इन्सेकअनलाइन डट् ओआरजी नेपालको पहिलो मानवअधिकार समाचार वेबसाइट हो ।

यसको प्रारम्भ वि.सं. ०६१ साउन १६ गते भएको हो ।

इन्सेक अनलाइन डट् ओआरजी नेपालको पहिलो मानव अधिकार समाचार वेबसाइट हो । यसको प्रारम्भ वि.सं. ०६१ साउन १६ गते भएको हो । इन्सेक अनलाइनको सञ्चालन नेपालको मानव अधिकारसम्बन्धी सूचनाको भरपर्दो श्रोतको रूपमा राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याति कमाइसकेको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गर्दछ । अथक मानव अधिकार रक्षक प्रकाश काफ्लेको १२ औं स्मृति दिवसको अवसरमा इन्सेक अनलाइन सुरु गरिएको थियो ।

नेपालका सबै ७७ ओटै जिल्लामा इन्सेक अनलाइनका प्रतिनिधिहरू छन् । प्रतिनिधिहरूले सम्बन्धित जिल्लाका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना तथा घटनाक्रमलगायतका सूचनाहरू यथाशीघ्र सम्प्रेषण गर्दछन् । आफ्ना प्रतिनिधिहरूका साथै देशभरि छरिएर रहेका इन्सेकका सहकर्मीहरूमार्फत पनि इन्सेक अनलाइनले सूचना प्राप्त गर्दछ । सात ओटै प्रदेशमा रहेका पाँच ओटा कार्यालयहरू पनि यसका प्रमुख आधारस्तम्भ हुन् । विभिन्न समयमा इन्सेकद्वारा गरिने स्थलगत अध्ययनबाट प्राप्त सामग्रीहरू पनि यसले समेट्छ । नेपालको मानव अधिकार स्थितिको समग्र अध्ययनको श्रोतको रूपमा शीघ्रातिशीघ्र सूचना प्रवाह गरी मानव अधिकारको संरक्षण एवम् संबर्द्धनमा योगदान दिन इन्सेक अनलाइन प्रयत्नशील छ ।

Top