यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरजहारी नपा-२ का १९ वर्षीय केशव बस्नेतलाई भदौ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार गरेको र नक्कली पेस्तोल देखाएर धम्की दिएको भन्दै पीडित पक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय चौरजहारीमा उजुरी दिएका थिए…

हसिया प्रहार गरेर भाइ र छोराको हत्या, दुई छोरा घाइते

मुसीकोट नगरपालिका–१४ लोरीवाङका ३६ वर्षीय शङ्कर विष्टले हसियाले काटेर आफ्नै छोरा र भाइको हत्या गरेका छन् । आरोपितले ६ वर्षीय कान्छो छोरा सुदर्शन विष्ट र हातगोडा नचल्ने अपाङ्गता भएका १७ वर्षीय भाइ गोकर्ण विष्टलाई साउन ३० गते बिहान हसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हसिया प्रहारबाट १३…