बलात्कार घटनाका आरोपित गिरफ्तार
र सात वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाँउपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूले घटनाबारे अविभावकलाई बताएपछि पीडित बालिकाका अविभावकहरूले इलाका प्रहरी कार्यालय बेल्डाडीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडितद्वयको स्वास्थ्य परीक्षण भदौ ३० गते महाकाली…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई भदौ २७ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय, दोधारमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ २७ गते…
निर्मला हत्या घटनाको छानबिन समितिका सदस्यको राजीनामा
बलात्कार पश्चात हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले 'हत्यारा'बाट आफू र आफ्नो परिवारमाथि खतरा हुन सक्ने भन्दै जीवन रक्षाको माग गर्दै भदौ २५ गते राजीनामा दिएका छन् । १५ दिनका लागि गृहमन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा गठित समितिले कञ्चनपुरमा आएर…
बलात्कार घटनाका आारोपितविरूद्ध उजुरी दर्ता
वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिककाका अविभावकहरूले आरोपितविरूद्ध भदौ १५ गते इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अविभावकले प्रहरीमा उजुरी दिएका हुन् । चार जनाको समूहमा आएका उनकै साथीहरूले घरदेखि टाढा लगेर ती साथीमध्ये एक…
निर्मला हत्या घटनाको अनुसन्धानका लागि थप दुईजना गिरफ्तार
निर्मला पन्तको हत्या घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले भीमदत्त नपा–१८ की २२ वर्षीया बविता बम र १४ वर्षीय रोशनी बमलाई भदौ ९ गते गिरफ्तार गरेको छ । निर्मला पन्त होमवर्क गर्न भनी साथी रोशनी बमको घरमा गएपछि त्यहीबाट बेपत्ता भई बलात्कार पश्चात हत्या भएको अवस्थामा उखुबारीमा फेला परेकाले निर्मलाका…
शान्तिपुर्ण वातावरण निर्माण गर्नका लागि आह्वान, हिजोबाट लगाइएको कर्फ्यु जारी
जिल्लाको शान्ति सुरक्षाको अवस्था विग्रँदै गएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले चार बुँदे निर्णय गरेको छ । बैठकमा छलफलपछि प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनालाई शहीद घोषणा तथा क्षतिपुर्तिका लागि तीनै तहका सरकार (सङ्घीय, प्रदेश र स्थानीय सरकार)सँग माग गर्ने, घाइतेहरूको उपचार…
प्रहरीको गोली लागेर कञ्चनपुरमा एकको मृत्यु, स्थानीय प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू
बलात्कारपछिहत्या गरिएकी १३ वर्षीया निर्मला पन्त घटनाका दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै भदौ ८ गते महेन्द्रनगरमा जारी प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको छ। आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाउन बाध्य भएको र घटनामा कमिन्द्र सिंह,…
निर्मला हत्या प्रकरणः महेन्द्रनगर बजार र आसपास कर्फ्यु
निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको आरोपसहित भइरहेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबिच झडप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले भदौ ७ गते साँझबाट अर्को आदेश जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ‘निर्मला हत्या…
निर्मला हत्या प्रकरणः प्रहरीको गोली लागेर चार जना प्रदर्शनकारी घाइते
निर्मला पन्तको हत्या घटनामा संलग्न भएको भन्दै दिलिप विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै भइरहेको प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा भदौ ७ गते प्रहरीले चालएको गोली लागि चार जना प्रदर्शनकारी घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयलाई घेराउ गर्न जाँदा प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि…
निर्मला हत्या प्रकरणः दोषीलाई उम्काउन खोजिएको भन्दै दोस्रो दिन स्थानीयबासीद्वारा प्रदर्शन
निर्मला हत्या घटनामा संलग्न भएको आरोपमा दिलिप विष्टलाई सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको आरोपमा पीडित परिवार र स्थानियबासीहरूले भदौ ६ गते नाराबाजी गर्दै महेन्द्रनगर बजार बन्द गरेका छन् । पीडित पक्षले मानसिक सन्तुलन नभएको व्यक्तिलाई गिरफ्तार गरी सार्वजनिक गरेर वास्तविक दोषीलाई उम्काउन खोजेको आरोपमा आन्दोलनको आह्वान गरेको आन्दोलनकारीले…