नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि डोल्पामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ६ गते सम्पन्न गरिएको छ । इन्सेकले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको अभिलेखमा जिल्लामा महिला हिंसाका घटना सबैभन्दा बढी रहेको उल्लेख छ । महिला हिंसाका घटना बढ्हनुमा जनचेतनाको कमी, भौगोलिक…

November 23, 2018  
राजनीतिक दबाबमा बलात्कार प्रयास घटनाका आरोपितलाई छाडियो

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तारीमा परेका त्रिपुरासुन्दरी नगरपालिका–७ का २५ वर्षीय अमरबहादुर रोकायलाई राजनीतिक दबाबमा मिलापत्र गरेर छाडिएको छ । पीडित युवतीलाई आरोपितले कात्तिक ७ गते बलात्कार प्रयास गरेर लछारपछार गरेको पीडित पक्षले कात्तिक ९ गते प्रहरी चौकी त्रिपुराकोटमा दिएको उजुरीमा उल्लेख गरिएको छ । त्रिपुराकोट प्रहरी…

November 4, 2018  
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिका–१ की ३५ वर्षीया रूपधनी सार्कीलाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति डल्लो सार्कीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । तिहारमा माइतीघर जाने विषयमा विवाद हुँदा पीडित महिलालाई आरोपितले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडित पक्षले आरोपितविरूद्ध प्रहरी चौकी त्रिपुराकोटमा कात्तिक १६…

November 4, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-७ का २२ वर्षीय अमर रोकायलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले कात्तिक ९ गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएकी थिइन् । घटनापछि फरार आरोपितलाई कात्तिक ११ गते राति…

October 29, 2018  
कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा–१ की ४४ वर्षीया मनकुमारी शाहीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३५ वर्षीय जयबहादुर शाहीलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । आफूलाई कथित बोक्सीको आरोपमा जयबहादुरले असोज २१ गते साँझ कुटपिट गरेको भन्दै पीडितले असोज २२ गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएकी थिइन्…

October 8, 2018  
संरक्षण अधिकृतलाई 'कारवाही' गर्ने धम्की

सेफोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनपरिषद डोल्पाले 'कारवाही' गर्ने धक्की दिएको छ । संरक्षण अधिकृत चौधरीले जडिबुटी तस्करी, सोतोचिनी (खिराङ्गलो) लगायतको जडिबुटी जालसाजी गरी तस्करी गर्ने गरेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको क्षेत्राधिकार मिचेर आफैँले बजेट विनियोजन गरी प्रत्येक वन समितिबाट विनियोजित…

October 4, 2018  
विप्लवका कार्यकर्ताले चन्दा सङ्कलन गर्न दवाव दिएको जनप्रतिनिधिको गुनासो

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिसँग चन्दा सङ्कलनमा दवाव दिएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । सो पार्टीका कार्यकर्ताले दश हजारदेखि माथि आफ्नो इच्छाअनुसार अनिवार्य पार्टीलाई चन्दा सहयोग गर्न स्थानीय तहका प्रतिनिधिलाई दवाव दिएको जनप्रतिनिधिले बताए । वडा कार्यालयबाट एक लाखसम्मको चन्दा सहयोग गरि दिन…

September 13, 2018  
दुनै खानेपानीको ट्याङ्कीमा मानव मलमुत्र ! 

डोल्पाको सदरमुकाम दुनै बजारस्थित खानेपानीका ट्याङ्कीमा दिसा भेटिएको स्थानीयबासीले जनाएका छन् । दुनै बजार क्षेत्रमा रहेका खानेपानीका ट्याङ्कीमा दिसा र फोहोर भेटिएको स्थानीयबासी ओमेन्द्र केसीले बताए । खानेपानीका ट्याङ्कीमा फोहोर र दिसा भरिएको भएपनि दुनै खानेपानी उपभोक्ता समिति यस विषयमा जिम्मेवार नदेखिएको स्थानीयको आरोप छ । संविधानको धारा ३५ को…

August 31, 2018  
सडक सञ्चालन नहुँदा उपल्लो डोल्पाबासीले चामल पाउन सकेनन्

सडक सञ्चालन नहुँदा उपल्लो डोल्पाबासीले गत आर्थिक वर्षदेखिकै अनुदानको खाद्यान्न पाएका छैनन् । हिमाली जिल्ला डोल्पाको माथिल्लो डोल्पामा सरकारले दिने अनुदानको चामल सडक सञ्चालन हुन नसक्दा हालसम्म नपाएका हुन् । खाद्य संस्थानले अघिल्लो आर्थिक वर्षमाथिल्लो डोल्पाको लागि ४ हजार ५ सय क्वीन्टल चामलको कोटा विनियोजन गरेको भएपनि उपल्लो डोल्पामा पर्ने…

August 23, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१० का २९ वर्षीय इबे भनिने युवराज बोहरालाई साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन १५ गते प्रहरी चौकी लिकुमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

August 2, 2018