बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्लाको महाबै गाउँपालिका-३ डिल्लीकोटका ३४ वर्षीय यादबहादुर सिंह, २२ वर्षीय रीतराज सिंह र २० वर्षीय रजबहादुर सिंहलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितत्रयले असार १२ गते सामूहिक बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि…

June 28, 2018  
महिला हिंसा रोकथाम गर्न गएका अभियानकर्ता कुटिए

महिला तथा बालिकामाथि हुने हिंसा रोकथामको अभियान लिएर सचेतनाका लागि घरदैलो गर्दै हिँडेका नौमूले गाउँपालिका-४ कालिकामा गठित उत्तेसेनी सामुदायिक छलफल केन्द्रका अभियानकर्ता महिलाले कुटाई खाएका छन् । बढ्दो बालविवाह रोकथाम र घरेलु हिंसा विद्ध महिला सशक्तिकरणको विषयमा घरदैलोमै भेटघाट कार्यक्रम लिएर गएका उत्तेसेनी सामुदायिक छलफल केन्द्रका सदस्यहरू मोतीकला ढेंगा, नर्जिता…

June 11, 2018  
निमुखाहरूको मानव अधिकार प्रवर्धन गर्न स्वरोजगारमूलक कार्यक्रम र सुशासनमा जोड 

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले निमुखा गरीब विपन्नहरूको मानव अधिकार प्रवर्धन निम्ति आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा स्वरोजमूलक कार्यक्रम र सुशासन अभिबृद्धिमा जोड दिने बताएका छन् । इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत जेठ २४ गते चुप्रामा भएको सेवाग्राही र सेवाप्रदायकबिच अन्तरसम्वाद कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । स्वरोजगारमूलक कार्यक्रममध्ये…

June 8, 2018  
बाल विवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा नौमूले गाउँपालिका-१ तोलीका १९ वर्षीय भीमबहादुर मल्ललाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग आरोपितले गत चैत १८ गते विवाह गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बजीरसिंह बिष्टले बताए ।

June 3, 2018  
महिला र बालबालिकाप्रति सम्वेदनशीलता जरुरी 

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले मानव अधिकार प्रवर्धनको कार्यमा महिला तथा बालबालिकाको सवालमा सम्वेदनशील हुन आवश्यक रहेको बताएका छन् । इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत दैलेखमा जेठ १८ गते भएको अनुभव आदानप्रदान कार्यक्रममा उनले सो विचार राखेका हुन् । प्रमुख थापाले महिला र बालिकाहरुको सुरक्षा, आत्मसम्मान र सशक्तिकरणमा सरकारी तथा…

June 1, 2018  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका-१ मलुका गाउँका २४ वर्षीय शेरबहादुर चन्द र नारायण नगरपालिका-७ किमुगाउँकी १९ वर्षीया दीपा मल्ललाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । घरमा आफू हुँदाहुदै बहुविवाह गरेको भन्दै जेठी पत्नी कविता शाहीले दिएको उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी…

May 14, 2018  
इन्सेकको पहलमा पीडित महिलाले नागरिकता पाइन

बालविवाह गरेका कारण सुरूमा विवाह दर्ता समेत गराउन नपाएकी एक महिला उमेर पुगेपछि परिवारजनले असहयोग गरेर नेपाली नागरिकता लिन अन्यौल परेको अवस्थामा इन्सेकको पहलमा नेपाली नागरिकता प्राप्त गरेकी छन् । नारायण नपा-४ की रञ्जना कटुवाल १३ वर्षकी हुँदा गाउँकै मानबहादुर कटुवालसँग बावुआमाले विवाह गराइदिए । त्यसको दुई वर्षमा जन्मेको छोरा…

May 8, 2018  
बालविवाह घटनाका आरोपित गिरफ्तार

नारायण नपा-१ भगवती टोलका २२ वर्षीय चन्द्रबहादुर बिशुन्केलाई बालविवाह गरेको आरोपमा प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । १६ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए । वैशाख १९ गते भागेर विवाह गरी सुर्खेत पुगेका उनीहरूलाई…

May 7, 2018  
दैलेख कारागारमा मनोरञ्जन, पुस्तक र औषधि अभाव

दैलेख कारागारका कैदी तथा बन्दीहरूले मनोरञ्जनका लागि खेलकुद सामग्री, पुस्तकालयमा ज्ञानवर्द्धक पुस्तक र बिरामी पर्दा औषधिको अभाव रहेको बताएका छन् । कारागारको अनुगमन गर्न वैशाख ७ गते त्यहाँ पुगेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जका कार्यालयका संयोजक भोला महत र सलिना भट्टराईको टोलीसँग कैदी तथा बन्दीहरूले ती समस्या दर्साएका हुन्…

April 21, 2018  
कथित बोक्सीको आरोप लगाउने युवक गिरफ्तार

कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई कथित बोक्सीको आरोप लगाएको भन्दै २० वर्षीय रामचन्द्र बोगटीलाई प्रहरीले गिरफ्तार गरेको हो । बोक्सी लगाएर २२ वर्षीया आफ्नी बहिनी बिरामी पारेको भन्दै चैत २३ गते साँझ आफ्नै घरमा…

April 7, 2018