घरेलु हिंसा पीडित इन्सेकको सहयोगमा घर फर्किइन्

घरेलु हिंसामा परेकी त्रिपुरासुन्दरी नगरपालिका-२ कि २५ वर्षीया गीता सुनार पाँच महिनापछि  ०७५ वैशाख ६ गते इन्सेकको सहयोगमा घर फर्कन सफल भएकी छन् । परपुरुषसँग सल्केको भन्दै पति ३६ वर्षीय प्रेम सुनारले चिरपट र लात्तीले कुटपिट गरि रातारात घर निकाला गरेपछि माइतीमा बस्दै आएकी सुनार इन्सेकको सहजीकरणमा आफ्नो घर फर्कन…

April 21, 2018  
नदीको फोहोर पानी पीउन बाध्य भएको कैदीबन्दीको गुनासो

दुनैस्थित जिल्ला कारागारमा खानेपानीको स्थायी व्यवस्था नहुँदा नदीको फोहोर पानी पिउन बाध्य भएको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा खानेपानीको व्यवस्था नहुँदा भेरी नदीको पानी खाने गरेको कैदी डाबा लामाले गुनासो गरेका हुन् । कारागार नजिक रहेका निजी व्यक्तिको घरबाट पानीको व्यवस्था मिलाइएको भएपनि निजी व्यक्तिले पानीको धारा नखोल्दा प्रायः…

April 13, 2018  
आन्दोलनको समाचार सम्प्रेषण नगरेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार

डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरूले जिल्लामा रहेका पत्रकारहरूमाथि आक्रमण गरेका छन् । ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरूले जिल्लामा क्रियाशील पत्रकारहरूमाथि फागुन १९ गते दिउँसो आक्रमण गरेका हुन् । आन्दोलनको प्रचारप्रसार नगरेको र नगरप्रमुख गणेशबहादुर शाहीसँग मिलेको आरोपमा पत्रकारहरूमाथि आक्रमण गरेको जनाइएको छ । आन्दोलनकारीको आक्रमणबाट नेपाल…

March 3, 2018  
स्वास्थ्य केन्द्रमा औषधिको चरम सङ्कट

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँच ओटा स्वास्थ्य चौकीहरूमा औषधिको चरम सङ्कट परेको छ । त्रिपुराकोट स्वास्थ्य चौकी, पहाडा ,लिकु, ल्हाँ र सुऊका स्वास्थ्य चौकीहरूमा गएको मङ्सिर महिनादेखि औषधिको चरम सङ्कट परेको हो । 'जिल्ला अस्पताल डोल्पाले असोजको पहिलो सातामा पठाएको १ लाख ५० हजार रुपियाँ बराबरको औषधिले मङ्सिर महिनाको दोस्रो सातासम्म…

February 17, 2018  
नेकपाका कार्यकर्ताद्वारा निकुञ्ज संरक्षण अधिकृतलाई दुर्व्यवहार

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुलिगाडस्थित कार्यालयमा पुस २१ गते अनुहारमा मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । निकुञ्जमा रहेर आर्थिक अनियमितता गरेको र बारम्बार चेतावनी दिँदासमेत…

January 5, 2018  
डोल्पाका दुई गाउँपालिका नेपाल कम्युनिष्ट पार्टीले 'कब्जा' गरेको दावी

सदरमुकाम दुनैदेखि दुई दिनको पैदल दुरीमा पर्ने तल्लो डोल्पाका जगदुल्ला र मुडकेचुला गाउँपालिकाको कार्यालयमा मङ्सिर १८ गते स्थानीय सरकारका साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीले आफ्नो साइनबोर्ड र झण्डा टाँसेको छ । 'दलाल पुँजिवादी र संसदीय राज्य व्यवस्था'को विरोध गरी दुई स्थानीय तह आफूहरूले कब्जामा लिई स्थानीय सरकारको साइनबोर्ड फ्याँक्नुका साथै…

December 5, 2017  
एमालेका कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणमा हुन गइरहेको निर्वाचनमा एजेन्ट बस्ने कार्यकर्ताको एजेन्ट पत्र लिएर छार्काताँगसोग गाउँपालिकास्थित काककोटमा पुगेका काङ्ग्रेस कार्यकर्ता सुर्य टमटा र जीवन भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताले मङ्सिर ६ गते साँझ कुटपिट गरेको आरोप छ । जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका एमालेका शेरबहादुर बुढा र काइके…

November 23, 2017  
डेढ महिनादेखि स्वास्थ्य संस्थामा औषधिको अभाव

हिमाली जिल्ला डोल्पाका स्वास्थ्य संस्थामा डेढ महिनादेखि औषधि अभाव भएको छ । तल्लो डोल्पाका मुडकेचुला र जगदुला गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्र र उपल्लो डोल्पामा रहेका डोल्पो बुद्ध, छार्का ताङगसोग, शे फोक्सुण्डो र काइके गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा असोजको पहिलो हप्ताबाट अत्यावश्यक औषधिको अभाव भएको हो । उपल्लो डोल्पाका चार गाउँपालिकामा रहेका…

November 7, 2017  
अनेरास्ववियु (क्रा.) का कार्यकर्ताको आक्रमणबाट युवा सङ्घका अध्यक्ष घाइते

मुडकेचुला गाउँपालिका-१ कालिका निवासी युवा सङ्घका गाउँपालिका अध्यक्ष ४२ वर्षीय रूद्र शाहीलाई कात्तिक १८ गते माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रा) का जिल्ला सदस्य टक्क शाहीले चिरपट दाउरा प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । अनेरास्ववियु (क्रा) का कार्यकर्ताको आक्रमणबाट युवा सङ्घका अध्यक्ष शाहीको टाउकोमा चोट लागेको छ ।…

November 5, 2017  
डोल्पाका २२ मतदान केन्द्र सम्वेदनशील

डोल्पामा तोकिएका ६६ मतदान केन्द्र मध्ये २२ मतदान केन्द्र सुरक्षा चुनौतिका आधारमा सम्वेदनशील सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । सम्वेदनशील सूचीमा राखिएका २२ ओटै मतदान केन्द्र उपल्लो डोल्पाका रहेका छन् । सुरक्षा तथा संचार व्यवस्थापनको आधारमा माथिल्लो भेगमा पर्ने मतदान केन्द्र अन्य मतदान केन्द्रको तुलनामा थप सम्वेदनशील…

November 3, 2017