छाउपडी प्रथा र दैलेख घटनाका विरुद्ध प्रहरीमा उजुरी

महिनावारी भएको बेला छाउगोठमा बस्न बाध्य पार्ने परम्पराकै कारण छाउगोठमा सर्पले टोकेको र उपचारमा पर्याप्त प्रयत्न नगरेको कारण दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८ वर्षीया तुलसी शाहीको ज्यान गएको भन्दै परिवारका सदस्यहरूलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि अमरबहादुर…

July 24, 2017  
नवजात शिशु हत्या गरेको कसुरमा सर्वस्व सहित जन्मकैदको फैसला

आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको कसुरमा दैलेखको नौमूले गाउँपालिका-४, नौमूलेकी २९ वर्षीया खगी मगरलाई दैलेख जिल्ला अदालतले साउन ३ गते सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । ०७४ जेठ ८ गते जन्मेको छोरालाई हत्या गरी जङ्गलमा गाडेको पुष्टी भएपछि आरोपित खगी मगरको नाममा रहको सम्पति सरकारी हुने र आजीवन…

July 18, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार बलात्कार गरेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका-५ पाचलाबाका ४२ वर्षीय देउरामे रोकायलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन ठाँटीकाँध प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले…

July 13, 2017  
सर्पले टोकेर छाउगोठमा बसेकी युवतीको मृत्यू

महिनावारीको समयमा सुत्ने छाउगोठमा बसेको बेला दैलेखमा सर्पले टोकेर एक युवतीको मृत्यू भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८ वषर्ीया तुलसी शाहीको मृत्यू भएको पूर्वसभासद् जग्गेबहादुर शाहीले जानकारी दिए । असार २२ गते दिउँसो मामा जगत गिरीको रोपाईंबाट फर्किर्एर हाडे टोलस्थित उनकै घर नजिक छाउगोठमा अरु किशोरी साथीहरूसँगै बसिरहेको…

July 8, 2017  
आफैँले दिएको उजुरी विपरीत वकपत्र गर्ने महिलालाई एक महिना कैदको फैसला

आफैँले दिएको बलात्कारसम्बन्धी मुद्दाको विपरीत अदालतमा वकपत्र गर्ने एक महिलालाई दैलेख जिल्ला अदालतले एक महिना कैदको फैसला गरेको छ । महाबु गाउँपालिका-५ का २३ वर्षीय दीपक पाण्डेले बलात्कार गरेको भनी भदौ ४ गते दैलेख अदालतमा उजुरी दिएकी ती महिलाले अदालतमा आफैँले दिएको जाहेरी विपरीत 'होष्टाइल' भएपछि अदालतले सो सजाय गरेको…

July 8, 2017  
मानव अधिकार प्रत्याभूति राज्यको दायित्व: प्रजिअ अधिकारी

दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हरेक नागरिकको सुरक्षा र मानव अधिकार प्रत्याभूति दिलाउनु राज्यको दायित्व भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । प्रमुख जिल्ला अधिकारीले…

June 19, 2017  
निगरानी समूहको पहलमा लाँकुरीमा विजुली बल्यो

लाँकुरीमा १० वर्षअघि बिजुलीको पोल गाडिएको र २ वर्षअघि समुदायले वाइरिङ गरिसक्दा पनि  विद्युतीकरण नभएकोमा मानव अधिकार निगरानी समूह (मानिस) ले बहसको विषय बनाएपछि जेठ महिनाको तेश्रो साता बिजुली बालिएको छ । तारुपरे निर्माण सेवा तथा सप्लायर्स सल्यान नामको निर्माण कम्पनीले ६ महिनामा निर्माण गर्नुपर्ने साँढे ४ किलोमिटर तार खिच्ने…

June 14, 2017  
सुशासनले जनविश्वास बढाउँछः सरोकारवाला

डेङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नगेन्द्रबहादुर मल्लले सार्वजनिक सेवालाई पारदर्शी र जबाफदेही बनाउन सके मानव अधिकार बहालीको प्रारम्भ मान्न सकिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजनाको अनुभव आदानप्रदान कार्यक्रममा जेठ २४ गते उनले भने-'सुशासन, पारदर्शिता र जबाफदेहिताले जनविश्वास बढाउन मद्दत गर्दछ ।' सो अवसरमा अध्यक्ष मल्लले…

June 7, 2017  
सबैको तत्परताले शिक्षण सिकाइ प्रभावकारी हुने जिशिअको भनाइ

दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको तत्परताले मात्र शिक्षण सिकाई प्रभावकारी हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सरस्वती मावि तर्ताङ्मा जेठ २३ गते आयोजित 'विद्यार्थी र विद्यालय सवाल' विषयक अन्तरक्रियामा उनले भने-'शिक्षकले सिकाउने, विद्यार्थीले पढ्ने र अभिभावकले उचित वातावरण बनाए मात्र…

June 6, 2017  
एमाले कार्यकर्तालाई खुकुरी प्रहार गरेको आरोपमा चार जना गिरफ्तार

दुल्लु नगरपालिका-९ पादुका छपाते नजिक एमाले कार्यकर्ता माथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको आरोपमा नेपाली सेनाका सिपाहीसहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । स्थानीय तहको निर्वाचनमा सो वडामा हारेको झोकमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले आक्रमण गरेको पीडित पक्षको आरोप छ । खुकुरी प्रहारको नेतृत्व गरेको नेपाली सेनाका सिपाही २७…

May 19, 2017