बारेकोट क्षेत्रमा खाद्यान्न अभाव

बारेकोट गाँउपालिकाको नायकवाडास्थित घाट डिपोमा चामल नहुँदा बारेकोट क्षेत्रमा खाद्यन्न अभाव भएको स्थानीयबासीले गुनासो गरेका छन् । गाँउमा उत्पादन भएको खाद्यान्न सकिएपछि स्थानीय समस्यामा परेका हुन । गाउँमा उत्पादित अन्न सकिएको र खाद्य डिपोमा चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा ढुवानी नगरेपछि बारेकोटवासी खाद्य सङ्कटको चपेटामा परेका हुन् । गाउँपालिकामा…

February 3, 2020  
मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण

मानव अधिकार समूह छेडागाड र शिवालयद्वारा शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवाससँग सम्बन्धित समस्याको पहिचान गरी कार्ययोजना निर्माण गर्ने कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जाजरकोट र मानव अधिकार समूहको आयोजनामा माघ १९ गते छेडागाड नपामा र माघ १८ गते शिवालय गाउँपालिकामा सरोकारवाला निकायबीच आयोजित कार्यक्रममा सवाल पहिचान गरी कार्ययोजना निर्माण…

February 3, 2020  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित भेरी नपा–२ डिंगाका ४६ वर्षीय दलबहादुर पुनलाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । महिला घरमा रहेको अवस्थामा माघ १२ गते राति १० बजे पुनले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।…

January 28, 2020  
अज्ञात व्यक्तिको समूहबाट वडा कार्यालयमा आगजनी

कुशे गाउँपालिका–३ डाँडाभौतास्थित ३ नम्वर वडा कार्यालय रहेको भवन माघ ७ गते राति अज्ञात व्यक्तिको समूहले आगजनी गरेका छन् । उक्त समूहले वडा कार्यालयमा रहेका कम्प्यूटर तीन थान, प्रिन्टर दुई थान, पाँच सय वाटको सोलार प्यानल तथा सोलार ब्याट्री, ५७ ओटा प्लास्टिक कुर्सी, राम्रो कुर्सी दुई ओटा, टेबुल, तीन ओटा,…

January 23, 2020  
बिरामी भन्छन् – ‘स्वास्थ्य बीमामा उल्लेख भए अनुसारको औषधि पाइएन’

सरकारले ल्याएको स्वास्थ्य बीमाको सेवा लिन जाजरकोट जिल्ला अस्पताल पुगेका भेरी नपा–४ बस्ने ५१ वर्षीय ओमबहादुर खत्रीलाई स्वास्थ्य बीमा अन्तरगतकाे सेवा निकै झन्झटिलो लाग्यो । बिहान १० बजेबाट खुल्ने काउन्टरमा टिकट काट्न साढे नौ बजे अस्पताल आइपुग्नु भएका उहाँ प्रक्रिया नबुझ्दा कहिले उता त कहिले उता गर्दै हुनुहुन्थ्यो । ‘बिहान…

January 14, 2020  
छाउपडी मान्ने परिवारलाई राज्यको सेवा सुविधा रोक्का गरिने

कुप्रथाको रूपमा समाजमा रहेको छाउपडी प्रथा मान्ने परिवारलाई सामाजिक सुरक्षा भत्ता लगायत राज्यले दिने सेवा सुविधा रोक्का गरिने जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । पुस २४ गते जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा बसेको स्थानीय तहका प्रमुख, उपप्रमुख र सरोकारवाला सहभागी वैठकले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज…

January 11, 2020  
मानव अधिकार संरक्षणका सवालमा प्रतिबद्ध रहेको जनप्रतिनिधिहरूको भनाई

शिवालय गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्ने विषयमा जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाउनुभएको छ । इन्सेक जाजरकोटको आयोजनामा पुस १८ गते शिवालय गाउँपालिकाको ऐरेलीमा सम्पन्न मानवअधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले सो प्रतिबद्धता जनाउनुभएको हो । कार्यक्रममा सहभागीहरूले शिवालय गाउँपालिकाभित्रका शिक्षकहरूको विद्यालयमा…

January 4, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण

नलगाड नपा–३ सिर्के गाउँमा भएको विवाद मिलाउन भनी छलफलका लागि पुस २ गते हिँडेको प्रहरी चौकी सक्लाको नेपाल प्रहरीको टोलीमाथि नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले आक्रमण गरेको प्रहरीले जनाएको छ । स्थानीय शिला खड्काले झैझगडासम्बन्धी प्रहरीमा उजुरी दिएको आधारमा घटनास्थल गएका असई गङ्गबहादुर चन्द र साथमा गएका प्रहरी जवानमाथि आक्रमण…

December 19, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशनपुर्व वार्षिक समीक्षा पुस २ गते जाजरकोट सदरमुकाममा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले सन् २०१९ मा सङ्कलन गरिएका ४६ ओटा घटना विवरण सहभागीमाझ प्रस्तुत गर्नुभएको थियो । जसमा घरेलु हिंसासम्बन्धी ११…

December 19, 2019  
गिरफ्तारीमा परेका विद्यार्थी नेता शाहीको स्थिति सार्वजनिक गर्न माग

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी नेता प्रेमबहादुर शाहीको स्थिति सार्वजनिक गर्न मानव अधिकार संस्थाहरूले माग गरेका छन् । जिल्ला कारागार जाजरकोटमा थुनामा रहेका शाहीलाई उच्च अदालत सुर्खेतले यही मङ्सिर २२ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशले रिहा गरे लगत्तै पुनः गिरफ्तारीमा परेका शाहीको अवस्था…

December 15, 2019