गाउँपालिका अध्यक्षविरूद्ध घरेलु हिंसा मुद्दा दर्ता

नौमूले गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उनकी पत्नी ४२ वर्षीया दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा पुस २६ गते घरेलु हिंसा मुद्दा दर्ता गराएकी छिन् । नौमूले गाउँपालिका-३ द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरले पुस ११ गते कुटपिट गरेको…

January 11, 2019  
धर्मकर्म र इलममा दैलेख कारागारका कैदीबन्दी !

काँडेतारले घेरिएको ३ हजार वर्गमीटर क्षेत्रफल ओगटेको सुरक्षा घेराभित्रको दैलेख कारागार जिल्ला सदरमुकामको वाइरोडको बाटो छेउमा छ । जिल्ला प्रशासन कार्यालय र कारागारबीचको मूल सडक हुँदै दिनहुँ सयौँ यातायातका साधनहरू ओहोरदोहोर गर्छन् । यात्रुहरू सबैजसोले कारागार भवन देख्छन् । यो नयाँ कारागार भवनमा ०७१ कात्तिकबाट मात्रै कैदीबन्दी बस्ने व्यवस्था मिलाइएको…

January 6, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता 

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भैरबी गाउँपालिका–५ डाँगरगाउँका २२ वर्षीय बीरेन्द्र शाहीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २० गते उजुरी दर्ता गरेका छन् । गाउँका व्यक्तिले मेलमिलाप गराउन गरेको आग्रह आफूहरूले अस्वीकार गरेपछि आरोपित फरार भएका पीडित पक्षको भनाई छ । पीडित बालिकालाई आरोपितले पुस १९ गते बलात्कार…

January 5, 2019  
मानव अधिकार प्रत्याभूतिमा तत्परता रहेको दावी

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जनजीविका र मानव अधिकारको प्रत्याभूति गराउन गाउँपालिका तत्पर रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा डुङ्गेश्वर बजारमा पुस १७ गते गरिएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवालको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सो धारणा राखेका हुन् । अध्यक्ष मल्लले डुङ्गेश्वर गाउँपालिकाले बालबालिकाको…

January 2, 2019  
प्रादेशिक र स्थानीय तह सञ्चालनसम्बन्धी नियमावलीमा ध्यान दिनुपर्ने-डा. अधिकारी

संविधानविद डा. विपीन अधिकारीले स्थानीय तहलाई कार्यपालिका र कानुन बनाउन व्यवस्थापकीय दोहोरो अधिकार दिनु कमजोरी भएको बताएका छन् । 'संविधान बनाउँदा अभ्यास यति जटिलता आउला भन्ने लागेको थिएन, काम गर्दा अन्यौल देखिएको छ । यसको समाधान खोज्नुपर्छ ।'-उनले भने । काठमाडौ विश्वविद्यालय कलेज अफ लको आयोजना र अनौपचारिक क्षेत्र सेवा…

December 24, 2018  
छाउप्रथा सामाजिक मान्यताका नाममा गाँजिएको कुरीति-अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले छाउप्रथा सामाजिक मान्यताका नाममा गाँजिएको कुरिति भएको बताएकी छन् । आयोगद्वारा पुस ५ गते दैलेखमा आयोजित छाउपडी प्रथासम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रममा प्रवक्ता अन्सारीले कुरीति हटाउन सामाजिक मनोविज्ञान बदल्नुपर्ने धारणा राखिन् । उनले राजनीतिक दललाई महिला हिंसा रोकथामका लागि जुट्न आग्रह गरिन्…

December 21, 2018  
विद्यालयमै बालक मृत फेला

सदरमुकाम दैलेख बजारको सनराइज स्कूलमा यूकेजीमा अध्ययनरत एक बालक मृत अवस्थामा फेला परेका छन् । पुस ३ गते दिउँसो विद्यालय हाताभित्रै हराएका ६ वर्षीय बालक हिम्मत शाहीको खोजी गर्ने क्रममा पुस ४ गते विहान विद्यालयको पानी ट्याङ्कीमा मृत भेटिएको प्रहरीले जनाएको छ । ठाँटीकाँध गाउँपालिका-३ बिसला घर भई बच्चा पढाउनकै…

December 19, 2018  
आत्मनिर्भरताले बढायो आत्मसम्मान !

‘रूपले रूवाउँछ, सीपले खुवाउँछ’ यो उखान नौमूले बजारमा सिलाई कटाई पेसा गर्दै आएकी ३१ वर्षीया पबी गुरूङ्गको जीवनमा चरितार्थ भएको छ । ‘१६ वर्षकी छँदा ०६० सालमा गाउँकै सन्तबहादुर लामिछानेसँग विवाह भयो । ०६७ मा उनले छोडे । तर सिलाईकटाईको सीपले साथ दिएको छ ।’–गुरूङले भनिन्–‘सन्तबहादुर गाउँकै इष्टमित्रका छोरा थिए…

December 18, 2018  
आत्महत्या गर्न गएको छोराद्वारा आमाको हत्या !

आत्महत्या गर्न खोजेको छोरालाई जोगाउन जाँदा उनै छोराबाट नारायण नगरपालिका–३ भूर्तीकी ४७ वर्षीया पार्वती नेपालीको हत्या भएको छ । उनका कान्छो छोरा २६ वर्षीय बालाराम नेपालीले कोदालोले प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । नाम्लोले पासो लगाउँछु भन्दै हिँडेका बालारामलाई त्यसो नगर्न रोइकराई गरिरहेकी आमालाई लखेटेपछि भागेर घर…

December 17, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१० राजाकाँधका २४ वर्षीय जीवन बस्नेतलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले गरेको उजुरीका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । सदरमुकामा पढ्न बस्दै गरेकी ती बालिकालाई आरोपित थापाले पटकपटक विवाहको…

December 16, 2018