क्षमता भन्दा दोब्वर थुनुवा, बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय कालिकोटमा हिरासतको क्षमता भन्दा दोब्वर थुनुवा भएपछि बसोबासमा समस्या भएको थुनुवाहरूले गुनासो गरेका छन् । जीर्ण अवस्थामा रहेको थुनुवा कक्षमा महिला पाँच जना र पुरुष पाँच जनाको क्षमता छ । तर, अहिले हिरासतमा १५ जना पुरुष, पाँच जना महिला गरी २० जना थुनुवा र दुई जना नाबालक…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भर्ता गाविस-१ का २८ वर्षीय धोजे विकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले असोज ५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीलाई मौखिक उजुरी गरपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…
खाद्य सङ्कटलगायतका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
कर्णाली क्षेत्रमा हुने गरेको खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्नका लागि भूगोल र हावापानी सुहाउँदो सिञ्चाई प्रविधिको विकास र तत् सम्बन्धि कार्यक्रम र्सार्वजनिक गर्नुपर्ने मागसहित कालीकोटबासीले भदौ २९ गते प्रधानमन्त्रीलाई आठबुँदे ज्ञापन पत्र बुझाएका छन् । कर्णालीका नागरिकहरूकोतर्फबाट कर्णाली कृषि तथा खाद्य सरोकार समूह, सञ्चारकर्मी, अधिकारकर्मी र नागरिक समाजको टोलीले जिल्ला…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा रकु गाविस-२ का २१ वर्षीय मन्दिरे सार्कीलाई प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सार्कीले वैशाख २५ गते बालविवाह गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आफू भागेर सदरमुकाम आउन सफल भएको भन्दै…
समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की
स्युना गाविस-८ निवासी रेडियो कर्णाली र पाइला सप्ताहिकमा कार्यरत पत्रकार ३४ वर्षीय रत्न कार्कीलाई साउन ५ गते ओदानकु गाविस-६ निवासी अनेरास्ववियू (क्रा.) का केन्द्रीय सदस्य ३२ वर्षीय खेमबहादुर सिंहले पार्टीको हित विपरित समाचार लेखेको आरोपमा मार्ने धम्की दिएको पीडितले आरोप लगाए । कालिकोटबाट प्रकाशित हुने कर्णाली पाइलाको रैवार स्तम्भमा…