बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित छत्रेश्वरी गाउँपालिका–७ निवासी ५३ वर्षीय इश्वर रानालाइ प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लुहाममा पुस २६ गते दिएको उजुरीका आधारमा सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सल्यानको आयोजनामा पुस २२ गते वनगाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बिषयमा अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । कार्यक्रममा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य, कृषि र आवासको व्यवस्थापनका विषयमा नगरपालिकामा दुईपटक ध्यानाकर्षण पत्र बुझाइ सकेको भएपनि ती विषयमा सम्बन्धित नगरपालिकाले ध्यान नदिएको र…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
१५ वर्षीया बालिकालाई ०७७ पुस ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कुमाख गाउँपालिका–४ निवासी १८ वर्षीय राजु केसी विरूद्ध ०७७ पुस १३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराएका छन् । आरोपितले विभिन्न प्रलोभनमा पारेर पटक/पटक बलात्कार गरेको पीडितको आमाले इन्सेकलाई बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित शारदा नगरपालिका–४ का २२ वर्षीय शुरेस बस्नेत र सोही ठाउँका २२ वर्षीय मनोज गिरीलाइ प्रहरीले पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस ८ गते घरमै बलात्कार गरेको भन्दै विभिन्न संघ संस्थाको पहलमा पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितहरू बिरुद्ध उजुरी…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
शारदा नगरपालिकामा सरोकारवालाहरूबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २९ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यानको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार नीकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाद्य उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उप–प्रमुख तथा न्यायिक समितिका संयोजक सावित्रा…
इन्सेकद्वारा दुई ओटा विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण
इन्सेक सल्यानले शारदा नगरपालिकाको महेन्द्र रत्न मावि हिवल्चा र बनाड कुपिण्डे नगरपालिकाको प्रभाकर माविलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत मङ्सिर २८ गते बाल अधिकार चेतना समूह गठन भएको र समूहले बनाएको कार्ययोजना कार्यान्वयनको लागि प्रति विद्यालय ७…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा मङसिर २८ गते सरोकारवालाहरूबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाद्य अधिकारका विषयमा छलफल गरेका थिए । स्थानीय निमबहादुर बुढाले बजारमा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा
इन्सेक सल्यानको आयोजनामा मङ्सिर २५ गते सदरमुकाम खलंगामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले २०२० जनवरीदेखि नोभेम्बरसम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । यस अवधिमा ५६वटा घटना अभिलेख गरिएका छन् । जसमा १ सय ८७…
भ्रष्टाचार रोकथामका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
भ्रष्टाचार रोकथामका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्सिर २४ गते जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वय तथा इन्सेक, हरप्लेस र रेस नेपाल सल्यानको आयोजनामा भएको एक कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन । ‘भ्रष्टाचार बिरुद्धको सहकार्यः सुशासनका लागी अपरिहार्य’ भन्ने नाराका…
कथित बोक्सीको आरोप लगाएको कसुरमा तीन जनालाई कैद सजायको फैसला
शारदा नगरपालिका–१ श्रीनगर की ६० वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाई कैद सजायको फैसला भएको छ । न्यायाधीश कुलप्रसाद पाण्डेको मङ्सिर २१ गतेको इजलासले तीन जना महिलालाई ६ महिना कैद र ५ हजार रुपियाँ जरिवाना गरेको हो । गत भदौ ५ गते कथित बोक्सी भनेको आरोपमा प्रहरीले सोही…