दुई महिनादेखि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

मुगुम कार्मारोङ गाउँपालिका–४ किम्री स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी दुई महिनादेखि नहुँदा किम्री गाउँका सेवाग्राही सेवाबाट बञ्चित भएका छन् । मुगुम कार्मारोङ गाउँपालिका–४ किम्री गाउँको स्वास्थ्य चौकीमा कार्यरत अहेव जीतबहादुर मल्ल, अनमी कलावति बुढा, ०७६ पुस २ गतेदेखि स्वास्थ्य चौकीमा अनुपस्थित भएकाले किम्री गाउँका सेवाग्राही स्वास्थ्य सेवाबाट बञ्चित हुनु पुगेका हुन…

February 11, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा वन कार्यालयका कर्मचारीलाई कुटपिट

वन डिभिजन कार्यालय मुगुका सहायक वन अधिकृत ३६ वर्षीय सागर बस्याल, सोही कार्यालयका सहायक वन अधिकृत ३४ वर्षीय दिनेश रामदाम र वन रक्षक २७ वर्षीय दिपेश कुमार मल्ललाई प्रतिबन्धित नेकपा विप्लव समूहका कार्यकर्ताले माघ १५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । छाँयानाथ रारा नपा—१४ बामा गाँउका दुई…

January 30, 2020  
एक महिनादेखि सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुको अभाव

पटक पटक परेको भारी हिमपातका कारण नाग्म–गमगढी सडक एक महिनादेखि अवरुद्व हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । मङ्सिर २८ र पुस १७ गते परेको भारी हिमपातका कारण परेको बाक्लो हिमपातले सदरमुकाम गमगढी जोड्ने नाग्म–गमगढी सडक खण्ड अन्तर्गत जुम्ला र मुगुको सिमानमा पर्ने घुच्चीलेखमा हिमपातले सडक अवरुद्व हुँदा…

January 29, 2020  
दिनभरको ज्याला २ सय १० रुपियाँ, महिला र पुरुषमा ज्यालामा विभेद !

छायाँनाथ रारा नगरपालीका—५ की ५० बर्षिया सन्चौरा बिकले गाउँ नजिकको विद्यालय भवनका लागि चाहिने गिट्टी कुट्ने काम पाउनुभएको छ । दिनभर गिट्टी कुटे बापत प्रतिदिन २ सय १० रुपियाँ कमाउनुहुन्छ । उहाँ दिनमा ३० केजीको चामल हाल्ने बोराको तीन बोरा गिट्टी तयार पार्नुहुन्छ । सन्चौर जस्तै सोही वडाका अन्य महिलाहरु…

January 14, 2020  
न्यायिक समितिबाट समयमै न्याय नपाएको गुनासो

जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समितिमा पीडितले दर्ता गराएका उजुरीको छिनोफानो समयमै नहुँदा समस्या भएको पीडितहरूले गुनासो गरेका छन् । छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाका न्यायिक समितिबाट समयमै उजुरीको सुनुवाई नभएको भन्दै पीडितहरूको गुनासो रहेको छ । खत्याड गाउँपालिका–६ का ३५ वर्षीय प्रेम रावलले जग्गा…

January 13, 2020  
सञ्चार सेवा अवरूद्ध हुँदा सुत्केरी महिलाको ज्यान गयो

हिमपातले पाँच दिन देखि सञ्चार सेवा अवरूद्ध भएपछि समयमै एम्बुलेन्सलाई खबर गर्न नसक्दा सुत्केरी महिलाको मृत्यु भएको छ । पुस २३ गते बिहान ३ बजे सुत्केरी हुनुभएकी छायाँनाथ रारा नपा–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकलाई सञ्चार सेवा अवरूद्ध हुँदा समयमै अस्पताल पुर्‍याउन नसकेपछि मृत्यु भएको हो । घरमै सुत्केरी…

January 9, 2020  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते मुगुको सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०१९ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरिएका २९ ओटा घटनाको समीक्षा गरिएको थियो । इन्सेक मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालले जिल्लामा…

December 21, 2019  
कार्यालय सहयोगीको भरमा चार वर्षदेखि इलाका प्रशासन कार्यालय

सोरु गाउँपालिकाको सोरुकोटमा रहेको इलाका प्रशासन कार्यालय चार वर्ष देखि दुई जना कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ । कर्मचारी नहुँदा इलाका प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकता, राहदानी, नाबालक प्रमाणितलगायतका सेवा लिन स्थानीयलाई समस्या रहेको छ । ०६४ असारमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा एक जना अधिकृत सहित अन्य ६…

December 10, 2019  
नगरप्रमुखलाई लक्षित गरेर बम विष्फोट

छायाँनाथ रारा नगरपालिकाका प्रमुखलाई लक्षित गरेर उहाँको घर अगाडि अज्ञात पक्षले बम विष्फोट गराएको छ । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही बस्नुहुने घर अगाडि अज्ञात पक्षले मङ्सिर १५ गते बेलुकी ९ बजे बम विष्फोट गराएको छायाँनाथ रारा नगरपालिकाले मङ्सिर १६ गते जारी गरेको विज्ञप्तिमार्फत जनाएको छ । विष्फोटले मानवीय…

December 5, 2019  
शिक्षक अनुपस्थित हुँदा पढाइ अनियमित

सोरु गाउँपालिका—६ जिमा गाउँमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षक समयमा उपस्थित नहुँदा पठनपाठनमा बाधा हुने गरेको विद्यार्थीहरूले बताएका छन् । कक्षा पाँचसम्म पठनपाठन हुने विद्यालयमा आफुहरू समयमै विद्यालय पुगेपनि शिक्षकहरू भने बिहान ११ बजेसम्म पनि नपुग्ने गर्दा हरेक दिन एक दुई पिरियड छुट्ने गरेको विद्यार्थीहरूको भनाई छ ।…

December 2, 2019