द्वन्द्व पीडित भन्छन्ः न्याय नपाउँदासम्म सङ्घर्ष गरिरहन्छौँ

रुकुम (पश्चिम) का द्वन्द्व पीडितले न्याय नपाउँदासम्म सङ्घर्ष गरिरहने प्रतिबद्धता जनाएका छन् । उनीहरूले शान्ति स्थापना भएको १२ वर्षसम्म पनि न्याय र क्षतिपूर्ति नपाएको भन्दै दुःखेसोसमेत पोखेका छन् । सशस्त्र द्वन्द्व सकिएको १२ वर्ष पूरा हुँदासमेत आफ्ना समस्या र पीडामाथि सरकारले ध्यान नदिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।…

आर्थिक अवस्था कमजोर रहेका बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य

आठविसकोट नपा–९ का आर्थिक अवस्था कमजोर रहेका बालबालिका सोही ठाउँको राडीबजारमा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने गिट्टी कुट्ने काम गर्न बाध्य भएका छन् । विद्यालय जाने उमेरका बालबालिका गिट्टी कुटने काममा संलग्न हुँदा उनीहरूको पठनपाठन समेत प्रभावित भएको छ । संविधानको मौलिक हक धारा ३९ को उपधारा ४ मा…

एक हप्तादेखि विद्यालयमा तालाबन्दी पठनपाठन प्रभावित 

प्रक्रिया नपुर्‍याइकन शिक्षक तथा कर्मचारी नियुक्ति गरेको भन्दै त्रिवेणी गाउँपालिका–६ बाँठाकोटस्थित भीमकल्याण आधारभूत विद्यालयमा एक हप्तादेखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । त्रिवेणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट अनुदानबापत प्राप्त कोटामा मनोमानी ढङ्गबाट शिक्षक तथा कर्मचारी भर्ना गरेको भन्दै अभिभावकले भदौ १९ गतेदेखि तालाबन्दी गरेका हुन् । एक…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-२ का १९ वर्षीय केशव बस्नेतलाई भदौ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार गरेको र नक्कली पेस्तोल देखाएर धम्की दिएको भन्दै पीडित पक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय चौरजहारीमा उजुरी दिएका थिए…

हसिया प्रहार गरेर भाइ र छोराको हत्या, दुई छोरा घाइते

मुसीकोट नगरपालिका–१४ लोरीवाङका ३६ वर्षीय शङ्कर विष्टले हसियाले काटेर आफ्नै छोरा र भाइको हत्या गरेका छन् । आरोपितले ६ वर्षीय कान्छो छोरा सुदर्शन विष्ट र हातगोडा नचल्ने अपाङ्गता भएका १७ वर्षीय भाइ गोकर्ण विष्टलाई साउन ३० गते बिहान हसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हसिया प्रहारबाट १३…