मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया पत्नीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठमा भारतको सिमलामा मजदुरी गर्न जाउँ भनी लगेको एक महिनामा भारतको बैङ्गलोर पुर्‍याई त्यहाँ २ लाख २० हजार भारतीय रूपियाँमा बेचेको लिखित उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…

September 11, 2018  
पिछडिएको वर्गको पैरवी आवश्यक

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले महिला र पिछडिएको वर्गको मानव अधिकार रक्षाका निम्ति पैरवी जरूरी रहेको आवश्यकता औँल्याएका छन् । मानव अधिकार निगरानी समूहका सदस्य तथा डुङ्गेश्व गाउँपालिका–१ र ६ नम्वर वडाका नवनिर्वाचित वडा सदस्यहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी अभिमूखीकरण तालिम उद्घाटन कार्यक्रममा उनले सो कुरा औँल्याएका हुन् । दैलेखका प्रमुख…

August 31, 2018  
बहुविवाहको क्रम बढ्दो !

नारायण नगरपालिका–४ सोतकी २३ वर्षीया चन्द्रा सुनारको विवाह भएको ६ वर्ष भयो, उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौ वर्षमा चाहिं जुम्ल्याह २ छोरी भए । जुम्ल्याह छोरीहरू गएको चैत्रमा १ वर्षको भएका थिए, गएको वैशाखमा पाँचौ सन्तान छोरा…

August 4, 2018  
पत्नीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा गिरफ्तार

नारायण नपा–८ तर्ताङ्गकी ३० वर्षीया इशारा खत्रीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीय पति पदमबहादुर खत्रीलाई साउन १८ गते गिरफ्तार गरेको छ । घरायसी विवाद हुँदा साउन १८ गते बिहान पत्नीको देब्रे कोखामा चक्कु प्रहार गरी घाइते बनाएको भन्दै पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

August 3, 2018  
बालविवाह गराउन उक्साएको घटनाका आरोपित प्रहरीद्वारा गिरफ्तार

बालविवाह गराउन ललाईफकाई गरेको आरोपमा प्रहरीले नारायण नपा–८ ढकानेकी ३५ वर्षीया देवीकला नेपाली र सोही ठाउँकी १९ वर्षीया दुर्गा नेपालीलाईसाउन १७ गते गिरफ्तार गरेको छ । १४ वर्षीया एक बालिकालाई र १६ वर्षीय बालकसँग विवाह गर्न उक्साई दुवै जनालाई सँगै सुत्न लगाएको विषयमा बालविवाह र जबरजस्ती करणी मुद्दा समेत चलाउने…

August 3, 2018  
विष खुवाएर हत्या गरेको आरोपमा आमा गिरफ्तार

नौ वर्षीया छोरी भावना बुढालाई विष खुवाई हत्या गरेको आरोपमा महाबु गाउँपालिका-४ काशीकाँधकी २९ वर्षीया शर्मिला बुढालाई प्रहरीले असार ३२ गते गिरफ्तार गरेको छ । असार २६ गते घरमा विष खुवाई हत्या गरेको आरोपमा आरोपितका कान्छा ससुरा मानबहादुर बुढाले जिल्ला प्रहरी कार्यालयमा असार २८ गते उजुरी दिएका थिए । उजुरीका…

July 17, 2018  
राउटेलाई फोटो सहितको परिचयपत्र

घाउचोट लागेको बेला औषधि लगाउन नमान्ने राउटेहरू अब फोटो सहितको परिचयपत्र धारी बनेका छन् । अहिले उनीहरू बस्दै आएको गुराँस गाउँपालिका-८ गर्चा गाउँको तल पातलेखोला बस्तीमै पुगेर गुराँस गाउँपालिकाले असार ३० गते फोटो सहितको परिचय बाँडेको हो । राउटेलाई परिचयपत्र दिने विषयमा गाउँपालिकाले राय मागे अनुरूप सङ्घीय मामिला तथा सामान्य…

July 16, 2018  
बैवाहिक बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

३६ वर्षीया पत्नीलाई बैवाहिक बलात्कार गरी गुप्ताङ्गमा पाइपले घोचेर यातना दिएको कसुरमा ४० वर्षीय पतिलाई जिल्ला अदालतले असार २१ गते ८ वर्षकैद र ३० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । पीडित महिलालाई आरोपितले बलात्कार गरेको र ज्यानमार्ने उद्योगको मुद्दामा सो सजाय भएको अदालतका प्रवक्ता नासु विनोद आचार्यले जानकारी…

July 6, 2018  
यौन दुर्व्यवहार घटनाका आरापित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

June 30, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्लाको महाबै गाउँपालिका-३ डिल्लीकोटका ३४ वर्षीय यादबहादुर सिंह, २२ वर्षीय रीतराज सिंह र २० वर्षीय रजबहादुर सिंहलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितत्रयले असार १२ गते सामूहिक बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि…

June 28, 2018