यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा–९ का लक्षीराम कोलीलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले कोलीविरूद्ध प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए । पीडित बालिकाको…

August 5, 2018  
निर्मला हत्याको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै मन्त्रीको ध्यानार्कषण

बलत्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तका ‘हत्यारा’लाई कार्बाहीको माग राख्दै साउन १५ गते कञ्चनपुरका जनप्रतिनिधि र नागरिक समाजले प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहाको ध्यानार्कषण गराएका छन् । जिल्ला समन्वय समिति, कञ्चनपुरका उपप्रमुख सानुकुमारी बुढथापाको नेतृत्वमा जनप्रतिनिधि र नागरिक…

August 1, 2018  
बलात्कार घट्नाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नपा–८ का ३२ वर्षीय बिन्तीराम चौधरीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका…

July 29, 2018  
निर्मला पन्तका हत्यारालाई कारबाहीको माग राख्दै प्रदर्शन, आफन्तले शव बुझेनन्

बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई कडा कारबाहीको माग राख्दै साउन १३ गते पीडित पक्षले महेन्द्रनगरमा प्रर्दशन गरेको छ । घटनाको अनुसन्धान तथा छानबिन गरिनु पर्ने, दोषीलाई कडा कारबाही हुनुपर्ने, घटनास्थल रहेको ठाउँमा अस्थायी प्रहरी विट राखिनुपर्नेलगायतका माग राख्दै बजारमा, जिल्ला प्रहरी…

July 29, 2018  
अज्ञात पक्षबाट एक बालिकाको बलात्कार पश्चात हत्या

भीमदत्त नपा–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कार पश्चात हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जान भनेर निस्केकी निर्मला साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेको थियो । रातिसम्म फेला नपरेकी उनको शव साउन…

July 28, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-७ का ३५ वर्षीय नरेश रानालाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका…

July 26, 2018  
बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तार

कृष्णपुर नपा-८ शान्तिपुर की १७ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा कृष्णपुर नपा - २ का २१ वर्षीय मदन गिरीलाई असार ३२ गते प्रहरीले गिरफ्तार गरेको छ । असार २६ गते कैलालीको अत्तरिया बजारमा सामान किनमेल गर्न गएकी बालिका सोही दिनदेखि बेपत्ता भएकी थिइन् । सामान किनमेल गर्न गएकी…

July 17, 2018  
इन्सेक आबद्ध बाल अधिकार चेतना समूहलाई सामाजिक विकास मन्त्रालयद्वारा सहयोग

सामाजिक विकास मन्त्रालय प्रदेश ७ धनगढीले असार २५ गते घरेलु हिंसा, छाउपडी प्रथा बालविवाह तथा कथित बोक्सी प्रथा निरूत्साहित अभियान सञ्चालन गर्नका लागि शुक्लाफाँटा नगरपालिका-५ स्थित शिवशङ्कर माविको इन्सेक आबद्ध बाल अधिकार चेतना समूहलाई १० हजार रुपियाँ सहयोग गरेका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश न. ७ धनगढीको आयोजना तथा…

July 10, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भिमदत्त नगरपालिका-८ तिलाचौरकी २६ वर्षीया सरस्वती कार्कीलाई फोरुवा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति केशव कार्कीलाई असार १२ गते गिरफ्तार गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लमही, दाङमा कार्यरत केशवले विदामा घर आएको बेला पतिपत्नी बीच विवाद भएपछि असार १२ गते फोरुवा प्रहार गरी…

June 26, 2018  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवालाहरूबिच समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवालाहरूबिच जिल्ला समन्वय बैठक असार ८ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत इन्सेक धनगढीको आयोजनामा समन्वय बैठक सम्पन्न गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि…

June 23, 2018