अज्ञात पक्षबाट क्रसर उद्योगमा आगजनी
कृष्णपुर नगरपालिका–५ गुलरियास्थित महाकाली गौरब विल्डर्स क्रसर उद्योगमा फागुन २६ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । उद्योगमा रहेको से १ क २५८ नम्बरको जेसिबीमा डिजेल र पेट्रोल छर्केर अज्ञात पक्षले आगजनी गरेको र आगजनिबाट जेसिबी जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा महाकाली गौरब विल्र्डस…
निर्मला हत्या प्रकरणः उजुरी परेका प्रहरीसँग बयान सुरू
निर्मला हत्याकाण्डमा प्रमाण मेटेको आरोपमा उजुरी परेका प्रहरीहरूसँग जिल्ला अदालत कञ्चनपुरले फागुन २३ गतेबाट बयान लिन सुरू गरेको छ । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रहरीविरूद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र खडग विष्टको उजुरीका…
अज्ञात पक्षबाट एनसेल कम्पनीको टावरमा आगजनी
शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा ११ गते बिहान अज्ञात पक्षले आगजनी गरेको छ । टावरमा लगाइएको बारको गेटको ताला तोडेर भित्र गई टावरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारीका इन्स्पेक्टर रमेशदत्त अवस्थीले बताए । ‘आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ ।’–उनले भने–‘एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट…
निर्मला हत्या प्रकरणः निर्मला पन्तका परिवारद्वारा धर्ना स्थगन
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरू गरेको धर्ना फागुन १० गते स्थगीत गरेका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको मुलगेट अगाडि कात्तिक २५ गतेदेखि सुरू गरिएको धर्ना १ सय ५ दिनपछि स्थगित गरेका हुन् । करिब…
शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा फागुन १ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा…
निर्मलाको भजाइनल स्वाबसँग आमाको डिएनए म्याच
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको योनीबाट सङ्कलन गरिएको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमाको डिएनए प्रोफाइल मिलेको छ । बालिका निर्मला पन्तको भजाइनल स्वाबबाट तयार पारिएको डिएनए प्रोफाइल उनको हो होइन भन्ने पुष्टि गर्न पुस २५ गते उनकी आमा दुर्गादेवी पन्तको रगतको नमूना सङ्कलन गरिएको थियो । निर्मलाको…
‘भेजाइनल स्वाब’ पुष्टि गर्न रगत दिएको आरोपमा निर्मलाकी आमामाथि कुटपिट तथा दुर्व्यवहार
निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डिएनए वास्तविक भए नभएको पुष्टि गर्न रगत नमूना दिएको आरोपमा निर्मलाका वुवा यज्ञराज पन्तले पुस २५ गते निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हातपात तथा दुर्व्यवहार गरेका छन । डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै पति यज्ञराज र सौता लक्ष्मीले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी…
निर्मलाको ‘भेजिनल स्वाव’ पुष्टि गर्न निर्मलाकी आमाको रगत नमना सङ्कलन
बलात्कारपछि हत्या गरिएकी भीमदत्त नपा–२ की १३ वर्षीया बालिका निर्मला पन्तको ‘भेजिनल स्वाव’प्रति परिवारलगायतले शङ्का गरेपछि हो÷होइन भनी पुष्टि गर्न पुस २५ गते निर्मलाकी आमा दुर्गादेवी पन्तको रगतको नमूना लिएको छ । पुस १५ गते दोस्रो पटक महेन्द्रनगर पुगेका आइजिपी सर्बेन्द्र खनालसँग निर्मलाकी आमा र स्थानीयहरूले पनि स्वाव पुष्टि गर्न…
समाचार सङ्कलनमा खटिएका पत्रकारलाई प्रहरीद्वारा दुर्व्यवहार
नेपाल टेलिभिजनका संवादाता भीमदत्तनगरपालिका–४ का पदम बोहरालाई नगरविकास समिति अवैध लिज प्रकरणको समाचार सङ्कलन गर्न गएको समयमा पुस १३ गते प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको पीडितको आरोप छ । पत्रकार पदम बोहरालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरीले फोटो किन खिचिरहेको भन्दै कुटपिटका साथै गालीगलौज गरेको पीडित बोहराले बताए ।…
महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित
दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा स्थापना कालदेखि रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् । २०२९ सालमा स्थापना गरिएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पूरा नभएको अञ्चल अस्पताल सुधार…