विप्लव नेतृत्वको नेकपा निकट शिक्षक गिरफ्तार

बेलौरी नपा–७ निवासी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन, कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बेलौरीबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर विष्टले लम्साललाई हिरासतमा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

May 3, 2019  
विप्लव नेतृत्वको नेकपाका नगर इञ्चार्ज गिरफ्तार

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका भीमदत्त नगर इञ्चार्ज रघुवीर जोशीलाई चैत २६ गते गिरफ्तार गरेको छ । जोशीलाई भीमदत्त नगरपालिका–९ बाट गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर विष्टले अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा…

April 10, 2019  
गुणस्तरीय शिक्षा नगरपालिकाको पहिलो प्राथमिकताः नगर प्रमुख चन्द

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले गुणस्तरीय शिक्षा नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । बेदकोट नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने किसमको वातावरण निर्माण गर्नका लागि नगरपालिकाले विभिन्न योजना निर्माण गरिरहेको उनको भनाई छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा चैत १७ गते कञ्चनपुरको बेदकोट नगरपालिकामा…

March 31, 2019  
शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा चैत १५ गते शुक्लाफाँटा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागि पहल गर्न…

March 30, 2019  
निर्मला हत्या प्रकरणः ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै परेको मुद्दामा ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न फागुन ३० गते जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुई ओटा मुद्दामा ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । कञ्चनपुर जिल्लाका तत्कालीन…

March 15, 2019  
अज्ञात पक्षबाट क्रसर उद्योगमा आगजनी

कृष्णपुर नगरपालिका–५ गुलरियास्थित महाकाली गौरब विल्डर्स क्रसर उद्योगमा फागुन २६ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । उद्योगमा रहेको से १ क २५८ नम्बरको जेसिबीमा डिजेल र पेट्रोल छर्केर अज्ञात पक्षले आगजनी गरेको र आगजनिबाट जेसिबी जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा महाकाली गौरब विल्र्डस…

March 11, 2019  
निर्मला हत्या प्रकरणः उजुरी परेका प्रहरीसँग बयान सुरू

निर्मला हत्याकाण्डमा प्रमाण मेटेको आरोपमा उजुरी परेका प्रहरीहरूसँग जिल्ला अदालत कञ्चनपुरले फागुन २३ गतेबाट बयान लिन सुरू गरेको छ । निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रहरीविरूद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र खडग विष्टको उजुरीका…

March 8, 2019  
अज्ञात पक्षबाट एनसेल कम्पनीको टावरमा आगजनी

शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा ११ गते बिहान अज्ञात पक्षले आगजनी गरेको छ । टावरमा लगाइएको बारको गेटको ताला तोडेर भित्र गई टावरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारीका इन्स्पेक्टर रमेशदत्त अवस्थीले बताए । ‘आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ ।’–उनले भने–‘एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट…

February 24, 2019  
निर्मला हत्या प्रकरणः निर्मला पन्तका परिवारद्वारा धर्ना स्थगन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरू गरेको धर्ना फागुन १० गते स्थगीत गरेका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको मुलगेट अगाडि कात्तिक २५ गतेदेखि सुरू गरिएको धर्ना १ सय ५ दिनपछि स्थगित गरेका हुन् । करिब…

February 23, 2019  
शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा फागुन १ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा…

February 14, 2019