प्रतिबन्धित नेकपाको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले आठबीस नपा–८ तिलेपाटाका ३३ वर्षीय नगेन्द्रबहादुर सिजापतीलाई पुस १७ गते राकमबाट गिरफ्तार गरेको छ । शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सुचनाका आधारमा सिजापतीलाई गिरफ्तारपछि हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।…

January 4, 2020  
आत्महत्याका लागि दुरुत्साहन गरेको कसुरमा १० महिना कैद फैसला

६५ वर्षीया सासु खगिसरा सुनारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा नौमूले गाउँपालिका–५ नौलाथरकी २९ वर्षीया मनसरा सुनारलाई जिल्ला अदालत, दैलेखले १० महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको पुस १८ गतेको इजलासबाट सो फैसला भएको दैलेख जिल्ला अदालतका सुचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो । सासु–बुहारीको सामान्य…

January 4, 2020  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद फैसला

२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा आठबीस नपा–५ तिलेपाटाका २२ वर्षीय आदर्श शाहीलाई जिल्ला अदालत, दैलेखले पुस १५ गते सात वर्ष कैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सो फैसला गरेको अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो । पीडित…

January 2, 2020  
विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका–६ लामामेलाका ३२ वर्षीय प्रदीप विकलाई पुस १६ गते घरबाटै गिरफ्तार गरेको छ । शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने जानकारीका आधारमा विकलाई गिरफ्तार गरेर हिरासतमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, दैलेखका डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।…

January 2, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा अपहरित अध्यक्षको सकुशल उद्धार

नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको सुरक्षाकर्मीको टोली उद्दार गरेको छ । शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छातिमा राखेको निश्चित भएपछि प्रहरीले हवाइ फायर गरेपछि सो पार्टीका कार्यकर्ता भागेका र अध्यक्ष शाहीलाई पुस ६ गते साँझ सुरक्षाकर्मीले उद्धार गरको दैलेखका सहायक प्रमुख…

December 23, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा ठाँटीकाँध गाउँपालिका अध्यक्ष दम्पती र अध्यक्षका भाइको अपहरण, अध्यक्षको अवस्था अज्ञात

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष ५७ वर्षीय धीरबहादुर शाही र पत्नी ५४ वर्षीय पत्नी इला शाहीको अपहरण गरेको परिवारले जनाएको छ । ठाँटीकाँध गाउँपालिका–२ सेरीपाटास्थित घरबाट पुस ५ गते राति १५ जना भन्दा बढीको समूहमा हतियार सहित आएका सो पार्टीका कार्यकर्ताले गाउँपालिका अध्यक्षका ४६ वर्षीय…

December 22, 2019  
बालविवाह र बहुविवाह अधिकारका प्रमुख बाधकः न्यायाधीश लामिछाने

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले दैलेखमा बालविवाह र बहुविवाह महिला अधिकारको प्रमुख बाधक भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सन् २०१९ मा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गर्न पुस १ गते दैलेखमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व…

December 17, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई मङ्सिर २८ गते घरबाटै गिरफ्तार गरेको छ । घर नजिकैको कालीमाटी खोलामा दुव्र्यवहार गरेको भन्दै मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा परेको उजूरीको आधारममा गिरफ्तार गरेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ…

December 15, 2019  
बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाहको आरोपमा प्रहरीले नारायण नगरपालिका–१ धाउन्नेका १७ वर्षीय बालक र नारायण नगरपालिका–९ साँडू गाउँकी १७ वर्षीया बालिकालाई मङ्सिर २८ गते धाउन्नेबाट गिरफ्तार गरेको छ । उमेर नपुगी मङ्सिर २३ गते आफूखुशी विवाह गरेको भन्दै बालिकाका अभिभावकले दिएको उजूरीको आधारमा आरोपितद्वय गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डिएसपी हरिबहादुर ओलीले…

December 15, 2019  
वडा कार्यालयद्वारा बहुविवाहलाई विवाह–दर्ता !

घरदैलोमा सेवा प्रभावकारिता बढाउन स्थानीय सरकार रहेपनि कार्यान्वयन गर्ने निकायको लापरवाहीले कतिपय अवस्थामा सेवाग्राहीले सास्ती पाइरहेका छन् । महाबु गाउँपालिका–५ काँशीकाँधकी २४ वर्षीया भावना थापामगरले पनि सास्ती भोग्नुपरेको बताउनुभएको छ । ०६९ असोज ९ गते महेन्द्रबहादुर बुढासँग प्रेमविवाह गर्नुभएकी भावनाले ०७० मङ्सिर ४ गते छोरी वर्षा बुढाले जन्म दिनुभयो ।…

December 13, 2019