निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा लागेको भन्दै जिल्लाका पाँच जना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २४ गते उजुरी परेको छ । नेकपा एमाले समर्थक नेपाल शिक्षक सङ्गठनमा आबद्ध बलभद्र प्राविका शिक्षक केशव थापा, सोही विद्यालयका शिक्षक चन्द्र बुढा, ज्योती प्राविका शिक्षक गङ्गाबहादुर बुढा, त्रिपुरा माविका प्रद्यानाध्यापक कृष्णबहादुर बोहोरा र…

May 9, 2017  
निर्वाचन प्रचारप्रसारका क्रममा झडप सात जना घाइते

मुड्केचुला गाउँपालिका-२ को कालिका गाउँमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २५ गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका पाँच जना र एमालेका दुई जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काका अनुसार घटनास्थलमा तत्काल सुरक्षाकर्मी परिचालन गरिएको छ । सदरमुकामबाट…

May 8, 2017  
काङ्ग्रेस उम्मेदवार 'कब्जा'को प्रयास हुँदा एमाले काङ्ग्रेस कार्यकर्ताबिच झडप

नेकपा एमाले डोल्पाका सांसद धनबहादुर बुढाको निर्देशनमा काईके गाउँपालिकाका नेपाली काङ्ग्रेसका वडा अध्यक्ष र वडा सदस्यलाई 'कब्जा'मा लिन खाजेको आरोपमा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको छ । सांसद धनबहादुर बुढाको आधार इलाका मानिने काइके गाउँपालिका-६ शहरतारामा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष र सदस्यमा उम्मेदवारको टिकट पाएका ४० वर्षीय भिमबहादुर…

April 30, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१ का ३९ वर्षीय आनन्द रावल र ठूलीभेरी नपा-५ की २८ वर्षीया शान्ति शाहीलाई चैत २९ गते गिरफ्तार गरेको छ । आनन्द रावलकी जेठी पत्नी ३७ वर्षीया पबित्रा रावलले आफू घरमा हुँदाहुँदै आरोपितद्वयले चैत २ गते ठूलीभेरी नपा-५ की शान्ति शाहीसँग नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा अर्को…

April 12, 2017  
स्थानीयबासीले बालविवाह बदर गराए

१५ वर्षीया एक बालिकालाई अभिभावकले जबरजस्ती गराएको विवाह स्थानीयबासिन्दाले चैत १४ गते बदर गराएका छन् । आफूलाई जबरजस्ती विवाह गराएको भन्दै बालिकाले भेरी नदीमा हामफालेर आत्महत्याको प्रयास गरेपछि स्थानीयबासीले उनको विवाह बदर गरेका हुन । पीडित बालिकाका अभिभावकले त्रिपुरा सुन्दरी नपा-७ का २५ वर्षीय केशव नेपालीसँग चैत १० गते बालविवाह…

March 28, 2017  
मानव अधिकार आयोगद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले फागुन ४ गते जिल्ला कारागारलगायत जिल्लास्थित सरकारी कार्यालयको अनुगमन गरी कार्यालयबाट प्रवाह हुने सेवा मानव अधिकारमैत्री भए नभएको विषयमा जानकारी लिएको छ । आयोगको टोलीले अनुगमनका क्रममा सरकारले तयार पारेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लागि सरकारी निकायलाई निर्देशन दिएको जनाएको…

February 15, 2017  
आयोगमा दर्ता भएका उजुरी सम्बन्धमा अनुसन्धान सुरु

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएका उजुरीका सम्बन्धमा आयोग क्षेत्रीय कार्यालय नेपालगन्जले अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगको मानव अधिकार अनुगमन टोलीले माघ २८ गते डोल्पा जिल्लामा पुगेर अनुसन्धान सुरु गरेको जनाएको हो । आयोगका मानव अधिकार अधिकृत…

February 11, 2017  
ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड

ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्ने जिल्ला अदालत डोल्पाका न्यायाधीश सनत लवटले डोल्पामा आयोजित एक कार्यक्रममा जोड दिएका छन् । इन्सेक डोल्पाद्वारा मङ्सिर २५ गते दुनैमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रममा न्यायाधीश लवटले उक्त कुरामा जोड दिएका हुन । भौगोलिक विकटता र अज्ञानताका साथै फितलो प्रशासनका कारण डोल्पामा मानव…

December 11, 2016  
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

त्रिपुराकोट गाविस-३ की ३२ वर्षीया सरिता कुलाललाई सोही ठाउँकी ३५ वर्षीया सुन्तली कुलाल र ४० वर्षीय जङ्गबहादुर कुलालले मङ्सिर १६ गते कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १६ गते प्रहरीमा उजुरी दिएको छ । कथित बोक्सी लगाएपछि छोरा मिनबहादुर कुलाल बिरामी भएको आरोपमा आरोपितद्वयले 'बोक्सी' भन्दै…

December 2, 2016  
जातीय विभेद गरेको घटनामा मिलापत्र

त्रिपुराकोट गाविस-५ का ३८ वर्षीय धनकेसी कामी र ६० वर्षीय नरे कामीलाई जातीय विभेद गरेको आरोपमा त्रिपुराकोट गाविस-५ का ५८ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेपनि मङ्सिर १७ गते दुवै पक्षबिच मिलापत्र गराएको छ । घटनाका सम्बन्धमा प्रहरी चौकी त्रिपुराकोटमा भएको छलफलमा आरोपितले पीडित समक्ष गल्ती स्वीकार…

December 2, 2016