कालिकोटमा मतदाता शिक्षा सामाग्री लुट्यो

नरहरिनाथ गाउँपालिका-४ को गोठीमा मङ्सिर १ गते बिहान मतदाता शिक्षा सामग्री लुटिएको छ । गोठी मतदान केन्द्रका मतदाताको लागि लैजाँदै गरेको मतदाता शिक्षा सामग्री नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताहरूले लुटेका हुन् । मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बिच बाटोमै निर्वाचन सामग्री लुटिएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।…

November 17, 2017  
एक महिनादेखि स्वास्थ्य चौकीमा औषधिको अभाव

एक महिनादेखि जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमा रकम पठाए पनि समयमा औषधि खरिद नहुँदा यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । स्थानीय तहका स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन । स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामीहरूलाई बिना औषधि फर्काउनु परेको पाँखा स्वास्थ्य चौकीका…

October 10, 2017  
पत्रकारमाथि आक्रमणको निन्दा

नेपाल पत्रकार महासङ्घ कालीकोटले महासङ्घका केन्द्रीय पार्षद् तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष अर्जुनप्रसाद भट्टराई माथि भएको आक्रमणको निन्दा गरेको राससले जनाएको छ । नेपाल पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइते पत्रकारको उपचार तथा दोषीउपर कारबाहीका लागि सरकारसँग माग गरिएको छ । त्यसैगरी विभिन्न सङ्घ सङ्गठनले पनि घटनामा…

October 7, 2017  
पाठ्यपुस्तकको अभावले पठपाठनमा बाधा

कालिकोटका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव भए पछि यहाँका विद्यार्थीको पढाइमा बाधा पुगेको छ । शैक्षिसत्र सुरू भएको ६ महिना बितिसक्दा समेत विद्यालयमा पाठ्यपुस्तक असोज ६ गतेसम्म पनि नपुगेपछि विद्यार्थीहरूको पढाइमा बाधा पुगेको हो । पलाता गाउँपालिकामा रहेका कर्णाली मावि खिन, दुधेसिल्ला मावि वेर्सनकोट, देउती मावि उखाडी, कालिका आधारभुत विद्यालय छलाह,…

September 24, 2017  
कुपोषित बालकलाई उपचारको अभाव

कडा कुपोषणबाट ग्रसित तिलागुफा नपा-११ का गोगन बिकका चार वर्षीय छोरा नयाराम बिकको थप उपचारका लागि आर्थिक अभाव भएको छ । कडा खालको कुपोषणको लक्षण देखिएपछि सुविधा सम्पन्न अस्पातलमा सिफारिस गर्नुपर्ने स्वास्थ्य चौकी इञ्चार्ज दुर्गाप्रसाद आचार्यले बताए । 'भदौ २६ गते स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिकको शरीरमा कडा खालको…

September 12, 2017  
बलात्कारपछि हत्या गरिएको घटनाका आरोपित गिरफ्तार

तिलागुफा नपा-५ की १९ वर्षीया मन्सरा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दैलेख आठवीसकोट नपा-८ का ३८ वर्षीय कृष्णबहादुर आलेमगर र गाडी चालक सुर्खेत वीरेन्द्रनगर नपा-१ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई भदौ १८ गते गिरफ्तार गरेको छ । यही घटनाका आरोपितलाई कारबाहीको माग गर्दै भदौ १९ गते कालिकोटका महिला नागरिक…

September 4, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

माहावोई गाउँपालिका-२ गेलाका ३३ वर्षीय भिमबहादुर शाहीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । सुर्खेत जिल्ला घर भएकी नाम नखुलेकी एक युवतीसँग बहुविवाह गरेको आरोपमा भिमबहादुरकी जेठी पत्नी भगवती शाहीले जिल्ला प्रहरी कार्यालय कालिकोटमा साउन ३१ गते बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् । आरोपित शाहीले साउन ३०…

August 16, 2017  
बालविवाह बदरको माग गर्दै प्रहरीमा उजुरी

बालविवाह मुक्त घोषित गरिएको सान्नी त्रिवेणी गाउँपालिका-४ रकु सेरीज्यूला गाउँमा केटी पक्षका अभिभावकले बालविवाह बदरको माग गर्दै साउन २३ गते प्रहरी कार्यालयमा उजुरी दिएका छन् । त्रिवेणी गाउँपालिका-४ की १४ वर्षीया बालिका र सोही ठाउँका १५ वर्षीय बालकबिच असार २८ गते विवाह भएको भन्दै बालिकाका बावुले प्रहरी चौकी मुङ्ग्रामा बालविवाह…

August 8, 2017  
ढुवानी टेण्डर नहुँदा पलाता क्षेत्रमा खाद्यन्न सङ्कट

जिल्लाको विकट पलाता क्षेत्रमा खाद्यन्न सङ्कट भएको छ । खिन धौलागोहमा खडेरीले अन्नबाली उत्पादन हुन नसकेपछि खाद्यन्न सङ्कट परेको हो । सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको खाद्य संस्थानको चामल गाउँका डिपोमा ढुवानी गर्न नसकेपछि यस क्षत्रमा खाद्यन्न सङ्कट भएको हो । सदरमुकाम मान्मबाट पश्चिम उत्तरी पलाता क्षेत्रमा पर्ने धौलागोह,…

July 25, 2017  
सशस्त्र द्वन्द्वमा विस्थापित परिवारले अझैसम्म पनि राहत पाएनन्

विगत सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी पक्षबाट विस्थापित भएका परिवारले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत मृत्यु, बेपत्ता, विस्थापित र अपहरण भएका पीडित तथा परिवारका नाममा राहत रकम निकासा भई आएपनि १ सय ६७ विस्थापित परिवारको नाम छुटेपछि उनीहरूले…

July 20, 2017