कथित बोक्सीको आरोप लगाउने युवक गिरफ्तार

कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई कथित बोक्सीको आरोप लगाएको भन्दै २० वर्षीय रामचन्द्र बोगटीलाई प्रहरीले गिरफ्तार गरेको हो । बोक्सी लगाएर २२ वर्षीया आफ्नी बहिनी बिरामी पारेको भन्दै चैत २३ गते साँझ आफ्नै घरमा…

April 7, 2018  
बयान बदलेको आरोपमा सात दिन कैद र २ हजार रूपियाँ जरिबानाको फैसला

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्‍याएको मुद्दामा त्यसो भएको होइन, गाउँघरका मानिसले मुद्दा देऊ भनेर मात्र दिएको हुँ भनी उजुरीविरूद्ध बयान बदल्ने दुई जना युवतीलाई दैलेख जिल्ला अदालतले चैत २० गते प्रति व्यक्ति सात दिन कैद र २ हजार रुपियाँका दरले जरिबानाको फैसला सुनाएको छ । गत असोज ३…

April 3, 2018  
स्वरोजगार मूलक कार्यक्रम बनाउन आग्रह

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख बालकृष्ण केसीले सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अपाङ्गता भएकाहरूका लागि आयमूलक तथा स्वरोजगारमूलक कार्यक्रमहरू बनाउन आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा न्याय, लोकतन्त्र र शान्तिको पहलमा नागरिक आवाज ललितपुरद्वारा दैलेख सदरमुकाममा चैत १२ गते आयोजित द्वन्द्वका घाइते र स्थानीय सरकारको जिम्मेवारी…

March 26, 2018  
कुटपिट घटनाका आरोपित गिरफ्तार

चामुण्डा बिन्द्रासैनी नपा-४ चिमेगाउँकी ३६ वर्षीया डम्बरकुमारी रावतलाई ४० वर्षीय पति सुर्यबहादुर रावतलाई पत्नीको गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएको आरोपमा प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । मदिराको उन्मादमा चैत ९ गते पहिले टाउको र ढाडमा कुटपिट गरी बेहोस भएकी पत्नीलाई आरोपितले प्लाष्टिक पाइप पत्नीको गुप्ताङ्गमा कोचेको आरोपमा प्रहरीले…

March 24, 2018  
बालविवाह गरेको कसुरमा एक महिना कैद र १० हजार रुपियाँ जरिबाना

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई जिल्ला अदालतले फागुन २२ गते एक महिना कैद र १० हजार रुपियाँ जरिबाना गरेको छ । पीडित बालिकालाई विवाह गराउन फकाएको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई प्रति व्यक्ति एक/एक हजार रुपियाँ जरिबाना गरिएको…

March 6, 2018  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित डुङ्गेश्वर गाउँपालिका-१ बेलपाटाका २१ वर्षीय जगतबहादुर थापामगर र महाबु गाउँपालिका-२ गैडावाजकी १९ वर्षीया नन्दा थापा मगरलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । उनीहरूले बहुविवाह गरेको भन्दै जगतबहादुरकी जेठी पत्नी टीका गुरुङले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा गिरफ्तार गरिएको…

February 14, 2018  
विद्यालयमा जातीय विभेद गरेको आरोप

चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा विद्यालयमा दलितले पकाएको दिवा खाजा खाँदैनौँ भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । 'दलितले पकाएको खाए दाँत र्झछन्' भनी घरमा अभिभावकले भनेका कारण ती बालबालिकाले खाजा खान मानेका छैनन् । माघ २५ गते दिउँसो १२ बजे खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित…

February 8, 2018  
कथित दलित भएर गैरदलित बसेको गुन्द्री छोएको आरोपमा कुटपिट

महाबु गाउँपालिका-२ डुङ्ग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई सोही ठाउँका ४७ वर्षीय भीमबहादुर रोकाय र सोही गाउँपालिका-१ खरिगैराका भीमबहादुरका २६ वर्षीय ज्वाँर्इ नगेन्द्र खत्रीले जातीय विभेद गर्दै कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । माघ १५ गते दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा भीमबहादुरसमेत चार जना बसेको…

January 31, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका फरार आरोपित दुल्लू नपा-१० गमौडीका २४ वर्षीय बिनोद भन्ने बिष्णु शाहीलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ । गिरफ्तार पश्चात प्रहरीले दैलेख जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितलाई अदालतले पुर्पक्षका लागि माघ ७ गते नै कारागार चलान गरेको छ । पीडित युवतीलाई आरोपितले ०७४…

January 21, 2018  
लक्षितवर्गका कार्यक्रम प्रभावकारी बनाइने

डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवालीले सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसार लक्षित वर्गका कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दैलेखको डुङ्गेश्वर बजारमा पुस २९ गते भएको सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् । वडा र बस्ती स्तरका योजना…

January 14, 2018