कनकासुन्दरी गाउँसभाबाट स्वास्थ्य सेवा ऐन पारित
कनका सुन्दरी गाउँपालिकाले स्वास्थ्य तथा सरसफाई सेवा ऐनलगायत अन्य दुई ओटा ऐन पारित गरेको छ । पुस २५ गते सम्पन्न हिउँदे गाउँसभाले स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र गाउँ शिक्षा नीति २०७७ पारित भएको सूचना अधिकारी दानसिंह कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो…
मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित, झडपमा ६ जना घाइते
हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याको घटनाको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । मुद्दा कमजोर बनाएर बालिका हत्या जस्तो जघन्य अपराध घटनालाई आरोपितलाई धरौटीमा छोड्न थालेपछि पीडित पक्ष आन्दोलित हुनु परेको उनीहरूले बताएका छन् । पीडित पक्ष र प्रहरी, सशस्त्र प्रहरीबिच झडप…
सामाजिक सुरक्षा भत्ता नपाएको लक्षित वर्गको गुनासो
चन्दनाथ नगरपालिकाले दशैँ र तिहारमा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । भत्ता नपाएपछि अप्ठ्यारो भएको अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले असोजमै सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने हो । तर, अहिलेसम्म वितरण नगरेको ज्येष्ठ नागरिक सङ्घ, जुम्लाका अध्यक्ष तीर्थराज…
जुम्लामा स्वास्थ्य बीमाका बिरामीले पाएनन् निःशुल्क औषधि
जुम्लाका स्वास्थ्य बीमा कर्ताहरूको अस्पतालबाट निःशुल्क रुपमा पाउनु पर्ने औषधि नपाएको गुनासो छ । कात्तिक २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणपछि चन्दननाथ नगरपालिका–४ का वडाध्यक्ष जगदिश चौलागाईले स्वास्थ्य बीमा अनुसार औषधि नपाएको बताउनुभयो । उहाँले भन्नुभयो–‘डक्टरले बिरामी पुर्जामा लेखेको पाँच प्रकारका औषधिमध्ये दुई किसिमको औषधि अस्पतालको…
कारागारमा खानेपानी र बिजुलीको समस्या
जिल्ला कारागार जुम्लाका कैदीबन्दीले खानेपानी र बिजुलीको समस्या भएको गुनासो गरेका छन् । बन्दी खड्कजित रोकायाले भन्नुभयो- ‘अहिले पनि तीला नदीको दुषित पानी कारागारमा प्रयोग भइरहेको छ । त्यही दुषित पानी खाएकै कारण यहाँका कैदीबन्दी बिरामी हुने गरेका छन् ।’ कैदीबन्दीलाई भदौ १५ गते उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान…
प्रतिबन्धित नेकपाका तीन कार्यकर्ता गिरफ्तार
प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्तालाई तीला गाउँपालिका– ७ घोडेबाट साउन २४ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा जुम्ला जिल्ला सेक्रेटरी सोरु गाउँपालिका– ६ मुगुका २७ वर्षीय राजबहादुर भाम, जुम्लाको हिमा गाउँपालिका– ७ धाचुका २९ वर्षीय नन्द तिरुवा र हिमा गाउँपालिका– ६ महावैपाथरखोलाकी १५ वर्षीया सपना बुढा रहेको डिएसपी…
कुटपिट गरी बाबुको हत्या, घटनाका आरोपित गिरफ्तार
७५ वर्षीय बुवा दानबहादुर शाहीको हत्या गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका –४ का ३५ वर्षीय ऐनबहादुर शाहीलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरी घर आएका ऐनबहादुरले साउन ११ गते राती कुटपिट गरी हत्या गरेको डिएसपी लालबहादुर धामीले बताउनुभयो । घटना पछि घाइते भएका शाहीलाई उपचारको लागि…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पातरासी गाउँपालिका – ६ उर्थुगाउँका २३ वर्षीय कमल विष्टलाई प्रहरीले असार २ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार १ गते यौन दुव्र्यहार गरेको भन्दै पीडितका आफन्तले सोहि दिन जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि आरोपित विष्टलाई उर्थुगाउँबाटै गिरफ्तार गरिएको इन्स्पेक्टर राजेन्द्र…
समाचार प्रसारणपछि रेडियोलाई भवन छोड्न दवाव
सिंजा गाउँपालिकास्थित नराकोटमा रहेको रेडियो सिंजा एफ.एमले आफू विरूद्व समाचार प्रसारण गरेको आरोपमा एफएमको कार्यालय रहेको भवन छोडन सोही गाउँपालिका अध्यक्ष देवलसिंह शर्माले चैत ७ गते दवाव दिएको एफएम कार्यालयले जनाएको छ । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई स्थानीय देविकृष्ण शर्माले लाठी प्रहार गरी कुटपिट गरेको, गाउँपालिकामा अनियमितता र एम्बुलेन्स…
गाउँपालिका अध्यक्षमाथि कुटपिट
सिंजा गाउँपालिका अध्यक्ष ५२ वर्षीय देवलसिंह रावललाई सोही गाउँपालिकाका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले चैत ४ गते कुटपिट गरेका छन् । अध्यक्ष रावललाई आरोपित शर्माले गाउँपालिका कार्यालय अगाडीको चौरमा लाठी प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर राजेन्द्र चन्दले जानकारी दिनु भयो । इन्स्पेक्टर चन्दका अनुसार अध्यक्षले फोन…