प्रहरीद्वारा सात जना बालबालिकाको उद्धार
तिब्बतीयन नागरिकले गैरकानुनी रूपमा काठमाडौँ लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका सातजना बालबालिकालाई साउन २३ गते विमानस्थल प्रहरीले फर्काएर परिवारको जिम्मा लगाएको छ । काठमाडौँको जोरपाटीमा सञ्चालित छुतसाङ गुम्बामा पढाउन लैजाने क्रममा नौ वर्षदेखि १३ वर्ष उमेर समूहका सातजना बालबालिका कानुनी प्रक्रिया नपुगेको भन्दै प्रहरीले फिर्ता गरेको हो ।…
उपल्लो डोल्पाका स्वास्थ्य संस्थामा औषधिको अभाव
उपल्लो डोल्पामा पर्ने शे फोक्सुण्डो गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको छ । सेफोक्सुण्डो गाउँपालिका वडा नम्बर १ र ४ मा पर्ने साल्दाङ्गस्थित स्वास्थ चौकी र फोक्सुण्डो स्वास्थ्य चौकीमा दुई सातायता पारासिटामोल, जीवनजल लगायत औषधिको अभाव भएको हो । फोक्सुण्डो ताल हेर्न जाने पदमार्गमा पर्ने चुनुवारस्थित फोक्सुण्डो स्वास्थ्य चौकीमा…
टाइफाइडको सङ्क्रमण बढेपछि नियन्त्रणमा समस्या
ठुलीभेरी नगरपालिका वडा नम्बर २ र ३ मा टाइफाइडको सङक्रमण बढेपनि पर्याप्त औषधिको अभावमा नियन्त्रण गर्न समस्या रहेको छ । वर्षायाम सुरू भएसँगै फैलिएको टाइफाइडको सङ्क्रमणका हाल ८० जनाभन्दा बढी बिरामी जिल्ला अस्पताल दुनैमा उपचारका लागि भर्ना भएको जिल्ला अस्पतालले जनाएको छ । १५ शैया क्षमता भएको जिल्ला अस्पतालमा ६०…
पत्नीलाई कुटपिट गरी पति फरार
त्रिपुरासुन्दरी नगरपालिका २ मद्दुकी ४० वर्षीया चुफी थापालाई ४५ वर्षीय पति परिमल थापाको कुटाईबाट घाइते भएकी छन् । मदिरा सेवन गरेर पति थापाले ०७६ असार १८ गते घरमै चिरपट दाउराले कुटपिट गरेको पिडित थापाले प्रहरी चौकी त्रिपुराकोटमा असार १९ गते दिएको उजुरीमा उल्लेख छ । पीडितलाई आरोपितले बारम्बार कुटपिट गर्ने…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
डोल्पामा मानव अधिकार उल्लङ्घन र ज्यादतीका जघन्य घटनाहरू राजनीतिक दबाबमा मिलापत्र हुने गरेकाले घटना न्युनीकरणको साटो बढ्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरूमाथिको समिक्षा कार्यक्रमका सहभागिहरूले उक्त कुरा बताएका हुन । ०७५ पुस १७ देखि ०७६ जेठ…
वडा अध्यक्षको नेतृत्वको टोलीले नेकपा कार्यकर्तालाई कुटपिट गरेको आरोप
त्रिपुरासुन्दरी नगरपालिका–१० का ३७ वर्षीय विभाकर पहाडी सोही वडाका वडाध्यक्ष रणबहादुर धरालाको नेतृत्वको २० जनाको समूहले कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । असार ६ गते त्रिपुरासुन्दरी नगरपालिका–९ चुँगाड हुँदै लिकु भएर जुम्ला जोड्ने मोटरबाटो निर्माण गर्ने क्रममा विषयमा विवाद हुँदा धरलाको नेतृत्वमा आएको उक्त समूहले कुटपिट…
जातीय विभेदको घटनामा मिलापत्र
त्रिपुरासुन्दरी नपा-१ त्रिपुराकोटका धनमाल सार्कीलाई जातीय विभेद गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय इमानसिंह कठायतविरूद्ध उजुरी गरेका पीडितले जेठ २६ गते निवेदन फिर्ता लिएर मिलापत्र गरेका छन् । जातीय विभेदसम्बन्धी यो घटनामा राजनीतिक दलका कार्यकर्ताको दबाबमा मिलापत्र गरिएको जनाइएको छ । आरोपित कठायत जेठ २३ गते बिहान त्रिपुरासुन्दरी नपा-१ स्थित…
जातीय विभेद घटनाका आरोपित गिरफ्तार
जातीय विभेद गरेको आरोपमा त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटका ४५ वर्षीय इमानसिंह कठायतलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित कठायतलाई जातीय विभेद गरेको भनी पीडित पक्षले दिएको निवेदनको आधारमा प्रहरी चौकी त्रिपुराकोटले जेठ २३ गते बिहान गिरफ्तार गरेको हो । कठायत जेठ २३ गते बिहान त्रिपुरासुन्दरी नपा–१ स्थित सार्की टोलमा रोपाईको लागि…
घरेलु हिंसा घटनाका आरोपित पति गिरफ्तार
उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका-४ काककोट बस्ने २८ वर्षीया क्याङजु गुरुङलाई कुटपिट गरी हात भाँचेको आरोपमा प्रहरीले ३५ वर्षीय पति फुर्वा गुरुङलाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १९ गते कुटपिट गरेर हात भाँचेको भन्दै कारवाहीको लागि पीडित महिलाले पतिविरूद्ध जेठ २० गते जिल्ला प्रहरी…
कुटपिट घटनाका आरोपित पति गिरफ्तार
शे–फोक्सुण्डो गाउँपालिका–३ की ३० वर्षीया थुन्चुक गुरुङलाई चिरपटले कुटपिट गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति पेम्बा गुरुङलाई वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मदिरा सेवन गरी वैशाख २९ गते चिरपट प्रहार गरी घाइते बनाएको भन्दै पीडित महिलाले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालय, डोल्पामा उजुरी दिएकी…