६ महिनादेखि खुल्लाचौरमा पढाइ गर्न बाध्य कुमाखका बालबालिका
कुमाख गाउँपालिका-७ स्यानीजिमालीमा रहेको जनता आधारभुत विद्यालयमा विगत ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत साउनमा विद्यालयको चारकोठे भवन भत्किएपछि ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको विद्यार्थी विजय थापाले बताए । आफ्ना विद्यालयका विद्यार्थीलाई भवन भत्किएपछि विगत ६ महिनादेखि खुल्ला चौरमा बसेर…
सल्यानका गर्भवतीले दुई महिनादेखि आइरन चक्की खान पाएनन्
जिल्लाको बागचौर नगरपालिका-४ का गर्भवती र सुत्केरी महिलाहरू आधारभूत औषधि सेवनबाट वञ्चित भएका छन् । त्यहाँका महिलाहरूले विगत डेढ महिनादेखि आइरन चक्कीको सेवन गर्न नपाएको गुनासो गरेका छन् । महिलाहरूलाई गर्भवती तथा सुत्केरी भएको बेला आइरनको कमी नहोस भनेर आइरन चक्की प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क रूपमा सरकारले दिने गर्दछ ।…
बन्चरो प्रहार गरि सौताको हत्या
दार्मा गाउँपालिका-३ फारूलाचौरकी ३२ वर्षीया रूपा खत्रीलाई पुस २६ गते बिहान उनकी २६ वर्षीया सौता कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य झगडाको विषयलाई लिएर कान्छीले जेठी सौताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर बिकले जानकारी दिए । घटनापछि कल्पना चन्द फरार रहेको…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाए
नेपाल कम्युनिष्ट पार्टी सल्यानले मतदाता शिक्षा सामग्री जलाएको आरोप छ । सो पार्टीका कार्यकर्ताले कात्तिक ३० गते राति १० बजे जिल्लाको बागचौर नगरपालिका-१ मा जिल्ला निर्वाचन कार्यालयबाट खटिएका एक मतदाता स्वयम्सेवकको घरबाट मतदाता शिक्षा सामग्री नियन्त्रणमा लिएर जलाएका हुन् । बागचौर नगरपालिका-१ कोटबेतका स्वयम्सेवक तोला बस्नेतको घरमा राति करिव १०…
नेकपा कार्यकर्तद्वारा मतदाता शिक्षा तथा प्रचार सामग्री जलाइयो
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री कब्जा गरी जलाएका छन् । नेकपा सल्यानले कात्तिक ३० गते निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता शिक्षासँग सम्बन्धित सामग्री र वाम गठबन्धनका पर्चा पम्पलेटहरू कब्जा गरी जलाएको हो । निर्वाचन खारेजीको अभियान लिएको नेकपाले आफ्ना कार्यकर्ताले…
सल्यानका ५४ मतदानस्थल अति सम्वेदनशील
सल्यान जिल्लाका ५४ ओटा मतदानस्थल अति सम्वेदनशीलको सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको भौगोलिक विकटता तथा शान्ति सुरक्षाका आधारमा ५४ ओटा मतदानस्थल अति सम्वेदनशीलको सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले बताए । यस्तै ३७ ओटा मतदानस्थल सम्वेदनशील र २० ओटा मतदानस्थल सामान्य रहेका छन् ।…
भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु, स्वास्थ्य चौकीमा औषधि अभाव
भाइरल ज्वरोका विरामीको सङ्ख्या बढदै आएको अवस्थामा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा र टाढा लैजाने बाटो बाढी पहिरोले भत्काएपछि बन्गाड कुपिण्डे नगरपालिकाका तीन जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिण्डे नपा-३ की ५० वर्षीया झुपी बस्नेत, सोही नपा-५ की २६ वर्षीया भगवती साहु र सोही नपा-६ की…
कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप, एकै दिनमा ३२ जनाको उपचार
जिल्ला कारागार सल्यानमा रहेका कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कैदी बन्दीलाई भाइरल ज्वरो देखिएपछि साउन २५ गते ३२ जनाको उपचार भएको जेलर विक्रम केसीले जानकारी दिए । जिल्ला अस्पताल सल्यानका चार जना डाक्टरसहितको टोलीले साउन २५ गते कैदी बन्दीको स्वास्थ्य जाँचपछि उपचार गरिएको जेलर केसीले बताए ।…
मानव अधिकारको अवस्थाका विषयमा आयोगद्वारा सरोकारवालासँग छलफल
राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय टोलीले जिल्लाको मानव अधिकार, सुशासन, दिगो विकास र वातावरणको अवस्थाका विषयमा साउन २४ गते सम्बन्धित सरोकारवाला निकायबिच छलफल गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेल र आयोगका अधिकृत टङ्क खनालले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा साउन २४ गते प्रहरी, प्रशासन र…
बहुविवाह गरेको कसुरमा दम्पतीलाई एक वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा एक दम्पतीलाई अदातलले एक वर्षकैद सजाय र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । ढोरचौर गाउँपालिका-५ का १९ वर्षीय कविराज नेपालीले सोही ठाउँकी २० वर्षीया सुपारी भन्ने गीता बिकसँग बहुविवाह गरेको ठहर गर्दै जिल्ला अदालत सल्यानले असार २८ गते एक वर्षकैद र प्रतिव्यक्ति ५ हजार रुपियाँ…