बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा प्रहरीले चन्दननाथ नपा–१० कार्तिकस्वामीका २१ वर्षीय दिपक कामीलाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाई फकाई चैत ५ गते बालविवाह गरेको भन्दै बालिकाका आफन्तले चैत ९ गते प्रहरीमा उजुरी गरेका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी कानुन बमोजिम…

March 26, 2019  
समान काममा असमान ज्याला !

पुरूष सरह गरिने काममा दिइने ज्यालामा भने विभेद हुने गरेको जिल्लाका श्रमिक महिलाले गुनासो  गरेका छन् । पातारासी गाउँपालिका–६ उर्थुचौताराका महिलाले समान कामको समान ज्याला नपाएको भन्दै गुनासो गरेका हुन् । उर्थुचौतारामा यतिबेला शिव मन्दिर निर्माणको काम भइरहेको छ । मन्दिरको निर्माणको लागि महिला श्रमिकले दिनभर नदीको ढुङ्गा बोक्छन् ।…

March 21, 2019  
कारागारमा दुर्व्यवहार हुनेगरेको कैदीबन्दीको गुनासो

जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई प्रहरी तथा कारागार प्रशासनले दुर्व्यवहार गर्ने गरेको कैदीबन्दीको गुनासो रहेको छ । कारागारमा कार्यरत सई कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी दुर्व्यवहार गरेको कैदीबन्दीहरू गुनासो गर्छन् । मादक पदार्थ सेवन गरी दुर्व्यवहार गर्ने सई खड्काको सरूवा हुनुपर्ने माग राख्दै उनीहरूले कारागारमा भित्रपट्टीबाट तालाबन्दी गरी…

March 19, 2019  
स्थानीय तहका स्वास्थ्य संस्थामा औषधीको अभाव

जिल्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको छ । पर्याप्त औषधी नभएपछि स्वास्थ्य संस्था खोलेर बस्नुको विकल्प नभएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश सापकोटाले बताए । औषधि परिपूर्तिको लागि गाउँपालिकामा माग गरेको भएपनि अहिलेसम्म आइनसकेको सापकोटाको भनाइ छ । सो गाउँपालिकामा रहेका चारओटा स्वास्थ्यचौकीमा औषधी…

March 14, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पातारासी गाउँपालिका–६ उर्थुगाउँका २५ बर्षीय गगन विष्टलाई फागुन २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर…

March 10, 2019  
स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा

स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसकेकाले अभाव भएको हो । स्थानीय तहले खरिदका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । स्थानीय गोरीकला परियारले स्वास्थ्यकर्मीले गज ब्यान्डेज पनि बाहिरबाट…

February 28, 2019  
कुटपिट गरी पत्नीलाई घर निकाला

मुगु जिल्ला छाँयानाथ रारा नपा–६ कोटिलाकी २४ वर्षीया सुन्तली भाम कठायतलाई २८ वर्षीय पति गगन भामले कुटपिट गरी घर निकाला गरेका छन् । उनले फागुन १० गते मदिरा सेवन गरेर पत्नीलाई कुटपिट गरी घर निकाला गरेका हुन् । पीडित सुन्तलीका अनुसार पतिले विगत एक वर्षदेखि विभिन्न बाहनामा कुटपिट गरी दुःख…

February 26, 2019  
साढे दुई वर्षदेखि औषधालय डाक्टरविहीन, सेवाग्राही मर्कामा

कर्णाली आयुर्वेद औषधालय साढे दुई वर्षदेखि डाक्टरविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरूवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आएपनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेकाले सेवाग्राही मर्कामा परेका हुन् । वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको…

February 26, 2019  
महिनावारी हुँदा ६८ प्रतिशत किशोरी गोठमै बस्छन् !

सिंजा उपत्यकामा पर्ने तीन ओटा स्थानीय तहका ६८ प्रतिशत किशोरी महिनावारी अर्थात् छुई हुँदा अझै गोठमा बस्ने गरेका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेसनल नेपाल र आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले ‘छाउ’ हुँदा छाउगोठमा बस्ने महिला तथा किशोरीको अवस्थाबारे सिँजा उपत्यकामा पर्ने कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा सर्वेक्षण…

January 26, 2019  
पत्नी हत्या घटनाको आशङ्कामा पति गिरफ्तार

गुठिचौर गाउँपालिका–३ गज्याङ्कोटकी ३१ वर्षीया भगवती भण्डारीको हत्या गरेको आशङ्कामा प्रहरीले ३२ वर्षीय पति धिरबहादुर बुढालाई माघ १० गते गिरफ्तार गरेको छ । मृतकका आफन्तले भगवतीको आत्महत्या नभई हत्या गरेर झुण्डाएको हुनुपर्ने आशङ्का गरेका छन् । मृतक भगवतीको शव घरमै माघ ९ गते झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।…

January 25, 2019