हिंसा प्रभावितको अवस्था र सुरक्षाको सवालमा छलफल

जिल्लाका महिला तथा बालबालिकाको अधिकारका विषयमा मानवअधिकाकर्मी र सुरक्षाकर्मीबिच छलफल कार्यक्रम सल्यानको खलङ्गामा मङ्सिर २४ गते सम्पन्न भएको छ । जिल्लामा हिंसा प्रभावितहरूलाई पुनःस्थापना गर्न चुनौतीको विषय रहेको सरोकारवालाले बताएका छन् । मानव अधिकारकर्मीहरूले राज्यलाई सहयोग गरिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले राज्यले गर्ने काम मानव अधिकारकर्मीले गरिरहेको भन्दै…

December 10, 2019  
खुल्ला चौरमा विद्यार्थी, कक्षाकोठामा गाइगोरू !

बनगाड कुपिण्डे नगरपालिका–६ अम्रामा रहेको गंगा प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढ्ने ११ जनामात्रै विद्यार्थी भएपछि पठनपाठन प्रभावित भएको छ । कक्षा पाँचसम्म सञ्चालनमा रहेको यस विद्यालयमा कक्षा एक मा दुई जना, कक्षा दुईमा दुई जना, कक्षा तीनमा दुई जना, कक्षा चारमा चार जना र कक्षा पाँच मा एक जना विद्यार्थी…

December 8, 2019  
अधिकार कार्यान्वयन गर्न सहज नभएको जनप्रतिनिधिको गुनासो

मानव अधिकार कार्यान्वयन गर्न स्थानीय सरकारलाई राज्यले बन्धनमा पारेको एक कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले बताउनुुभएको छ । इन्सेक सल्यानले मङ्सिर १९ गते बनगाड कुपिण्डे नगरपालिकामा आयोजना गरेको मानव अधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सवाल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुुरा बताउनुुभएको हो । कार्यक्रममा बोल्दै वडा नम्बर…

December 7, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय जेठाजुलाइ मङ्सिर १३ गते गिरफ्तार गरेको छ । पीडित महिलाका पति घरमा नभएको समयमा मङ्सिर ९ गते राति सुत्ने कोठामा पुगी बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो…

December 1, 2019  
क्रान्तिकारी माओवादीका चारजना कार्यकर्ता गिरफ्तार

यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचन बहिष्कारको आन्दोलन घोषणा गरेको  क्रान्तकारी माओवादीका चारजना नेता कार्यकर्तालाइ प्रहरीले मङ्सिर १० गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा कर्णाली प्रदेश इञ्चार्ज एवम् पोलिटब्यूरो सदस्य ६० वर्षीय चक्रपाणी शर्मा,  जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज ४२ वर्षीय दिपकबहादुर शाही, जिल्ला सचिव…

November 27, 2019  
लालपुर्जा नहुँदा ऐलानीमा बास, १ हजार २ सय परिवारको दैनिकी प्रभावित

सरकारी बेवास्ताका कारण लामो समयदेखि जग्गाको लालपुर्जा नपाउँदा जिल्लाका विभिन्न स्थानमा ऐलानी जमीनमा बसोबास गर्दै आएका स्थानीयको दैनिकी प्रभावित बनेको छ । छत्रेश्वरी गाउँपालिका–६ लान्ती निवासी लीलाधर नेपालीले सरकारी बेवास्ताले पुस्तौँदेखि सुकुम्बासीको पीडा भोग्नु परेको बताउनु भयो । ‘घरमै बसौँ र खेती गरौँ भने पुर्जा छैन ।’–उहाँले भन्नुभयोे–‘पुर्जाकै आशामा वर्षौँदेखि…

November 27, 2019  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

दुई वर्षको छोरा सहित २२ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले भेरीगङ्गा नपा–९ का १८ वर्षीय दिनेश खड्कालाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । सल्यानकी महिलालाई दुई वर्षीय छोरा सहित भारतमा लगेर बेचेको आरोपमा पीडितका पतिले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा उजुरी दिएका थिए । पति वैदेशिक…

November 16, 2019  
मानव अधिकार उल्लङ्घनसम्बन्धी पैरवी गर्न वडास्तरसम्म पुग्न जरूरीः सरोकारवाला

मानव अधिकारसम्बन्धी अभियानलाई वडास्तरसम्म पुर्‍याउन सरोकारवालाले इन्सेकलाई आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २८ गते बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा आयोजना स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका सहभागीहरूले यस्तो आग्रह गरेका हुन् । कार्यक्रमका सहभागीहरूले गाउँपालिकाका…

November 16, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कुमाख गाउँपालिका–६ गोलखपुर निवासी २१ वर्षीय बालकृष्ण केसीलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीमा मौखिक उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए…

November 15, 2019  
वडाध्यक्षका लागि कुमाखमा मनोनयन दर्ता, मतदानस्थल अति संवेदनशील

कुमाख गाउँपालिका–५ को रिक्त वडाध्यक्ष पदका लागि कात्तिक २७ गते मनोनयन दर्ता गरिएको छ । उक्त पदका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने कार्यक्रम छ । वडा अध्यक्ष पदका लागि राजनीतिक दलबाट नेपाल कम्युनिष्ट पार्टी, सल्यानका जिल्ला समिति सदस्य धर्मे बुढोथोकी ‘ज्वाला’, नेपाली कांग्रेसका तर्पmबाट खड्कबहादुर बोहरा, राष्ट्रिय प्रजातन्त्र…

November 13, 2019