नगरपालिका कार्यालय परिसरमा एक जना महिलालाई प्रहरीद्वारा कुटपिट

आठबिसकोट नगरपालिका–९ राडीकी २१ वर्षीया नेहा विष्टलाई आठबिसकोट नगर प्रहरी र नेपाल प्रहरीले जेठ १ गते कुटपिट गरेको घटना असार २३ गते सार्वजनिक भएको छ । महिलालाई नगर प्रहरी र नेपाल प्रहरीले निर्घात कुटिरहेको भिडियो असार २३ गते सामाजिक सञ्जालमा आएपछि घटना सार्वजनिक भएको हो । पीडित महिलाले आफू जाजरकोटबाट…

बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित ६ वर्षीया बालिकाको उपचार तथा कानुनी प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ । ०७७ असार १९ गते १६ वर्षीय बालकद्वारा बलात्कारको घटनामा पीडित बालिकाका अभिभावकले आर्थिक अवस्था कमजोर भएकोले न्यायको लागि सदरमुकाम आउन जान र खान बस्नको लागि समेत समस्या परेको बताएपछि असार २१…

सोती घटनाका २३ जना आरोपित पुर्पक्षका लागि कारागार चलान

चौरजहारी नगरपालिका– ८ सोतीमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपितमध्य २३ जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश भएको छ । रुकुम जिल्ला अदालतका जिल्ला न्यायधीश बिद्याराज पौडेलको एकल इजलालसले चौरजहारी नगरपालिका– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित २३ जनालाई ०७७ असार १० गते पुर्पक्षका…

चौरजहारी घटनाको तथ्य सङ्कलन गर्न अधिकारकर्मीको टोली घटनास्थल प्रस्थान

चौरजहारी नपा-८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली जेठ १३ गते घटनास्थलतर्फ प्रस्थान गरेको छ । जाजरकोट जिल्ला भेरी नपा-४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी…

कारागारमा खानेपानी समस्या, कैदीबन्दीलाई शौचालय प्रयोग र नुहाउन असहज

जिल्ला कारागार रुकुम पश्चिममा खानेपानीको समस्या हुँदा कैदीबन्दीलाई शौचालय प्रयोग र नुहाउन समस्या भएको छ । कारागारमा एउटा मात्रै धारा भएको र हाल उक्त कारागारमा १ सय २० जना कैदीबन्दी रहेकाले पानी नपुग्ने गरेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा रहेको त्यस धारामा साँझ र बिहान एक/एक घण्टा मात्र पानी…

बलात्कार घटनामा बयान बदलेको भन्दै निवेदकलाई ५ हजार रुपियाँ जरिबाना

१४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएकाे एक घटनामा निवेदकले बयान बदलेको भन्दै जिल्ला अदालत (रुकुम पश्चिम) ले निवेदकलाई ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश विद्याराज पौडेलको इजलासले फागुन १५ गते उक्त फैसला सुनाउनु भएको हो । सुर्खेतको बराहताल गाउँपालिका–७ का २० वर्षीय सागर बुच्चा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

रुकुम पश्चिमकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७६ माघ २२ गते प्रहरीले दुई जना छेडागाड नगरपालिका–११ जाजरकोटका २२ वर्षीय मोहन रावत र नलगाड नगरपालिका–८ जाजरकोटका ३० वर्षीय निखिल भनिने वीरेन्द्र परियारलाई रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३ खदीबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । खाद्य संस्थानको चामल गाउँमा पुर्‍याउने ठेक्काको काम…

कुटपिट घटनाका आरोपित गिरफ्तार

मुसीकोट नगरपालिका–४ रुकुम पश्चिमकी ५० वर्षीया मङ्गली गिरीलाई माघ २२ गते खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा मुसिकोट नगरपालिका–११ रुकुम पश्चिमका ३९ वर्षीय ज्वाइँ नवराज पुनलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । ससुरालीमै गएर सासूलाई खुर्पा प्रहार गरी कुटपिट गरेको भन्दै प्रहरीले आरोपितलाई माघ २३ गते ससुरालीबाटै गिरफ्तार गरेको प्रहरीले…

बलात्कार प्रयास गरेको कसुरमा साढे तीन वर्ष कैद सजायको फैसला

५५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको कसुरमा सानीभेरी गाउँपालिका –६ का २७ वर्षीय प्रकाश पुन मगरलाई रुकुम जिल्ला अदालतले साढे तीन वर्ष कैद सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ । न्यायाधीश विद्याराज पौडेलको इजलासले माघ २२ गते उक्त सजाय सुनाएको हो । पुनलाई साढे तीनवर्ष कैद…

बलात्कार प्रयासको घटनामा बयान बदलेको आरोपमा पाँच हजार रुपियाँ जरिबाना

१८ वर्षीया किशोरीले बलात्कार प्रयास भएको भन्दै प्रहरीमार्फत अदालत पु¥याएको एक घटनामा बयान बदलेको आरोपमा जिल्ला अदालत रुकुम (पश्चिम) ले निवेदक उपर पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले माघ १६ गते उक्त फैसला सुनाएको हो । अदालतले बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थायी…