खाद्य र आवासको अधिकार विषयक गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कालिकोटको आयोजना र मानव अधिकार समूह खाँडाचक्रको सहकार्यमा खाँडाचक्र नगरपालिकामा पुस २६ गते खाद्य र आवासको अधिकार विषयक सरोकारवालाहरूबीच गोष्ठी सम्पन्न भएको छ । स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने कार्यक्रम अन्तर्गत समूहका संयोजक अविसरा अधिकारीको अध्यक्षतामा सञ्चालित गोष्ठीमा नगरपालिकाका प्रमुख जसीप्रसाद…
स्वास्थ्य, खाद्य अधिकारका लागि मानव अधिकार समूहको अभियान
इन्सेक कालिकोटद्वारा शुभकालिका गाउँपालिकामा गठित मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकारका लागि अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका ८ वडामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका समस्याहरूको समाधानका लागि विभिन्न क्रियाकलाप गर्दै अभियान सञ्चालन गरेको मानव अधिकार समूहका अध्यक्ष सुस्मिता विकले बताउनुभयो । अध्यक्ष विकका अनुसार अभियान अन्तर्गत…
प्रतिबन्धित नेकपाका दुईजना कार्यकर्ता गिरफ्तार
प्रतिबन्धित नेकपाका हतियार तथा विष्फोटक सामग्री निमार्णमा संलग्न नरहरिनाथ गाउँपालिका–९ का ३६ वर्षीय दुर्गबहादुर बोहोरा र साधारण सदस्य जाजरकोट भेरी नगरपालिका–२ का ३८ वर्षीय पदमबहादुर पुनलाई प्रहरीले ०७७ पुस २० गते गिरफ्तार गरेको छ । प्रतिवन्धित नेकपाका गतिविधिमा लागेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासम्बद्ध किसान सङ्घका जिल्ला कमिटी सदस्य पलाँता गाउँपालिका–८ का ५३ वर्षीय मनरुप सुनारलाई प्रहरीले मङ्सिर २९ गते घरबाटै गिरफ्तार गरेको छ । बाजुरा जिल्लामा कार्यक्षेत्र बनाएर लुकीछिपी कार्यक्रम गर्दै सङ्गठन विस्तार गरिरहेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो । सुनारको स्वास्थ्य…
खानेपानीको चरम अभाव न्यूनीकरणको लागि ध्यानाकर्षण
खाँडाचक्र नगरपालिका– १ मान्म बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मानव अधिकार समूहले नगरपालिकालाई मङ्सिर २४ गते ध्यानाकर्षण गराएको छ । मान्म बजारमा पटक पटक खाने पानीको संकट पर्ने गरेको भन्दै इन्सेकद्वारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहले नगर उपप्रमुख विजया विष्टलाई ध्यानाकर्ष पत्र बुझाएको हो । मानव अधिकार समूहका…
न्यायिक प्रक्रियाको सहजीकरणका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग
बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई कानुनी सहायताको लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण पीडित बालिकाले आवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहयोगको माग गर्दै मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेकमा असोज ३ गते निवेदन दिएकी थिइन । सहायता…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा कालिकोटमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत कात्तिक २७ गते शुभकालिका गाउँपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकावालाबिच अन्तरक्रिया सम्पन्न गरिएको छ । कार्यक्रममा शुभकालिका गाउँपालिकाका कार्यवाहक अध्यक्ष रामबहादुर शाहीले जनताको संवैधानिक हकको रुपमा रहेको खाद्यको अधिकार प्रत्याभुत गराउन गाउँपालिका एकमतका साथ लागि…
खाद्य अधिकार सुनिश्चित गर्ने खाँडाचक्र नगरप्रमुखको प्रतिबद्धता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा सरोकारवालाबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक २६ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले नगरपालिकमा खाद्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–३ का १९ वर्षीय कौस बिकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई विवाह गर्छु भन्दै आरोपितले कात्तिक ५ गते घरबाट भगाएपछि पीडित पक्षले कात्तिक ६ गते प्रहरी चौकी पलाँता थिर्पूमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी…
घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी
शुभकालिका गाउँपालिका–१ की ३५ वर्षीया रुपा वुढा मगरले आफूलाई ४३ वर्षीय पति विरबहादुर बुढा मगरले कुटपिट गर्दा खुट्टा भाँचिएको भन्दै असोज २३ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनुभएको छ । आरोपितले असोज २३ गते बिहान अत्याधिक मदिरा सेवन गरी प्रेसर कुकरले प्रहार गर्दा दायाँ खुट्टा भाचिनुका साथै छातिमा गम्भीर…