वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी

कुशे गाउँपालिका–वडा नं ६ को वडा कार्यालय सिमलगाउँमा मङ्सिर २५ गते राति १२ बजेतिरको समयमा अज्ञात पक्षले वडा कार्यालयमा रहेका सम्पुर्ण सामग्रीहरूमा आगजनी गरेको वडा अध्यक्ष अमरबहादुर शाहीले जानकारी दिनुभयो । वडा कार्यालयमा रहेको क्म्प्युटर एक थान, प्रिन्टर एक थान, इन्भर्टर एक थान, ४० एम्पियरका तीन ओटा सोलार ब्याट्री, तीन…

December 12, 2019  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नपा–१० नुवागाउँका २० वर्षीय कृष्ण बिकलाई जिल्ला अदालतले मङ्सिर २२ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश देवकुमार गिरीको इजलासले कसुर ठहर गर्दै बलात्कार कसुरमा १२ वर्ष कैद भुक्तान हुने गरी फैसला सुनाएको हो । पीडित…

December 8, 2019  
मानव अधिकार संरक्षणका सवालमा प्रतिबद्ध रहेको जनप्रतिनिधिहरूको भनाइ

छेडागाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्ने यहाँका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । इन्सेक जाजरकोटको आयोजनामा मङ्सिर १९ गते छेडागाड नगरपालिकाको मनघाटमा सम्पन्न मानव अधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा सहभागीहरूले छेडागाड नगरपालिकाभित्रका शिक्षकहरूको…

December 7, 2019  
प्रतिबन्धित नेकपाका जिल्ला संयोजक गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जाजरकोट जिल्ला संयोजक रूपन्देही जिल्लाको बुटवल उमनपा–१३ देवीनगरकी २६ वर्षीया रञ्जिता थापालाई नलगाड नपा—५ रघुनाथबाट प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । शनिवार राती नलगाड नगरपालिका–५ रघुनाथकै जङ्गलमा बम विष्फोट भएपछि प्रहरी घटनाका बारेमा बुझ्न जाने क्रममा थापा फेला परेको र थापा सो…

November 26, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका–२ डिंगास्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय चक्रबहादुर थापालाई कात्तिक २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशर कार्कीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २९…

November 18, 2019  
मानव अधिकारको संरक्षणका लागि सहयोग तथा सहकार्य गर्न तयार छौँः अध्यक्ष शाही

शिवालय गाउँपालिका–३, ऐरेलीमा कात्तिक २९ गते गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले समाजमा घरेलु हिंसा, जातीय लैङ्गिक विभेद, बाल हिंसा, सामाजिक कुरीति, अन्धविश्वास जस्ता मानव अधिकार उल्लङ्घनका घटनाहरू व्याप्त रहेको भएपनि बाहिर सार्वजनिक नहुने अवस्था रहेको बताए । अध्यक्ष शाहीले समाजमा घट्ने मानव अधिकार…

November 17, 2019  
मानव अधिकारको संरक्षण, प्रवर्धन र विकासमा जिम्मेवार भएको जनप्रतिनिधिको भनाई

छेडागाड नगरपालिकाकी उपमेयर सरिता वलीले सामाजिक कुसंस्कार, बालविवाह, जातीय विभेद हटाउन पहल गर्ने र मानव अधिकारको संरक्षण, प्रवर्धन र विकासमा सदैव जिम्मेवार भई लाग्ने बताइन् । इन्सेक जाजरकोटद्वारा कात्तिक २५ गते छेडागाड नपा—१२, मनाघाटमा आयोजित परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै उपमेयर वलीले नगरमा रहेका जनतालाई शिक्षा,…

November 13, 2019  
जाजरकोटका १ सय २७ विद्यालयमा दरबन्दी शून्य

भेरी नपा–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेपनि तर कक्षा ९ र १० मा शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राखेर १० वर्षदेखि पठनपाठन भइरहेको छ । निजी श्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई निकै भार परिरहेको विद्यालयका प्रधानाध्यापक विनोद सहनीले बताए । ‘विद्यार्थीबाट एकमुष्ट…

November 2, 2019  
हत्या घटनाका आरोपित गिरफ्तार

भेरी नपा-१ पिपेकी ४८ वर्षीया लिला रानाको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देउरानी सगुनी रानालाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । गाईवस्तुलाई घाँस काट्न भन्दै कात्तिक २ गते बिहान सगुनीसँगै जङ्गल गएकी लिलाको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको भन्दै परिवारजनले मृतकको शवको कात्तिक ३ गते दाहसंस्कार…

October 24, 2019  
सत्तारूढ नेकपा नेतालाई प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा कुटपिट गरेको आरोप

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट सहइञ्चार्ज निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहलाई कात्तिक ६ गते बिहान ७ बजे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबिन्धित नेकपाका कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षको आरोप छ । सत्तारूढ नेकपाको बारेकोट गाउँपालिका समितिका पदाधिकारीहरूको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा जाने…

October 24, 2019