यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार भएका १४ वर्षीय एक बालकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद तोकेर सजाय स्थगन गरेको छ । न्यायाधीश दण्डपाणी लामिछानेको मङ्सिर २४ गतेको इजलासले बालिकालाई १० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने र ६ महिना बालसुधार गृहमा राख्नपर्ने भनी सजाय सुनाएको जिल्ला अदालत, दैलेखका…
जनप्रतिनिधिदेखि अधिकारकर्मी नै छाउ बार्छन् !
ठाँटीकाँध गाउँपालिका–२ की वडासदस्य बसुन्धरा शाही महिनावारी भएको तीन दिन भयो । शाही महिनावारी भएको पाँच दिन पुगेपछि मात्र घरभित्र जाने गर्नुहुन्छ । यसपटक पनि त्यही गर्ने उहाँले बताउनुभयो । महिनावारी भएको समयमा उहाँ बाख्रा खोरका माथि बनाइएको कटेरोमा सुत्ने गर्नुभएको छ । महिनावारी भएको बेला पाँच दिनसम्म घर बाहिर…
घर नभएकाहरूलाई घर, स्वबासीलाई जग्गा !
नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले घर नभएकालाई घर र उपभोग गरिरहेर पनि जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई जग्गाधनी प्रमाणपत्र दिलाउन पहल भइरहेको बताउनुभएको छ । ‘खरको छाना भएकाहरूलाई टिन लगाइदिने बजेट व्यवस्था गरेका छौँ ।’–उपप्रमुख मल्लले भन्नुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखमा मङ्सिर १५ गते आयोजना…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका–६ लकान्द्रका २४ वर्षीय हिमाल थापालाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १ गते ठाँटीकाँध गाउँपालिका–६ मिलनचौक नजिकको जङ्गलमा मङ्सिर १ गते यौन दुर्व्यवहारगरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, दैलखका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुल्लु नगरपालिका–८ पौवाका ३५ वर्षीय बीरबहादुर बिकलाई कात्तिक २९ गते घरबाटै गिरफ्तार गरेको छ । कात्तिक १२ गते दुई जना नाबालक छोराहरूसँगै घरमै सुतेकी ती महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडितले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका…
न्यायिक समितिको छलफलपछि नगरपालिका परिसरमा नै कुटपिट
गाउँघर वा छरछिमेकमा भएका विवादहरूको निरुपण गर्न नेपालको संविधानले नै स्थानीय सरकारलाई कानुनी अधिकार दिएको छ । यही अधिकारको प्रयोग गर्दै दुल्लू नगरपालिकामा परेको उजुरीका विषयमा छलफल भइरहेको बेला कात्तिक २२ गते कुटपिट भएको छ । गएको साउन २६ गते घर बनाउने कामका लागि ट्याङ्करमा पानी खन्याई सकेर रोकिएको गाडी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुल्लू नपा–१० गमौडीका ४० वर्षीय अशोक शाहीलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १५ गते बिहान जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर…
इन्सेकद्वारा प्रहरी हिरासतको अनुगमनः वयष्कसँगै बालक हिरासतमा
जिल्ला प्रहरी कार्यालय, दैलेखको हिरासतमा रहेका सार्वजनिक अपराध मुद्दाका आरोपितलाई यातना दिइएको विषयमा इन्सेकको अगुवाईमा मानव अधिकार रक्षकहरूको टोलीले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख र मुद्दा शाखा प्रमुखलाई भेट गरी ध्यानाकर्षण गराएको छ । दैलेख महोत्सवको सुरक्षार्थ खटिएका प्रहरीमाथि कात्तिक ३ गते कुटपिट भएको भनिएको घटनामा सार्वजनिक अपराध…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई कात्तिक ६ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते सोही ठाउँको ढलेबाँझ जङ्गलमा बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित…
कर्मचारीको लापरवाहीले ज्येष्ठ नागरिकले भत्ता पाएनन्
कर्मचारीको लापरवाहीका नारायण नगरपालिकाका करिब २ हजार २ सय जना ज्येष्ठ नागरिक र एकल महिला सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । पहिलेदेखि सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरूको विवरण तथ्याङ्क अद्यावधिक गर्न छुटाएका कारण भत्ता रोकिएको सेवाग्राहीले आरोप लगाएका छन् । नारायण नपा-१ का ७२ वर्षीय चन्द्रबहादुर सुनारले दशैँ अघि…