लघुवित्तको कार्यालयमा बम विष्फोट
पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा मङ्सिर १७ गते अज्ञात पक्षले बम विष्फोट गराएको छ । बिस्फोट भएको लघुवित्तको कार्यालय परिसरमा स्टिलका भाँडाका टुक्रा, कागजका टुक्रा र लामो तार भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ । बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–८ का २८ वर्षीय धनिराम चौधरीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ११ गते उखुबारीमा लगेर बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर रणबहादुर…
आत्महत्या दुरूत्साहन घटनाका आरोपित गिरफ्तार
बेलौरी नगरपालिका–६ खैरानाकी ३१ वर्षीया सरस्वती ऐरीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहनसिंह ऐरीलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । मृतक सरस्वतीका बुबा शेरसिंह बोहराले मङ्सिर ९ गते आरोपितविरूद्ध दुरूत्साहन सम्बन्धीको मुद्दामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बेलौरीका…
संसदीय टोलीद्वारा निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन
सङ्घीय संसद अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको पाँच सदस्यीय टोलीले कात्तिक २९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारको अवस्थाबारे स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । समितिद्वारा स्थायी रूपमा निकुञ्ज विस्थापितका समस्या समाधान गर्न गठित समितिका संयोजक सांसद भुपेन्द्र थापाको नेतृत्वमा रहेको टोलीले निकुञ्ज विस्थापित परिवारलाई भेटेर अवस्थाबारे…
स्वास्थ्यचौकीहरूमा औषधि अभाव, बिरामीलाई सास्ती
कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएका कारण बिरामीहरूले सास्ती भोग्नु परेको छ । नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले समयमा औषधि खरिद र आपुर्ति नगरेकाले कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएको हो । कृष्णपुर स्वास्थ्य…
कञ्चनपुरमा एउटा मतदानस्थल अति संवेदनशील
जिल्ला सुरक्षा समितिले कञ्चनपुरमा तोकिएको एक मतदानस्थल अति संवेदनशील रहेको जनाएको छ । मङ्सिर १४ गते पुर्नबास नपा–३ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि गोरख माध्यमिक विद्यालयमा तोकिएको मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । सुरक्षाको दृष्टिले अति संवेदनशील भएपनि स्वच्छ, भयरहित र शान्तिपुर्ण रूपमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट–१ का सन्तोष भट्टलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलत्कार गरेको भन्दै पीडितका अभिवावकले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, झलारीका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नगरपालिका–७ का ३१ वर्षीय अटो चालक भरतसिंह महरालाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २५ गते बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इन्स्पेक्टर वकिलबहादुर सिंहले बताए…
अज्ञात पक्षबाट नगर प्रवक्ताको गाडीमा आगजनी
शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता जगतबहादुर सिंहको निजी गाडीमा भदौ २६ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको डेरा नजिकै पार्किङ गरेर राखेको बा २१ च ८५०७ नम्बरको कारमा राति अज्ञात पक्षले आगजनी गरेको पीडित जगतबहादुर सिंहले बताए ।…
अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी
भीमदत्त नगरपालिका–१९ बाँगफाँटास्थित वडा कार्यालयमा भदौ २६ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनीबाट कार्यालय भित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन् । अज्ञात पक्षले वडा कार्यालयको ताल्चा तोडेर कार्यालय भित्र पेट्रोल छर्किएर आगजनी गरेको वडा अध्यक्ष दामोदर…