बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–८ का २९ वर्षीय पन्न बमलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध भदौ १४ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरापितलाई पीडित पक्षको…

October 3, 2019  
कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित नन्द र पतिविरूद्ध प्रहरीमा उजुरी

सान्नीत्रिवेणी गाउँपालिका-१ की २८ वर्षीया शान्ति सज्याललाई उनका पति ३९ वर्षीय कर्ण जैसी र नन्द ३२ वर्षीया विन्दा जैसीले कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितविरूद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् । आरोपितहरूले कथित बोक्सी लागेर पेट दुखाएको भन्दै कुटपिट गर्नुका साथै गाली बेइज्जती…

September 16, 2019  
बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा खाँडाचक्र नपा-१ मान्म बस्ने २८ वर्षीय पङ्कज शाहीविरूद्ध पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको छ । पीडितलाई आरोपितले 'भलिबल खेलाडी बनाउँछु' भन्दै भदौ २५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका…

September 12, 2019  
घरेलु हिंसा आरोपितका विरूद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नपा-२ की २१ वर्षीया अम्मा दमाईलाई २८ वर्षीय पति कवि दमाईले छोरी नजन्माएको आरोपमा कुटपिट गरेको भन्दै पीडितले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छिन् । पीडित महिलालाई आरोपितले भदौ २१ गते दिउँसो कुटपिट गर्नुका साथै घर निकाला गरेको पीडितले दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी…

September 10, 2019  
मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर साउन २९ गते दिउँसो बम विष्फोट भएको छ । स्थलमार्ग हुँदै कालिकोट पुगेका मुख्यमन्त्री शाही पचालझरना गाउँपालिका-३ खिग्ग्ममा भइरहेको कार्यक्रममा सहभागी थिए । गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटर परको जङ्गलमा भएको बम विष्फोट नेत्रविक्रम…

August 15, 2019  
समाचारको विषयलाई लिएर पत्रकारमाथि दुर्व्यवहार

रेडियो मालिकामा कार्यरत नरहरिनाथ गाउँपालिका–३ बस्ने पत्रकार २८ वर्षीय पुष्पराज भट्टराईलाई समाचारको विषय लिएर खाडाचक्र नपा–२ बस्ने २६ वर्षीया तुलसी नेपालीले साउन २३ गते जिल्ला प्रशासन कार्यालय, कालिकोट अगाडि दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् ।   तुलसी नेपालीका पति असल शासन साप्ताहिकमा कार्यरत २८ वर्षीय रमेश नेपालीले जिल्ला घरेलु…

August 9, 2019  
घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नपा-२ मान्मकी २७ वर्षीया जमना दमाईलाई ३० वर्षीय पति चरित्र दमाईले गालीगलौज, कुटपिट गर्दै घरनिकाला गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा साउन २० गते पतिविरूद्ध उजुरी दिएकी छिन् । आरोपित दमाइले साउन १९ गते राति मदिरा सेवन गरी फलामको रड प्रहार गर्दा पीडितको आँखा नजिकै गम्भीर चोट लागेको…

August 5, 2019  
सामुदायिक रेडियो तोडफोड घटनाका आरोपित गिरफ्तार

पालाता गाउँपालिकाद्वारा सञ्चालित सामुदायिक रेडियो पलाता एफएम ९०.३ मेगाहर्ज तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।   साउन १८ गते राति रेडियो पलाता एफएम तोडफोड गरेको आरोपमा पलाता गाउँपालिका–९ थिर्पुका जगदिश पुर्वेलाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको हो ।   रेडियो पलाता एफएमले गाउँपालिकाका समाचार प्राथमिकताका…

August 4, 2019  
प्रहरीको कुटाइबाट सर्वसाधारण घाइते

पचालझरना गाउँपालिका-९ का १९ वर्षीय पंख तिरुवालाई सोही गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय, जारकोटबाट खटिएका प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएको पीडितले आरोप लगाएका छन् । पीडित तिरुवालाई साउन ११ गते प्रहरीले गाउँमा होहल्ला गरेको आरोपमा कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटबाट घाइते भएका तिरुवाको उपचार जारकोटस्थित स्वास्थ्य चौकीमा…

July 31, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ८ गते खाँडाचक्र नपा-३ ताडी बस्ने २९ वर्षीय नविन पाण्डे विरूद्ध जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका छन् । पीडित युवतीलाई आरोपित पाण्डेले साउन ७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद…

July 25, 2019