आन्दोलनकारीहरूद्वारा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासङ्घद्वारा घटनाको भत्सर्ना

१३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै आन्दोलित नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले असोज १६ गते सगरमाथा टेलिभिजनका कञ्चनपुर सम्वाददाता चन्द्र जोशीमाथि हातपात तथा दुर्व्यवहार गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गरेको भिडियो डिलिट गर्न भन्दै आन्दोलनकारीले आएसटिएस टेलिभिजनको क्यामेरासमेत तोडफोड गरेका हुन् । बन्दकर्ताद्वारा सरकारी…

October 3, 2018  
जिल्ला सरकारी वकील कार्यालयमा तोडफोड तथा कर्मचारीमाथी दुर्व्यवहार

बन्दको अवज्ञा गरेको आरोपमा असोज १६ गते जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुको साथै कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार गरिएको छ । १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिहरूलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै आफूहरूले असोज १६ गते बन्दको आयोजना गरिएको भए पनि सरकारी वकिल कार्यालयका कर्मचारीहरूले कार्यालय खोलेका कारण तोडफोड…

October 3, 2018  
पत्रकार र मानव अधिकारकर्मीबिच समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा भदौ २९ गते पत्रकार र मानव अधिकारकर्मीबिच समन्वय बैठक सम्पन्न गरिएको छ । जिल्ला बार एशोसिएशन कञ्चनपुरका अध्यक्ष भगीरथ जोशीले कञ्चनपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा हत्या हिंसाका घटनाहरू बढ्दै आएकोप्रति चिन्ता व्यक्त गरे । पत्रकारहरूलाई समयसमयमा विभिन्न किसमका धम्कीहरू आउने…

September 16, 2018  
बन्चरो प्रहार गरी पत्नीको हत्या

भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी सिंहपुरकी ३५ वर्षीया विमला पुनमगरलाई भदौ २९ गते बन्चरो प्रहार गरी ३८ वर्षीय पति चन्द्रबहादुर पुनमगरले हत्या गरेको प्रहरीले जनाएको छ । भदौ २९ गते राति पतिपत्नी बिच विवाद भएपछि चन्द्रबहादुरले विमलाको टाउकोमा बन्चरोले प्रहार गर्दा घरभित्रै उनको मृत्यु भएको जनाइएको छ । शवको पोष्टमार्टम गर्नका…

September 16, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

र सात वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाँउपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूले घटनाबारे अविभावकलाई बताएपछि पीडित बालिकाका अविभावकहरूले इलाका प्रहरी कार्यालय बेल्डाडीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडितद्वयको स्वास्थ्य परीक्षण भदौ ३० गते महाकाली…

September 15, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई भदौ २७ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय, दोधारमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ २७ गते…

September 12, 2018  
निर्मला हत्या घटनाको छानबिन समितिका सदस्यको राजीनामा

बलात्कार पश्चात हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले 'हत्यारा'बाट आफू र आफ्नो परिवारमाथि खतरा हुन सक्ने भन्दै जीवन रक्षाको माग गर्दै भदौ २५ गते राजीनामा दिएका छन् । १५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले कञ्चनपुरमा आएर…

September 11, 2018  
बलात्कार घटनाका आारोपितविरूद्ध उजुरी दर्ता

वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिककाका अविभावकहरूले आरोपितविरूद्ध भदौ १५ गते इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अविभावकले प्रहरीमा उजुरी दिएका हुन् । चार जनाको समूहमा आएका उनकै साथीहरूले घरदेखि टाढा लगेर ती साथीमध्ये एक…

August 31, 2018  
निर्मला हत्या घटनाको अनुसन्धानका लागि थप दुईजना गिरफ्तार

निर्मला पन्तको हत्या घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले भीमदत्त नपा–१८ की २२ वर्षीया बविता बम र १४ वर्षीय रोशनी बमलाई भदौ ९ गते गिरफ्तार गरेको छ । निर्मला पन्त होमवर्क गर्न भनी साथी रोशनी बमको घरमा गएपछि त्यहीबाट बेपत्ता भई बलात्कार पश्चात हत्या भएको अवस्थामा उखुबारीमा फेला परेकाले निर्मलाका…

August 26, 2018  
शान्तिपुर्ण वातावरण निर्माण गर्नका लागि आह्वान, हिजोबाट लगाइएको कर्फ्यु जारी

जिल्लाको शान्ति सुरक्षाको अवस्था विग्रँदै गएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले चार बुँदे निर्णय गरेको छ । बैठकमा छलफलपछि प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनालाई शहीद घोषणा तथा क्षतिपुर्तिका लागि तीनै तहका सरकार (सङ्घीय, प्रदेश र स्थानीय सरकार)सँग माग गर्ने, घाइतेहरूको उपचार…

August 25, 2018