गरिबीले नवजात शिशु जचाउन जान नसकेको गुनासो

गरिबीका कारण जन्मजात समस्या देखिएको नवजात शिशुको स्वास्थ्य परीक्षण गर्न नसकेको पीडितले गुनासो गर्नु भएको छ । दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले फोटोको आधारमा ‘कञ्जेनाइटल डिफेक्ट’ को भन्नुभएको छ । टाउकोको पछिल्तिर दुई वटा टाउको जत्रै ‘कञ्जेनाइटल’ भाग झुण्डिएको र हेर्न आउनेको भिड गर्ने गरेकाले जन्म दिने आमा…

March 12, 2020  
श्रमिक महिला दिवसको दिन बालिका बलात्कार !

महिला तथा बालिका माथि हुने सबै प्रकारका हिंसा विरुद्ध सन्देश फैलाउन मनाउने गरिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन फागुन २५ गते दैलेख जिल्लामा दुई जना बालिका बलात्कारको घटनाबाट पीडित भएका छन् । एकै ठाउँमा मजदुरी गर्ने क्रममा १५ वर्षीया र १७ वर्षीया बालिकालाई दुई दिन अघि मात्र भेटघाट भएका एकै…

March 9, 2020  
बहुविवाहमा उजुरी गर्ने महिला माइतीको शरण लिन बाध्य !

महाबु गाउँपालिका–४ रानीवनकी २६ वर्षीया डीलाकुमारी सिजालीको २७ वर्षीय पति छविलाल बलामीसँग विवाह चार वर्ष अघि भएको थियो । उनका पतिले महाबु गाउँपालिका–३ सुवाकोटकी २१ वर्षीया रबि बुचामगरसँग ०७३ फागुन १८ गते बहुविवाह गरे । डिलाले १२ दिनपछि फागुन ३० गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिनुभयो । प्रहरीले छविलाललाई…

March 8, 2020  
मानव अधिकार समूहद्वारा शव परीक्षण निशुल्क गर्न अनुरोध

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहले दैलेख जिल्ला अस्पतालले लिने गरेको शव परीक्षण अर्थात पोष्टमार्टम कार्य शुल्क सबै सेवाग्राहीहरुका लागि निशुल्क गराउन सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ । समूहका संयोजक रेखा थापाको नेतृत्वमा गएको समूहले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, सहायक प्रमुख…

March 6, 2020  
पत्नीलाई हत्या गरेको घटनामा २० वर्ष कैदको फैसला

२३ वर्षीया पत्नी रत्ना रावतलाई हत्या गरेको घटनामा सुर्खेतको लेकबेसी नपा–८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई दैलेख जिल्ला अदालतले २० वर्ष कैद र एक लाख रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट फागुन २२ गते उक्त फैसला भएको अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो…

March 6, 2020  
पत्रकार डेकेन्द्र थापा प्रकरण– मुख्य आरोपितमध्ये एक गिरफ्तार परेपछि मुद्दा जाग्यो

पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपित चार जना मध्ये एक दुल्लू नपा–६ छिउडीपुसाकोटका ३९ वर्षीय अरुण भन्ने बमबहादुर खड्का गिरफ्तार परेपछि कर्तव्य ज्यान सम्वन्धी मुद्दा मुल्तवीबाट जागेको छ । हत्याका मुख्य आरोपित गिरफ्तार परेको समयमा मुद्दा जगाउन सकिने दैलेख जिल्ला अदालतको अघिल्लो फैसला अनुसार फागुन २० गते हालसम्म गिरफ्तार नपरेका…

March 4, 2020  
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा १८ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले नौ वर्ष कैद र पीडितलाई ३५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले फागुन २० गते उक्त फैसला सुनाएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो । घटनामा संलग्न भनिएका…

March 3, 2020  
महिला कैदीबन्दीमा बढी मानसिक समस्या

पुरुष कैदीबन्दीको तुलनामा दैलेख कारागारका महिला कैदीबन्दीले बढी मानसिक समस्या भोगिरहेको नेपाल प्रहरी अस्पताल काठमाण्डौंका चिकित्सक मनोरोग विशेषज्ञ डा.आशिष दत्तको टोलीले जानकारी दिनु भएको छ । मनोरोग विशेषज्ञ डा. दत्तको टोलीले दैलेख कारागारमा फागुन १० गतेदेखि गरेको तीन दिनको अनुसन्धानबाट उक्त समस्या पत्ता लगाएको हो । पुरुषको तुलनामा महिला कैदीबन्दीमा…

February 25, 2020  
बलात्कार घटनाका आरोपितलाई प्रहरीद्वारा गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित चामुण्डाबिन्द्रासैनी नपा–१ चापागाउँका २४ वर्षीय पदमबहादुर तामाङ्गलाई प्रहरीले फागुन ७ गते घरबाट गिरफ्तार गरेको छ । महिनावारी भएको बेला सुत्ने गरेको बाख्राको खोर माथि बनाइएको छाउगोठमा एक्लै सुतिरहेको बेला फागुन ६ गते राति ती बालिकालाई आरोपितले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।…

February 19, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिका बलात्कार घटनाका आरोपित दुल्लू नपा–१३ मालिकाका २० वर्षीय तेजबहादुर रावतलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ जेठ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी…

February 11, 2020