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १७ गते इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी दिएका थिए भने लिखित उजुरी माघ…

February 3, 2020  
विद्यालयका शौचालय प्रयोगमा नआएपछि पठनपाठनमा समस्या

बनगाड कुपिण्डे नगरपालिकाको सरस्वती आधारभूत विद्यालय लाखरमा कक्षा आठमा अध्ययनरत मनकुमारी पुनले विद्यालयमा शौचालय प्रयोग विहीन भएपछि पठनपाठनमा समस्या भएको बताउनुहुन्छ । विद्यालयको शौचालयमा पानीको अभावले प्रयोग विहीन बनेछि विद्यार्थीले जथाभावी दिसापिसाब गर्दा विद्यालय आसपासको क्षेत्र समेत दुर्गन्धित हुन थालेको उहाँले बताउनु भयो । गिता विकले महिनावारी भएको बेला अधिकांश…

February 2, 2020  
इन्सेकको पहलमा बेवारिसे महिलालाई आवास तथा खानाको व्यवस्था

सल्यानमा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेकी एक महिलालाई इन्सेकको पहलमा आवास तथा खानाको व्यवस्था मिलाइएको छ । जाजारकोट घर बताउँदै आएकी करिब ५२ वर्षीया सेतु बुढा मगर नाम गरेकी महिलालाई प्रहरीले खैराबाँग मन्दिर नजिकबाट माघ १४ गते फेला पारेको थियो । महिलाको आफन्त नआउँदासम्म जिल्लास्थित सुरक्षित आवास गृहमा ती महिलालाई…

January 30, 2020  
अज्ञात पक्षबाट वडा कार्यालयमा आगजनी

कपुरकोट गाउँपालिका–५ को वडा कार्यालयमा माघ १५ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रिमशितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर भित्र पसि सम्पूर्ण कोठामा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । आगलागीबाट वडा…

January 30, 2020  
हिंसामुक्त नगर बनाउन नगरपालिकाले अभियान चलाउने

जिल्लामा बालविवाह बाट निम्तिने विभिन्न खाले घटनालाई न्यूनीकरण गर्न शारदा नगरपालिकाले अधिकारका क्षेत्रमा कार्यरत संस्थासँग सहकार्य गरेर काम गर्ने बताएको छ । जिल्लामा संचालित बालविवाह न्यूनीकरणको अभियानलाई सघाउने गरी मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर हिंसामुक्त नगरपालिका बनाउनेतर्फ लाग्ने उहाँले बताउनुभयो । माघ १५ गते इन्सेक र…

January 29, 2020  
कारागारका महिलालाई सेनेटरी प्याड र बालबालिकालाई शैक्षिक सामाग्री वितरण

कारागारका कैदी बन्दीको समस्यालाई मध्यनजनर गर्दै शारदा नगरपालिकाले महिला कैदीबन्दीका लागि सेनेटरी प्याड र उनीहरूसँगै बस्ने बालबालिकालाई शैक्षिक सामाग्री माघ १५ गते वितरण गरेको छ । कारागारमा रहेका महिला बन्दी र उनीहरूसँगै रहेका बालबालिकाका विषयमा इन्सेक प्रतिनिधिले शारदा नगरपालिकाको ध्यानाकर्षण गराउँदै इन्सेक अनलाइनमा नियमित समाचार प्रकाशन गरेपछि उक्त सामाग्री वितरण…

January 29, 2020  
दुई हजार ५९ जना द्वन्द्वपीडितले अझै राहत पाएनन्

सशस्त्र द्वन्द्वको समयमा माओवादी र राज्य पक्षबाट पीडित भएका जिल्लाका २ हजार ५९ जना द्वन्द्व पीडितले हालसम्म राहत पाउन सकेका छैनन् । घाइते तथा अङ्गभङ्ग भएका २ हजार ३ सय १० मध्ये ३३ जनालाई मात्र साविक स्थानीय शान्ति समितिमार्फत राहत र जीवन निर्वाह भत्ता दिइएको थियो । जिल्लामा द्वन्द्वको क्रममा घाइते…

January 28, 2020  
बालविवाह न्युनीकरण अभियानमा ज्योतिषहरूको प्रतिबद्धता

बालविवाह न्युनीकरण अभियानलाई सफल पार्न जिल्लाका ज्योतिषहरूले प्रतिबद्धता जनाएका छन् । उनीहरूले २० वर्ष माथिको मात्र चिना हेर्ने सामुहिक प्रतिबद्धता जनाएका हुन । छत्रेश्वरी गाउँपालिका –१ गैरीगाउँका ज्योतिष खिमलाल अधिकारीले बालविवाह न्युनीकरणको अभियानमा आफूहरूको पूर्ण प्रतिबद्धता रहेको र प्रतिबद्धता उल्लङ्घन गरेमा कानुन बमोजिम कारवाही भोग्न तयार रहेको बताउनु भयो ।…

January 28, 2020