इन्सेकद्वारा निर्वाचन पूर्वको अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे अनुगमन सुरु गरेको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा साधारण सदस्य कृष्णमुरारी भट्ट, क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, प्रलेख अधिकृत नारायण सुवेदीसहितको टोलीले वैशाख ४ गते कालिकोट जिल्लामा निर्वाचन पूर्व मानव अधिकार…

April 18, 2017  
खानेपानीको अभाव भएपछि दुई घण्टा पैदल हिडेर पानी ल्याउनु पर्ने बाध्यता

पलता गाउँपालिकाको धौलागोह गाउँलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको अभाव भएपछि धौलागोह गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर पानी भर्न जाने गरेको स्थानीयबासी सुमन बमले गुनासो गरे । खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीका कारण ग्रामीण क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीयबासी बमले आरोप लगाए । जिल्लामा खानेपानी…

April 12, 2017  
बाल क्लब सञ्जालको सक्रियतामा बालविवाह रोकियो 

स्थानीय बाल क्लब सञ्जालले १४ वर्षीया बालिका र १६ वर्षीय बालकबिच चैत १६ गते भएको विवाह बदर गर्न र आरोपितलाई कारबाहीको माग गर्दै प्रहरी चौकी नाग्ममा उजुरी दिएपछि प्रहरीको सहयोगमा बालविवाह रोकिएको छ । चैत १६ गते बालबिवाह भएको आरोपमा उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरी चौकी नाग्मका इञ्जार्ज गौरव…

April 4, 2017  
राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका विषयमा अनुगमन सुरु गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको नेतृत्वमा केन्द्रीय कार्यालयका योजना अधिकृत डा. टिकाराम पोखरेल, मानव अधिकार अधिकृत घनश्याम भण्डारी, उपक्षेत्रीय कार्यालय जुम्लाका नासु राजेन्द्र न्यौपानेलगायतको टोलीले चैत २१ गते कालिकोट जिल्लामा…

April 3, 2017  
कुटपिट गरेको आरोपमा देवरविरुद्ध उजुरी

रास्कोट नपा-१ की ३७ वर्षीया एकल महिला सुमित्रा वमलाई चैत ७ गते राति ३२ वर्षीय देवर गणेशबहादुर वमले कुटपिट गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ । मदिरा सेवन गरी घर आएका देवरले 'विधुवा' घरमा बस्न हुँदैन भन्दै कुटपिट गरेको पीडित महिलाले बताइन् । देवरको कुटपिटबाट पीडित महिलाको टाउको…

March 21, 2017  
समाचार लेखेकै कारण पत्रकारलाई मार्ने धम्की

मिसन इन्युज अनलाइनका सम्पादक एवम प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष सिप्खाना गाविस-४ का पवित्रकुमार शाहीलाई अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण बम, जिल्ला अध्यक्ष प्रमानन्द आचार्य र जिल्ला सदस्य मनसिंह शाहीले फागुन १७ गते ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारले आरोप लगाएका छन् । 'स्ववियु निर्वाचन अधिकृतलाई कालो मोसो' शीर्षकमा मिसनइन्युज…

February 28, 2017  
विद्यार्थीबिच झडप, तीन जना घाइते

स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु, नेविसङ्घ र अखिल क्रान्तिकारी, राप्रविसको विद्यार्थी प्यानलबिच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । [caption id="attachment_3722" align="aligncenter" width="640"] थिर्पू गाविस-५ का घाइते विद्यार्थी १७ वर्षीय मन्दिरराज रोकाया[/caption] माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य लक्ष्मण बमको नेतृत्वको टोलीले ढुङ्गा प्राहर गर्दा मान्म…

February 27, 2017  
कर्णालीबासी कुपोषणको शिकार कहिले सम्म ?

'मसान हटाउन झारफुक गर्नसम्म गरियो । गाउँभरिका धामीझाँक्री कोही बाँकी छैनन् । निको भएन ।'-नौ महिने छोराको उपचारका लागि सुर्खेत आएकी धौलागोह-३, कालिकोटकी सीता विकले स्वास्थ्य चौकी पुगेपछि मात्र बच्चा कुपोषित भएको थाहा पाइन् । आफ्नो बच्चाको अवस्थाबाट चिन्तित् सीताले भनिन्-'कुपोषणसँग हामी कहिलेसम्म लड्ने ? उनको भनाइबाट सीताको भनाइले कर्णालीमा…

January 24, 2017  
जिल्ला अस्पतालमै अत्यावश्यक औषधिको अभाव भएपछि बिरामीलाई समस्या

जिल्ला अस्पताल कालिकोटमा जाडो महिनामा अति आवश्यक पर्ने औषधिको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । जाडो महिनाका लागि अत्यावश्यक औषधिहरू सिटामोल, डिकोल्ड, वुस्कोपान, मेट्टो, एसिलक्स, वुस्कोपान इन्जेक्सन, कोटि्रललगायतका औषधिहरूको अभाव रहेको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख मोहम्मद ओजिर आलमले जानकारी दिए । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि गाउँका स्वास्थ्य…

January 18, 2017  
बालिका बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित दाहा गाविस-४ का ५८ वर्षीय नमराज शाहीलाई मङ्सिर २२ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । बालिकालाई कात्तिक १८ गते बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै जिल्ला…

December 8, 2016