स्थानीय तहले समयमै आर्थिक खर्चको विवरण नपठाउँदा शिक्षकले तलब पाएनन्

आर्थिक वर्ष सुरू भएको तीन महिना बितिसक्दा समेत जिल्लाका दुई ओटा स्थानीय तहले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई आर्थिक खर्चको वार्षिक प्रतिवेदन नबुझाउँदा शिक्षकहरूले तलब पाउन नसकेको गुनासो गरेका छन् । दसैँ आइसक्दासमेत सामुदायिक विद्यालयका शिक्षकहरूले तलब पाउन नसकेको शिक्षकहरूको गुनासो रहेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को खर्च…

October 2, 2019  
यौन दुर्व्यवहारको घटनामा मिलापत्र !

१२ वर्षीया बालिकालाई वडा कार्यालयमा ड्युटीमा खटिएका प्रहरी चौकी त्रिपुराकोटका हवल्दार ३९ वर्षीय प्रहरी हवलदार दानबहादुर जिसीले असोज १ गते यौन दुर्व्यवहार गरेको भनिएको घटना मिलापत्रमा टुङ्गिएको छ । मदिरा सेवन गरेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले घटना लगत्तै प्रहरी चौकी त्रिपुराकोटमा सोही दिन मौखिक उजुरी दिएका थिए ।…

September 27, 2019  
जातीय विभेद घटनाका पीडितद्वारा उजुरी दर्ता

ठुलीभेरी नपा–३ दुनै बस्ने ३४ वर्षीय जयन्द्र बिकलाई सार्वजनिक बाटोमा जातीय विभेद गरेको भन्दै पीडितले ठुलीभेरी नपा–३ उपल्लो दुनैमा रहेको धुव्रतारा आधारभूत विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय लक्ष्मण कार्की र ४२ वर्षीया शिक्षिका शान्ति कार्कीविरूद्ध जिल्ला प्रशासन कार्यालय, डोल्पामा उजुरी दिएका छन् । आरोपितद्वयले भदौ २९ गते दुनै बजारबाट उपल्लो दुनैतर्फ…

September 20, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा–२ रुमस्थित वडा कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी चौकी, त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसीलाई असोज १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १ गते बेलुकी मदिरा सेवन गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही समय प्रहरी…

September 19, 2019  
डोल्पाका ग्रामीण क्षेत्रमा खाद्यान्न सङ्कट

हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका र से-फोक्सुण्डो गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । मुड्केचुला गाउँपालिकामा पर्ने कालिका, इलनिल दह, सर्मिगाउँ र से-फोक्सुण्डो गाउँपालिकाका फोक्सुण्डो, भिजेर, पुग्मो, साल्दाङलगायतका बस्तीहरूमा खाद्य सङ्कट भएको स्थानीयले गुनासो गरे । वर्षात् लागेसँगै कालिका जाने मुलबाटोलगायत आवतजावत गर्ने काशिंला खोलामाथिको पुल बाढीले बगाएपछि ढुवानीमा समस्या आएकाले…

August 14, 2019  
वडासचिव नहुँदा सेवाग्राहीलाई सास्ती

त्रिपुरासुन्दरी नपा–६ की लक्ष्मीकुमारी झाँक्री साउन २७ गते ४ घण्टाको पैदल हिँडेर नागरिकता बनाउनका लागि सिफारिस लिन नगरको केन्द्र त्रिपुराकोटमा पुगिन् तर वडा सचिवलाई कार्यालयमा भेटिनन् । गाउँ नजिकै श्रीविण्डेमा रहेको वडा कार्यालयमा सचिव नहुने गरेकाले उनी नागरिकता बनाउनको लागि सिफारिस लिन नगर केन्द्रमा पुगेकी थिइन् । नगर केन्द्रमा पनि…

August 14, 2019  
प्रहरीद्वारा सात जना बालबालिकाको उद्धार

तिब्बतीयन नागरिकले गैरकानुनी रूपमा काठमाडौँ लैजाने भनेर जुफाल विमानस्थलमा पुर्‍याइएका काइके गाउँपालिकाका सातजना बालबालिकालाई साउन २३ गते विमानस्थल प्रहरीले फर्काएर परिवारको जिम्मा लगाएको छ । काठमाडौँको जोरपाटीमा सञ्चालित छुतसाङ गुम्बामा पढाउन लैजाने क्रममा नौ वर्षदेखि १३ वर्ष उमेर समूहका सातजना बालबालिका कानुनी प्रक्रिया नपुगेको भन्दै प्रहरीले फिर्ता गरेको हो ।…

August 9, 2019  
उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा औषधिको अभाव

उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको छ । सेफोक्सुण्डो गाउँपालिका वडा नम्बर १ र ४ मा पर्ने साल्दाङ्गस्थित स्वास्थ चौकी र फोक्सुण्डो स्वास्थ्य चौकीमा दुई सातायता पारासिटामोल, जीवनजल लगायत औषधिको अभाव भएको हो । फोक्सुण्डो ताल हेर्न जाने पदमार्गमा पर्ने चुनुवारस्थित फोक्सुण्डो स्वास्थ्य चौकीमा…

August 8, 2019  
टाइफाइडको सङ्क्रमण बढेपछि नियन्त्रणमा समस्या

ठुलीभेरी नगरपालिका वडा नम्बर २ र ३ मा टाइफाइडको सङक्रमण बढेपनि पर्याप्त औषधिको अभावमा नियन्त्रण गर्न समस्या रहेको छ । वर्षायाम सुरू भएसँगै फैलिएको टाइफाइडको सङ्क्रमणका हाल ८० जनाभन्दा बढी बिरामी जिल्ला अस्पताल दुनैमा उपचारका लागि भर्ना भएको जिल्ला अस्पतालले जनाएको छ । १५ शैया क्षमता भएको जिल्ला अस्पतालमा ६०…

July 13, 2019  
पत्नीलाई कुटपिट गरी पति फरार

त्रिपुरासुन्दरी नगरपालिका २ मद्दुकी ४० वर्षीया चुफी थापालाई ४५ वर्षीय पति परिमल थापाको कुटाईबाट घाइते भएकी छन् । मदिरा सेवन गरेर पति थापाले ०७६ असार १८ गते घरमै चिरपट दाउराले कुटपिट गरेको पिडित थापाले प्रहरी चौकी त्रिपुराकोटमा असार १९ गते दिएको उजुरीमा उल्लेख छ । पीडितलाई आरोपितले बारम्बार कुटपिट गर्ने…

July 7, 2019