बालिका हत्या घटनाका आरोपित गिरफ्तार

भीमदत्त नगरपालिका– १८ सालघारीकी चार वर्षीया बालिका सुशिला चुनाराको हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय इन्द्र चुनारालाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ । बालिकालाई  पुस १४ गते कुटपिट गरी हत्या गरिएको भन्ने सुचनाका आधारमा आारोपित चुनारालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी नरेन्द्रबहादुर चन्दले बताउनु…

December 31, 2019  
माध्यमिक तह पढ्नका लागि ६ किलोमिटर पैदल हिँडनु पर्ने बाध्यता

भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा माध्यमिक विद्यालय नहुँदा खल्लामसेटीका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य भएका कारण उनीहरूको पठनपाठन प्रभावित हुँदै आएको छ । भौगोलिक रूपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारी साधनको पहुँच नहुँदा यहाँका विद्यार्थीले दैनिक ६ किलोमिटर हिँडेर विद्यालय जानु परेको कक्षा ९ मा अध्ययनरत…

December 17, 2019  
कर्मचारी र भवन अभावमा एउटै कार्यालयबाट पाँच वडाको काम, सेवाग्राही मार्कामा

माहाकाली नगरपालिकामा वडा सचिवको अभावमा एउटै कार्यालयबाट पाँच वडाको काम गर्दा सेवाग्राहीलाई सेवा लिन समस्या भएको छ । १० ओटा वडा रहेको माहाकाली नगरपालिकामा दरबन्दी अनुसार वडा सचिवको पदपूर्ति नभएपछि १, २, ३, ४ र ५ नम्बर वडाकोे काम एउटै कार्यालयबाट गर्नु परेको हो । साविकको चाँदनी गाविसको भवनमा संयुक्त…

December 15, 2019  
कैदीबन्दी ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य

कञ्चनपुर कारागारमा क्षमताभन्दा चारगुना बढी कैदीबन्दी भएका कारण उनीहरू ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य भएका छन् । ५ जना पुरूष र २० जना महिला गरी ९५ जनाको क्षमता भएको जिल्ला कारागार, कञ्चनपुरमा हाल २ सय ८४ जना कैदी र ३७ जना थुनुवा गरी ३ सय २१ जना कैदीबन्दीहरू रहेका…

December 14, 2019  
लघुवित्तको कार्यालयमा बम विष्फोट

पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा मङ्सिर १७ गते  अज्ञात पक्षले बम विष्फोट गराएको छ । बिस्फोट भएको लघुवित्तको कार्यालय परिसरमा स्टिलका भाँडाका टुक्रा, कागजका टुक्रा र लामो तार भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ । बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी …

December 4, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–८ का २८ वर्षीय धनिराम चौधरीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ११ गते उखुबारीमा लगेर बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर रणबहादुर…

November 27, 2019  
आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार

बेलौरी नगरपालिका–६ खैरानाकी ३१ वर्षीया सरस्वती ऐरीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहनसिंह ऐरीलाई मङ्सिर १० गते  गिरफ्तार गरेको छ । मृतक सरस्वतीका बुबा शेरसिंह बोहराले मङ्सिर ९ गते आरोपितविरूद्ध दुरूत्साहन सम्बन्धीको मुद्दामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बेलौरीका…

November 27, 2019  
संसदीय टोलीद्वारा निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन

सङ्घीय संसद अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको पाँच सदस्यीय टोलीले कात्तिक २९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । समितिद्वारा स्थायी रूपमा निकुञ्ज विस्थापितका समस्या समाधान गर्न गठित समितिका संयोजक सांसद भुपेन्द्र थापाको नेतृत्वमा रहेको टोलीले निकुञ्ज विस्थापित परिवारलाई भेटेर अवस्थाबारे…

November 17, 2019  
स्वास्थ्यचौकीहरूमा औषधि अभाव, बिरामीलाई सास्ती

कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएका कारण बिरामीहरूले सास्ती भोग्नु परेको छ । नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले समयमा औषधि खरिद र आपुर्ति नगरेकाले कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएको हो । कृष्णपुर स्वास्थ्य…

November 16, 2019  
कञ्चनपुरमा एउटा मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिले कञ्चनपुरमा तोकिएको एक मतदानस्थल अति संवेदनशील रहेको जनाएको छ । मङ्सिर १४ गते पुर्नबास नपा–३ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि गोरख माध्यमिक विद्यालयमा  तोकिएको मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । सुरक्षाको दृष्टिले अति संवेदनशील भएपनि स्वच्छ, भयरहित र शान्तिपुर्ण रूपमा…

November 16, 2019