महिला कैदीबन्दीद्वारा आयमुलक सीपको माग

जिल्ला कारागार सल्यानका कैदीबन्दी महिलाहरूले कारागार भित्र प्रौढ कक्षा सञ्चालन र  आयमुलक सीप सिकाउन माग गरेका छन् । 'अक्षर चिन्नु पर्ने सबै भन्दा अनिवार्य रहेछ भन्ने कुरा बल्ल बुझियो ।'-कैदी जिवन बिताइरहेकी ३२ वर्षीया सीता बस्नेतले भनिन्-'आफन्तजनलाई फोन गर्नु पर्दा अरू मानिसलाई मोबाइल नम्बर हान्दिनुस भन्नु पर्छ । सल्यान जिल्ला…

March 27, 2017  
इँटा भट्टाबाट दुई जना बालश्रमिकको उद्धार गरी परिवारमा पुनर्स्थापना

निगालचुँला गाविस-१ का १३ वर्षीय नेत्रलाल घर्ती र माझकाँडा-५ का १३ वर्षीय नेत्रलाल पुनलाई भक्तपुरको इँटा उद्योगबाट उद्धार गरी चैत ७ गते अभिभावकको जिम्मा लगाइएको छ । पारिवारिक बेमेलका कारण उनीहरू इँटा उद्योगमा काम गर्न गएको पीडित बालकहरूले बताएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । जिल्ला बालकल्याण समिति भक्तपुरको…

March 21, 2017  
कर्मचारी आन्दोलनमा प्रहरी हस्तक्षेप, दुई जना घाइते

स्थानीय निकायका कर्मचारीहरूले गर्दै आएको आन्दोलनका क्रममा फागुन ३ गते जिल्ला विकास समितिको कार्यालयमा प्रहरीले गरेको हस्तक्षेपका काराण तीन जना घाइते भएका छन् । शान्तिपूर्ण रूपमा धर्नामा बसेका बेला एक्कासी प्रहरीले हस्तक्षेप गर्दा शारदा नपा-३ तल्लोबजारकी ४२ वर्षीया बिन्दु श्रेष्ठ, सोही ठाउँकी ३६ वर्षीया अमृता शाक्य घाइते भएको स्थानीय निकाय…

February 14, 2017  
फुपूको हत्या गरेको आरोपमा भदो गिरफ्तार

वागचौर नपा-३ की ६० वर्षीया फुपू टिकी वलीलाई लाठीले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय भदो भाइ दिपक भण्डारीलाई माघ २५ गते गिरफ्तार गरेको छ । घरमा रहेकी फुपूलाई माघ २५ गते लाठीले हिर्काइ हत्या गरी घरबाट करिब ३० मिटर टाढा खोल्सामा रूखका पातहरूले छोपेको अवस्थामा शव…

February 9, 2017  
बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै चादे करन्जी गाविस-२ का २६ वर्षीय  सन्दिप खडकालाई जिल्ला अदालत सल्यानले माघ २५ गते ११ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश माधबेन्द्रराज रेग्मीको इजलासले मुलुकी ऐनको जबरजस्ती करणी महलको दफा १ अनुसार बलात्कारको कसुर ठहर गरी जबरजस्ती…

February 9, 2017  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले आरोपमा धनबाङ्ग गाविस-८ का ७४ वर्षीय जीवलाल बोहरालाई माघ २४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले बताए । पीडित बालिकालाई आरोपितले माघ ७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित…

February 7, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले दार्माकोट गाविस ८-का ४१ वर्षीय पहलबहादुर वलीलाई माघ २४ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई २३ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २४ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी…

February 7, 2017  
बलात्कार गरेको ठहरमा पाँच वर्षतीन महिना कैदको फैसला

७० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै सल्यान जिल्ला अदालतले फालाबाङ-४ का रमेश रेउलेलाई पाँच वर्षतीन महिना कैद र पीडित महिलाले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ । आरोपित र उनका बाबु बाजेको नाममा कुनै अचल सम्पति नदेखिएको भन्दै जरिबाना लगाइएको ५० हजार रुपियाँ महिला तथा वालबालिका…

January 4, 2017  
बालमैत्री बसाइ व्यवस्थाले विद्यार्थीको उपस्थिति दर बढायो

भोक लाग्दा खान दिने, जाडो लाग्दा जामा । संसारमा सबैभन्दा प्यारी मेरी आमा ।। किताव, कापी, कलम छ कि छैन झोला । भोक लाग्दा स्कुलमा के पो खान्छ होला ।। चिन्ता गर्ने सधैं हाम्रो देख्ने सधैं साना । संसारमा सबैभन्दा प्यारी मेरी आमा ।। जिमाली गाविस–७ का चार वर्षीय बालक…

December 22, 2016  
कथित बोक्सी भगाउने भन्दै अमानवीय व्यवहार गरेको कसुरमा जरिबाना र कैदको फैसला

कुपिण्डेदह-४, ज्यामिरेकी २० वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ । कुपिण्डेदह-४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा सोहि ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह-५ की ४५ वर्षीय लली पुनलाई पाँच वर्षकैद र जनही…

December 19, 2016